Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • जलविद्युत आयोजनाले मुआब्ज दिन जग्गाको मूल्य तोक्यो, हेर्नुहोस् कति प¥य… Oct 23, 2016 ArthatantraHydro Power
    काठमाण्डौं । वहुप्रतिक्षित अरुण ३ जलविद्युत आयोजना एक कदम अघि बढेको छ। आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई मुआब्जा दिन जिल्ला प्रशासन कार्यालय संखुवासभाले स्थानीय जग्गाको मूल्य तोकेर प्रकृया एक कदम अघि बढाएको हो। जग्गा अधिग्रहरण पश्चात मात्र आयोजनाको भौतिक निर्माण अघि बढाउन सकिन्छ। जिल्ला प्रशासन कार्यालयले चार गाविसका बिभिन्न वर्गका जग्गा, बालीविरुवा एवं त्यहाँ निर्मित संरचनाको अलग अलग मूल्य तोकेको हो। प्रभावित ...
  • आँधिखोला जलबिद्युत् आयोजनामा भोटे ताला Oct 22, 2016 ArthatantraTala
    पाल्पा। बुटवल पावर कम्पनी लिमिटेडद्वारा सञ्चालित आँधीखोला जलविद्युत् आयोजनाले विद्युत् महसुल वृद्धि गरेको विरोधमा उपभोक्ताद्वारा कार्यालयमा ताला लगाएको छ । विद्युत् महसुल सङ्घर्ष समिति, नागरिक समाज, पत्रकार, उपभोक्ता र सरोकारवाला निकायले संयुक्त रुपमा गल्याङ, वालिङ र रामपुरका शाखा कार्यालयमा अनिश्चितकालसम्मका लागि भनेर तालाबन्दी गरेका छन् । पटक–पटक महसुल वृद्धिको विरोध गर्दैआएका यस क्षेत्रका उपभोक्ताले विज्ञप्ति निकाली महसुल वृद्धि कम नगरेसम्म आन्दोलन जारी ...
  • ४५६ मेगावाटको माथिल्लो तामाकोसी २०७५ असारसम्ममा सम्पन्न हुने Oct 21, 2016 ArthatantraTamakoshi1
    काठमाडौ । भूकम्प र नाकाबन्दीले निर्माण रोकिँदा अनिश्चित बनेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना २०७५ असारसम्ममा पूरा हुने भएको छ । डेढ वर्षअघिको भूकम्पले झण्डै एक वर्ष रोकिएको आयोजनाको काम पूर्व निर्धारित तालिकाभन्दा दुई वर्ष ढिला गरी पूरा हुन लागेको हो । भूकम्प र नाकबन्दीले ढिलाई भएपछि आयोजना आउँदो २०७५ को असारसम्म काम सकिने गरी नयाँ योजना तयार गरिएको छ । भूकम्पले ...
  • तयार हुनुहोस् है, हाइड्रोले ६ लाख ५० हजार कित्ता शेयर जारी गर्दै Oct 20, 2016 Arthatantraipo 1
    काठमाडौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले २ लाख ६० हजार कित्ता (२ करोड ६० लाख रुपैयाँ) शेयर जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि पहिलो चरणमा उक्त सेयर जारी गर्न लागेको हो । तिहारलगत्तै सेयर जारी गरिने कम्पनीले जनाएको छ । केहि महिनापछि दोस्रो चरणमा सर्वसाधारणका लागि पनि तीन लाख ९० हजार कित्ता शेयर जारी गर्ने कम्पनीले ...
  • सेयरधनीलाई ३० प्रतिशत हकप्रद सेयर Oct 19, 2016 ArthatantraRight Share
    ङादी ग्रुप पावर लिमिटेडले आफ्ना सेयरधनीलाई ३० प्रतिशत अर्थात १० बराबर ३ को अनुपातमा हकप्रद शेयर दिने भएको छ । उक्त हकप्रद र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नका लागि कम्पनीले कात्तिक २९ गते तेस्रो साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक ११ गते बुक क्लोज मिति तोकेको छ । कम्पनीको उक्त साधारणसभाले सर्वसाधारण ...
