Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, माघ ३ , २०७४  |  
Wednesday, January 17, 2018
उर्जा
  • बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा निर्धारण : ५देखि ८ लाखसम्म मिल्… Nov 25, 2016 ArthatantraBudhi Gandaki Hydro
    धादिङ । बूढीगण्डकी जलविद्युत् आयोजनाको पानीको सतहले डुब्ने क्षेत्रका जग्गाको मुआब्जा निर्धारण गरिएको छ । जग्गा वर्गीकरणका आधारमा न्यूनतम रु पाँच लाखदेखि अधिकतम रु आठ लाखसम्म मुआब्जा दिने निर्णय भएको हो । गोरखा र धादिङको सीमा भई बगिरहेको बूढीगण्डकी नदीमा १२ सय मेगावाट क्षमताको जलाशययुक्त निर्माण हुने भएको छ । जिल्ला मुआब्जा निर्धारण समितिका संयोजक एवम् गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण ...
  • हाइड्रो कम्पनीको करिब ४१ लाख कित्ता साधारण सेयर आउँदै, तपाई पनि आवेदन … Nov 25, 2016 Arthatantrahydro power share
    काठमाण्डौं। बुटवल पावर कम्पनीले ४० लाख ८१ हजार कित्ता फरदर पब्लिक अफरिङ  (एफपिओ ) जारी गर्ने भएको छ । यसका लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता नयाँ सेयर जारी गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात २ लाख ४ हजार ५० कित्ता स्थानीय बासिन्दाका ...
  • सोच बनाउँदै गर्नुस्,हाइड्रोको एक करोड पाँच लाख ५० हजार कित्ता सेयर आउँ… Nov 23, 2016 ArthatantraHydro Power
    काठमाडौ । सानिमा माई हाइड्रोपावर कम्पनीले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले एक अर्ब पाँच करोड ५० लाख रूपैयाँको एक करोड पाँच लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ...
  • अनावश्यक विद्युत प्रयोग गरिरहनुभएकोछ ? ऊर्जामन्त्रीको कारवाहीमा पर्नु … Nov 23, 2016 Arthatantrajanardan-sharma
    काठमाण्डौं । सार्वजनिक स्थानमा अनावश्यक समयमा समेत विद्युत् उपयोग भइरहेको पाइएपछि ऊर्जा मन्त्रालयले परिपत्र जारी गर्दै सबै सरकारी कार्यालयलाई अनावश्यक समयमा विद्युत् प्रयोग बन्द गर्न आग्रह गरेको छ । ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल सार्वजनिक स्थानमा अनावश्यक रुपमा विद्युत् उपभोग भइरहेको पाइए त्यसलाई निरुत्साहित गर्न निर्देशन दिएका छन् । विशेष गरी सरकारी कार्यालयमा अनावश्यक रुपमा ...
  • इक्राले ग्रेड ३ रेटिङ दिएको हाइड्रो कम्पनीले ल्याउँदैछ १७ लाख २५ हजार … Nov 22, 2016 Arthatantrashare IPO
    काठमाण्डौं । सर्वसाधरण लगानीकर्ताका लागि युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधरण सेयर जारी गर्ने भएको छ । हाइड्रोपावरले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका १७ करोड २५ लाख रुपैयाँ साधारण सेयर निस्कासन गर्ने भएको हो । यो प्रस्तावलाई धितोपत्र बोर्डले स्वीकृत दिन बाँकी छ । कम्पनीले यस अघि नै, कुश्माको मोदीखोलामा मोदीखोलामा दुईवटा जलविद्युत् आयोजनाको प्रर्वद्धन गरेको कम्पनीले ...
  • ‘नेपालको पानी जनताको लगानी’ बढ्यो सरकारको कदम, जलविद्युत कम्पनी स्थापन… Nov 21, 2016 ArthatantraUper-Karnali-Hydro
    काठमाण्डौं । सरकारले नेपाली नागरिकलाई जलविद्युत् आयोजनामा लगानी गर्न दिने व्यवस्थासहित विधिवत् रुपमा जलविद्युत् उत्पादन कम्पनी स्थापना गरेको छ ।  कम्पनी दर्ता भएसँगै नेपाली जनतालाई आफ्नो क्षमताअनुसार तोकिएका जलविद्युत् आयोजनामा लगानीका लागि मार्ग प्रशस्त भएको छ । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ ऊर्जा मन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको ३७ बुँदे कार्ययोजनाका आधारमा ऊर्जा मन्त्रालयले आइतबार कम्पनी रजिष्टारको कार्यालयमा उक्त ...
