Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • उर्जालाई उर्जा थप्दै लोडसेडिङ पूर्ण अन्त्य गर्न ५ अर्ब ३७ करोड रुपैंया… Dec 13, 2016 Arthatantrafinance
    काठमाडौ। देशलाई लोडसेडिङ मुक्त गर्ने ऊर्जा मन्त्रालयको कामलाई विशेम महत्व दिंदै थप काममा सहयोग गर्दै अर्थमन्त्रालयले पनि ५ अर्ब ३७ करोड रुपैयाँ निकासा दिने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री महराले बिद्युत् पोल, ट्रान्सर्फमर, नयाँ मिटर र तार केबल किन्न उर्जा मन्त्रालयले मागेको ५ अर्ब ३७ करोड रुपैयाँ दिने सोमबार निर्णय गरेका हुन् । लोडसेडिङ जसरी पनि अन्त्य गर्ने योजना अनुरुप ...
  • खुल्यो हाइड्रोको दुई करोड ६० लाख बराबरको प्राथमिक सेयर, तपाई पनि पर्नु… Dec 11, 2016 Arthatantrakali gandaki hydropower
    काठमाण्डौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले दोलखाका आयोजना प्रभावितका लागि दुई लाख ६० हजार कित्ता प्राथमिक सेयर निष्काशन गरेको छ । प्रतिकित्ता एक सय रुपैंया अंकित मूल्यमा कम्पनीले दोलखाको भिमेश्वर ८,९ र ११, मागपौवा ५ र काटाकुटी ६ का बासिन्दाका लागि उक्त सेयर निष्काशन गरेको हो । कम्पनीले २ करोड ६० लाख रुपैंयाको सेयर आयोजना प्रभावितका लागि निष्काशन गरेको हो । ...
  • नेशनल हाइड्रोको साधारण सभा स्थगित, कहिले होला अब ! Dec 11, 2016 ArthatantraHydro Power
    काठमाण्डौं । नेशनल हाईड्रोपावर कम्पनीको आज हुने भनेको साधारण सभा कोरम नपुगेपछि स्थागित भएकोछ । कम्पनीको साधारण सभा अर्को सूचना सार्वजनिक नहुँदासम्मका लागि स्थगित भएको छ । नेशनल हाईड्रोले आज बिहान ११ बजे आफ्नो १६, १७, १८ र १९ औं साधारणसभा नक्साल बैंक्वेटमा गर्नका लागि सेयर होल्डहरुहलाई डाकेको थियो। तर, करिब दुई सय ४० जना सेयर होल्डरमात्र साधारण सभामा उपस्थित भएपछि ...
  • नेपालको जलबिद्युत्मा लगानी गर्न बंगलादेश आतुर ! Dec 10, 2016 ArthatantraHydro power
    काठमाडौ। बङ्गलादेशले नेपालको ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने नेपालसमक्ष प्रस्ताव गरेको छ । पन्ध्र हजार मेगावाट क्षमताको विद्युत् उत्पादन पु¥याएको अवसरमा बङ्गलादेशको राजधानी ढाकामा आयोजित विशेष समारोहमा सहभागी हुन बङ्गलादेशको भ्रमणमा पुगेका ऊर्जा मन्त्री जनार्दन शर्मासँगको भेटमा सो प्रस्ताव गरिएको हो । ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने वा नेपालमा उत्पादित विद्युत्लाई ऊर्जा बिक्री कम्पनीमार्फत खरिद गर्ने वा अन्य कुनै विकल्प अपनाउने ...
  • पैसा ठिक गर्नुस्,२१ लाख कित्ता आईपिओ आउँदै Dec 10, 2016 Arthatantra153772600
    काठमाडौ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्रबोर्ड बाट सेयर निष्कासनको अनुमति पाएको छ । कम्पनीले गत कात्र्तिकमा आइपीओ निश्कासनका लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीले यसअघिनै आयोजना प्रभावित दोलखाका ६ गाउँ बिकास समितिका जनताका लागि सात लाख कित्ता साधारण सेयर निष्काशन गरेको ...
