Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • सरकारद्धारा ८४८ मेगावाटको १९ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति प्रदा… Nov 8, 2016 ArthatantraHydro
    काठमाडौ। सरकारले सात महिनाको अबधिमा विभिन्न १९ वटा जलविद्युत् आयोजनालाई उत्पादनको अनुमति प्रदान गरेको छ । ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विकास विभागले तत्काल निर्माण प्रक्रिया सुरु गर्न आग्रह गर्दै ८४८ मेगावाट क्षमताका ती आयोजनालाई उत्पादनको अनुमति दिएको हो । अनुमति पाउने आयोजनामा धादिङमा आयोजनास्थल रहेको त्रिशूलीगल्छी आयोजना रहेको छ । सिद्धकाली पावरले निर्माण गर्ने सो आयोजनाको क्षमता ७५ मेगावाट रहेको ...
  • तामाकोसीको ११ अर्ब रकम सेयरमा कन्भर्ट हुने ! Nov 8, 2016 ArthatantraHydro Power
    दोलखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन तामाकोसी आयोजनाको १ज्ञ अर्ब रकम सेयरमा बदल्ने तयारी भइरहेको जानकारी दिएका छन् । यसका साथै, सरकारले गरेको लगानीबाट जनयुद्धका सहिद र बेपत्ताका परिवारलाई सेयर दिने सोच रहेको उनले जानकारी दिए । आयोजनाको निरीक्षणका लागि दोलखा आएका प्रधानमन्त्रीले आयोजना निर्माणमा नेपाल सरकारले ११ अर्ब ऋण लगानी गरेको र त्यसबाट नै विपन्न वर्ग र सहिद-बेपत्ताका परिवारलाई ...
  • २७ प्रतिशत लाभाँस दिंदै पावर कम्पनी ! Nov 7, 2016 Arthatantramoney-clipart
    काठमाडौ । वुटवल पावर कम्पनीले लाभांस घोषणा गरेको छ। कम्पनीले २७ प्रतिशत लाभांस घोषणा गरेको हो। कम्पनीले २० प्रतिशत नगद र सात प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको हो। कम्पनीको पुस ८ गते साधारण सभा हुँदैछ। प्रकाशित मितिः २०७३ कार्तिक २२
  • ४१० मेगावाट क्षमताको जलाशययुक्त नलसिङगाड आयोजना कम्पनी ढाँचामा निर्माण… Nov 6, 2016 Arthatantrahydropower-
    जाजरकोट । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको पाँच वर्षभित्र नलसिङगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गर्ने योजना बनाएको बताएका छन् । नलसिङगाड जलविद्युत् आयोजनाद्वारा आयोजित एक कार्यक्रममा उनले सरकार, जनता र अन्यको लगानीबाट आयोजना कम्पनी ढाँचामा निर्माण गरिने बताए । विद्युत् उत्पादन तथा आयोजना विकास समिति गठन भइसकेको बताउँदै उनले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न ...
  • ७५ मेगावाटको त्रिशुली-गल्छी हाइड्रोको संस्थागत सेयरमा लगानी खुल्ला ! Nov 6, 2016 ArthatantraHydro Trisuli Galchhi Propose instank
    काठमाडौ । अपि पावर कम्पनी लिमिटेडद्धारा प्रबर्धित कम्पनी सिद्धकाली पावर लिमिटेडले ७५ मेगावाट क्षमताको त्रिशुली–गल्छी आयोजनाले विद्युत उत्पादन गर्न उर्जा मन्त्रालयबाट अनुमतिपत्र (लाइसेन्स) पाएको छ । सिद्धकालीको विद्युत खरिद गर्न नेपाल विद्युत प्राधिकरणसँग गत जेठमा सम्झौता भएको थियो ।  आयोजनामा अपि पावरले ८० प्रतिशत लगानी गरेको छ । कम्पनीले सर्बसाधारणलाई संस्थापक सेयरमा लगानी गर्न पनि आह्वान गरेको छ । सिद्धकाली पावरले नुवाकोट ...