  • सेयर किनबेच नखुलाउने कम्पनीलाई धितोपत्रको कारबाही सुरु Oct 19, 2016 Arthatantradhitopatra board
    काठमाडौ । मर्जर पुरा गरी एकीकृत कारोबार सुरु भएको लामो अबधिसम्म पनि शेयर कारोबार नखोल्ने कम्पनीहरुलाई धितोपत्र बोर्डले कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको छ ।  यसै क्रममा बुधबार बोर्डले गोर्खाज फाइनान्सले एकिकृत कारोबार सुरु गरेको छ महिनासम्म पनि सेयर किनबेच किन नखुलाएको भन्दै पत्र काटेको छ । असारमै सेयर अभिलेखिकरण गराए पनि दोस्रो बजारमा कारोबार खुलाउन आलटाल गरेपछि नेपाल धितोपत्र बोर्डले ...
  • सेयर बजारमा आज सबै सूचक रातो हुँदा जलविद्युत १८ अंकले उक्लियो ! Oct 17, 2016 Arthatantranepse
    काठमाण्डौं । सेयर बजार आज सोमबार पनि १०.३८ अंकले झरेर १८०० अंकबाट तल ओर्लिएको छ । आज कारोबार रकम पनि घटेको छ । यस्तो अवस्थामा पनि जलविद्युत र अन्य सुचक भने हरियो भएका छन् । आज जलविद्युत भने करिव १८ अंकले बढ्न पुगेकोछ र अन्य सुचक एक अंकभन्दा कमले अंकले वढेको छ । दिनभरीमा ११६ कम्पनीको सेयर कारोबार भएको छ । ...
  • हाइड्रोको आइपिओ किन्नुहोस्, हप्तादिनमै जारी गर्दैछ ३० लाख कित्ता ! Oct 16, 2016 Arthatantrahydrodam
    काठमाण्डौं । अरुण कावेली पावर लिमिटेडले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ। ७ कात्तिकमा निस्कासन हुने सेयर छिटोमा १२ गते नभए २३ गते बिक्री बन्द हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेकोछ । कम्पनीको सेयर भर्नका लागि सिद्धार्थ क्यापिटलको कार्यालय, थापाथलीको ट्रेड टावर स्थित अरुण कावेलीको कार्यालय र सिद्धार्थ ...
  • कात्तिक पहिलो साता ३० लाख कित्ता आइपिओ खुल्ने, १५ लाखसम्म भर्न मिल्ने … Oct 7, 2016 Arthatantrashare
    काठमाण्डौँ । अरुण कावेली पावर लिमिटेडले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ। ७ कात्तिकमा निस्कासन हुने सेयर छिटोमा १२ गते नभए २३ गते बिक्री बन्द हुने  निष्कासन तथा बिक्री प्रबन्ध कम्पनी सिद्धार्थ क्यापिटलले जनाएको हो। कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाको सिमा भएर बग्ने कावेली नदीमा २५ मेगावाटको कावेली बी–१ परियोजना निर्माण गरि रहेको ...
  • सरकारले स्थापना गर्ने भो विद्युत उत्पादन कम्पनी, सर्वसाधारणको २९ प्रति… Oct 6, 2016 Arthatantrahydropower-
    काठमाण्डौं । सरकारले सर्वसाधरणको २९ प्रतिशत सेयर रहने गरी स्थापना गर्न लागिएको विद्युत उत्पादन कम्पनी लिमिटेडको कम्पनी संरचना विहिवार मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । यस कम्पनीबाट सरकारले नलसिंङ गाड, बुढिगण्डकी, नौमुरे, सुनकोसी, कर्णाली चिसापानी जस्ता जलासययुक्त आयोजना निर्माण गर्ने उदेश्य राखेको छ। सरकारले नेपालको पानी जनताको लगानी सहितको अल्पकालिन तथा दिर्घकालिन योजना र राष्ट्रिय उर्जा संकट निवारण कार्य योजनालाई कार्यान्वयन गर्न ...