  • उर्जामन्त्रीले प्राधिकरण पुगेर भनेःतपार्इँहरुलाई लाभ हुने गरी अरुणको स… Nov 20, 2016 Arthatantrajanardan-sharma
    चितवन । ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणलाई जसरी पनि नाफामा लैजाने गरि कार्य गर्न कर्मचारहिरुलाई निर्देशन दिएका छन् । बिद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीलाई निर्देशन दिँदै उनले नटबल्टु, तार जस्ता कुरामा नाफा नखाएर समग्र प्राधिकरणलाई नाफामा लैजाने गरी काम गर्न निर्देशन दिए । कर्मचारीले सानातिना कुरामा ग्राहकलाई दुःख दिने र पैसा माग्ने गरेको गुनासो आएको भन्दै उनले कसैले यस्ता ...
  • मंसिर १० देखि १४.९ मेगावाट बिजुली सहित सर्वसाधारणलाई १५ करोडको सेयर दि… Nov 19, 2016 Arthatantrahewakhola
    काठमाडौ । पाँचथर हाइड्रोपावर १४.९ मेगावाटको हेवाखोला, जुन उत्पादनको अन्तिम चरणमा रहेको छ । हाइड्रोपावरले मंसिर १० गतेबाट आफ्नो उत्पादन राष्ट्रिय प्रशारण लाईनमा जोड्ने गरि अन्तिम तयारी पुरा गरेको जनाएको छ । यस सम्बन्धमा हाईड्रोपावरका लगानीकर्ता बलबहादुर तामाङसँग अर्थतन्त्रका लागि हरिशरण न्यौपानेले गरेको कुराकानीमा आधारित संपादित अंशः बलबहादुर तामाङ,लगानीकर्ता, हेवाखोला हाईड्रोपावर प्रशारण लाईनमा हामीले मंसिर दश गतेबाट सुरु गर्छौं । प्राबिधिकरुपमा केहि कार्यहरु तयारी गर्ने ...
  • यस्ता काम छाड्नोस्,हैन भने बिजुली चोर्नेलाई प्राधिकरणले पक्रेर लान्छ ! Nov 17, 2016 Arthatantra?????????????????????????????????????????????????????????
    भक्तपुर। उपत्यकालाई विद्युत् भार कटौती मुक्त गर्ने अभियानलाई सफल पार्न नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाले विद्युत् चुहावट नियन्त्रण विशेष अभियान सुरु गरेको छ । अभियान सुरु गरेकै दिन प्राधिकरणले बुधबार भक्तपुर नगरपालिका–२ लिवालीमा १२ वटा घरमा विद्युत् चोरी गरेर सञ्चालन गरेका लाखौँ मूल्य बराबरको विभिन्न मेसिन नियन्त्रणमा लिएको छ । प्राधिकरणका कर्मचारी र प्रहरीको टोलीले लिवाली क्षेत्रमा आकस्मिक विद्युत् चुहावट निरीक्षण गर्दा ...
  • पावर कम्पनीले स्थानीयलाई १०, सर्वसाधारणलाई २० प्रतिशत सेयर दिने ! Nov 16, 2016 ArthatantraHydro Power
    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र तेह्रथुम पावर कम्पनीबीच विद्युत् खरिद सम्झौता भएको छ । प्राधिकरण र कम्पनीबीच सोमबार उक्त सम्झौतामा हस्ताक्षर भएको हो । कम्पनीले २०७६ पुुुस १ गते आयोजना सम्पन्न गर्ने गरी कार्य अगाडि बढाएको छ । आयोजनाले जग्गा खरिद र पहुँचमार्ग निर्माणको काम सुरु गरिसकेको जनाएको छ । आयोजना बनाउन रु एक अर्ब ३४ करोड लाग्नेछ । कुल लगानीको  ...