back
NMB ad

उर्जा क्षेत्रको विकासका लागि मिलेर अगाडि बढ्न परिसंघ र इप्पानको ऐक्यवद्धता

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग परिसंघले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ ।

परिसंघ सचिवालयमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले इप्पानका नवनिर्वाचित अध्यक्ष गणेश कार्कीसहित पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई स्वागत गर्नुभयो । सो अवसरमा परिसंघ र इप्पानबीच उर्जा क्षेत्रको विकास एवं समस्या समाधानका लागि सहकार्य गर्ने ऐक्यबद्धता व्यक्त गरेका छन् ।

परिसंघका अध्यक्ष अग्रवालले उर्जा क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने दीगो माध्यम रहेको बताउनुभयो । उहाँले उर्जा क्षेत्रको समग्र विकास, नीतिगत सुधारका लागि सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले नेपाल उद्योग परिसंघले उर्जा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै परिसंघमा उर्जा परिषद् गठन गरी यस क्षेत्रमा कार्य गर्दै आएको बताउनुभयो । उहाँले पीपीए खुला गरिनुपर्ने, नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गरिनुपर्नेमा जोड दिनुभयो ।

इप्पानका अध्यक्ष गणेश कार्कीले उर्जा क्षेत्रको विकासका लागि उर्जा संकटकाल घोषणा गर्न सरकारलाई सुझाव दिएको बताउनुहुँदै उर्जा क्षेत्रको सन्दर्भमा निजी क्षेत्रको सुझावमा एकरुपता हुनुपर्नेमा पनि जोड दिनुभयो । निजी क्षेत्रलाई आन्तरिक एवं बाह्य क्षेत्रमा विद्युत व्यापार गर्न दिनुपर्ने, विद्युत निर्यातका लागि सीमा क्षेत्रसम्म प्रसारणलाइन निर्माण हुनुपर्ने, उद्योगीहरुले आवश्यक विजुली पाउनुपर्नेलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएको उहाँले बताउनुभयो ।

कार्यक्रममा परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, परिसंघ महानिर्देशक दिपकराज जोशीलगायत हुनुहुन्थ्यो ।

वि.सं.२०८० साउन २३ मंगलवार १९:५२ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...