  • अब सुख्खायाममा पनि झलमल बिजुली ! Dec 9, 2016 ArthatantraElectricity
    काठमाण्डौं। एसियाली विकास बैंक (एडिबी)ले सोलार उर्जा प्रबर्धनका लागि नेपाल सरकारलाई दुई अर्ब १८ करोड रुपैयाँ (दुई करोड अमेरिकी डलर) अनुदान दिने भएको छ।  सोलार बिद्युतमा व्यवसायीक लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्य साथ बैंकले यो रकम दिन लागेको हो। सन् २०१८ सम्ममा सोलारबाट कम्तिमा २५ मेगावाट बिजुली व्यवसायीक स्केलमा उत्पादन होस् भन्ने बैंकले चाहेको छ। ‘त्यो भन्दा महत्वपुर्ण हामी ...
  • धितोपत्रबोर्डले ल्यायो नयाँ शर्त र मापदण्ड, मारमा परे हाइड्रो कम्पनी ! Dec 8, 2016 Arthatantradhitopatra board
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले बैंकिङ, वित्तीय वा बीमा सम्बन्धी व्यवसाय गर्ने संगठित संस्था बाहेकका अन्य संगठित संस्थाहरुलाई हकप्रद तथा थप सार्वजनिक निष्काशन (एफपिओ) जारी गर्न शर्त तथा मापदण्डहरु तोकेको छ । बोर्डले त्यस्ता कम्पनीहरुको थप सेयर निष्कासनमा रोक लगाएर मापदण्ड बनाउन कार्यदल बनाएको थियो । बोर्डले हकप्रद सेयर वा फर्दर पव्लिक इस्यू सम्बन्धमा साथै उक्त निष्काशनबाट प्राप्त हुने कूल रकमको ...
  • धादिङ र गोरखावासीले मान्लान् त सांसदहरुको आग्रह ! Dec 7, 2016 ArthatantraDhading-Map
    काठमाण्डौं । धादिङ र गोरखाबाट प्रतिनिधित्व गर्ने सांसदहरुले बूढीगण्डकी जलविद्युत् आयोजनामा कुनै पनि अवरोध नगर्न आग्रह गरेका छन् । दुवै जिल्लाबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरुले सामूहिक वक्तव्यमार्फत चरम ऊर्जा सङ्कट भोगिरहेको मुलुकलाई विद्युत् उपलब्ध गराउने सहज आयोजनाका रुपमा रहेको बूढीगण्डकी आयोजना सम्पन्न गरेरै छाड्नुपर्नेमा जोड दिएका छन् । आयोजना निर्माणका लागि ठेक्का आह्वान गरी निर्माण कम्पनी टुङ्गो लगाउन तथा आयोजना निर्माणका ...
  • सर्वसाधारणलाई ११ अर्बको सेयरः माथिल्लो तामाकोसीको ८२ प्रतिशत कार्य सम्… Dec 6, 2016 ArthatantraTamakoshi1
    काठमाडौ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कार्य तीव्र रुपमा अगाडि बढिरहेको र ८२ प्रतिशत काम सम्पन्न भएको बताईएको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार स्थानीय काब्रे भिरको ३३७ मिटर लामो सुरुङमार्ग निर्माण सम्पन्न भएको छ । भूकम्पले पहुँचमार्ग भत्काएपछि आयोजनाले जर्मनीबाट सुरुङ बनाउने मेसिन भित्र्याएको थियो । कुल ४५६ मेगावाट क्षमताको उक्त आयोजनालाई तोकिएको समयभन्दा ...
  • कुलमानलाई असहयोग गर्ने तीन संचालकलाई सार्वजनिक सूचनाबाटै प्रष्टिकरण मा… Dec 6, 2016 ArthatantraNEA 1
    काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणको सुधार अभियानमा असहयोग गरेको भन्दै उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका तीन जना संचालकलाई संचालक पदबाटै हटाउन सक्ने चेतावनी दिएको छ । मन्त्रालयबाट प्रष्टिकरणका लागि काटिएको पत्र बुझ्न अटेर गरेका तीन संचालक मनोजकुमार मिश्र, लक्ष्मणप्रसाद अग्रवाल र सुरज लामिछानेलाई आज मंगलबार गोरखापत्रमासार्वजनिक सूचना प्रकाशित गरी सातदिन भित्र प्रष्टिकरण बुझाउन भनेको छ । मन्त्रालयले प्रकाशित गरेको सूचनामा स्पष्टिकरण सन्तोषजनक ...