  • बूढीगण्डकी आयोजना प्रभावितलाई तेब्बर मुआब्जा दिनुपर्ने भन्दै बाबुराम भ… Nov 5, 2016 ArthatantraBudhi Gandaki Hydro
    गोरखा। नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बूढीगण्डकी प्रभावित गोरखा र धादिङका स्थानीयवासीलाई उचित मुआब्जा दिएर आयोजनाको काम तीव्ररुपमा अघि बढाउनुपर्ने बताएका छन् । गोरखाको दर्बुङ गाविसस्थित दर्बुङफाँटमा आयोजित कार्यक्रममा भट्टराईले मुआब्जा निर्धारण समितिले तोकेको मुआब्जामा केही बढाएर प्रभावित गाविसवासीलाई खुसी बनाउँदै आयोजनाको काम अघि बढाउनुपर्नेमा जोड दिए । बूढीगण्डकी आयोजना निर्माण हुँदा गोरखाका विभिन्न १४ र धादिङका १३ ...
  • लगानी सम्भाव्यताबारे छलफल गर्न चिनियाँ टोली राजधानीमा Nov 4, 2016 Arthatantrafncci logo
    काठमाडौ। लगानीको वातावरण तथा अवसरबारे जानकारी लिने उद्देश्यले नेपालको साताव्यापी भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग भेटवार्ता गरेको छ । चीनको युनान प्रान्तका वाणिज्य विभागका उपमहानिर्देशक याङ हुई नेतृत्वको छ सदस्यीय प्रतिनिधिमण्डलले महासङ्घका पदाधिकारीसँग जल संरक्षण, ऊर्जा, सडक, पुल, पूर्वाधार निर्माण, लगानी तथा आयात÷निर्यातका क्षेत्रमा आपसी सहकार्यका सम्भाव्यताबारे छलफल गरेको थियो । भेटवार्ताका क्रममा महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ, ऊर्जा ...
  • अरुण काबेलीको साधारण सेयर : माग भन्दा ४० गुना बढी आबेदन, एक जनाको नामम… Nov 4, 2016 Arthatantra
    काठमाण्डौं । ३० करोड रुपैंयाको ३० लाख कित्ता साधारण सेयर निष्काशन गरेको अरुण काबेली पावर लिमिटेडमा १२ अर्ब रुपैंयाको आवेदन परेको छ । यो साधारण सेयरमा परेको आवेदनको प्रारम्भिक तथ्यांक मात्र हो । कम्पनीले कात्तिक ९ देखि कात्तिक १२ गतेसम्म ३० लाख कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार १ लाख ४० हजार ...
  • छत्तिस लाख घरधुरी बैकल्पिक ऊर्जाको पहुँचमा Nov 4, 2016 Arthatantra
    काठमाडौ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट दुई दशकको अवधिमा ३६ लाख घरधुरीका वासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । केन्द्रको २० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा केन्द्रद्व्रारा सञ्चालित विभिन्न कार्यक्रमहरुमार्फत परम्परागत ऊर्जाको निर्भरतालाई कम गरी स्वच्छ ऊर्जामा पहुँच विस्तार हुनुको साथै जीविकोपार्जनमा सुधार ल्याउन सफल भएको भन्दै यसलाई आगामी दिनामा अझ विस्तार गर्दै लैजानुपर्नेमा सहभागीहरुले जोड दिए। केन्द्रले सरकार र विभिन्न दातृ मुलुक र ...
  • नेपालमा १००० मेघावाट हाईड्रोमा सहकार्य गरेको आन्द्रिज हाइड्रो नयाँ रणन… Nov 3, 2016 ArthatantraHydro power
    काठमाडौ। अस्ट्रियामा मुख्य कार्यालय रहेको आन्द्रिज हाइड्रोले दुई/तीन महिनाभित्र नेपालमै यसको कार्यालय खोल्ने भएको छ । विश्वका करिब ६० देशमा आफ्नो कार्यालय विस्तार गरिसकेको कम्पनीले नेपालमा पनि कार्यालय खोल्ने जानकारी दिएको हो । विश्वभरमा जलविद्युत् निर्माणका लागि आवश्यक विद्युतीय सामग्री उपलब्ध गराउँदै आएको उक्त कम्पनीले नेपालको कुलेखानी जलविद्युत् परियोजनाका लागि काम गरिसकेको छ । यसबाहेक माथिल्लो तामाकोसी, मध्य मस्र्याङ्दीलगायत राष्ट्रिय गौरवका मुख्य ...