Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • पैसा तयार पार्नुहोस्, हाइड्रोपावरले ल्याउँदैछ साढे ११ लाख कित्ता सेयर … Sep 2, 2016 Arthatantraunited-Modi
    काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर  लिमिटेडले आगामी भदौ २६ बाट साधारण शेयर  निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । यो शेयरमा आयोजना प्रभावित क्षेत्र (उद्योग प्रभावित क्षेत्र) पर्वत जिल्लाका बासिन्दाले मात्रै आवेदन दिन पाउने छन् । यसको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको ...
  • बक्यौता नबुझाउने साँढे ४ हजार ग्राहकको लाईन चट ! Sep 1, 2016 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौ। नेपाल विद्युत् प्राधिकरणले हालसम्म बक्यौता नबुझाउने चार हजार ४ सय ४७ ग्राहकको लाइन काटेको छ । लामो समयदेखि बाँकी बक्यौता रहेको रकम तिर्न पटक पटक ताकेता गर्दा समेत अटेर गर्दै आएका ग्राहकको लाइन काट्ने अभियानअन्तर्गत हालसम्म आठ वटै क्षेत्रीय कार्यालय मातहतका ग्राहकको लाइन काटिएको हो । विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार काटिएकामध्ये हालसम्म दुई हजार ३ ...
  • २१ जलविद्युत् आयोजनाको पिपिए खारेज(क्षमता १२९ मेगावाट) ! खारेजीमा कुन–… Aug 30, 2016 Arthatantrappa
    काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले २१ जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) खारेज गरेको छ । प्राधिकरणले निर्माण सुरु र सर्त पालना नगरेको भन्दै ती आयोजनाको पिपिए खारेज गरेको हो । विद्युत् खरिद सम्झौता गरेपछि आयोजनाले तत्काल निर्माण प्रक्रिया सुरु गर्नुपर्ने वा चित्तबुझ्दो कारण भए मात्रै म्याद थपका लागि निवेदन दिन सकिन्छ । तर चित्तबुझ्दो कारण पेस नगरेको तथा निर्माण सुरु ...
  • लाइन काटिन थालेपछि धमाधम बक्यौता रकम तिर्दै Aug 29, 2016 Arthatantraelectricity
    नेपाल विद्युत् प्राधिकरणले समयमै महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न थालेपछि बाँकी बक्यौता रकम पनि धमाधम सङ्कलन हुन थालेको छ । प्राधिकरण धनगढी शाखाले लाइन काट्न थालेपछि एक हप्तायता मात्रै झन्डै १९लाख रुपैंया बक्यौता रकम सङ्कलन भएको शाखाका लेखा  प्रमुख गोविन्द ढकालले जानकारी दिएका छन् । एक हप्तायता ३० लाख बक्यौता भएकामा १३० ग्राहकको विद्युत् लाइन काटिएपछि ८१ ग्राहकले बक्यौता रकम बुझाई ...
  • हेटौँडा– ढल्केबर प्रसारण लाइनबाट काठमाडौमा १२५ मेगावाट बिजुली Aug 27, 2016 ArthatantraPrasaran Line
    काठमाडौ। सरकारले गत साउन ३२ गते वनक्षेत्र प्रयोगका लागि सहज रुपमा मार्ग प्रशस्त गरिदिएपछि लामो समयदेखि अगाडि बढ्न नसकेको ढल्केबर– इनरुवा र हेटौँडा– ढल्केबर प्रसारण लाइनको निर्माण प्रक्रियाले गति लिने भएको छ । कुल ४०० केभी क्षमताको सो प्रसारण लाइन निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्ने विषयमा विवाद रहँदै आएको थियो । मन्त्रिपरिषद्को यही साउन ३२ गतेको निर्णयले वन ...
  • ‘जलविद्युतमा १ खर्ब सम्मको लागानी स्वदेशबाटै जुट्ने’ Aug 27, 2016 Arthatantrahydropower-
    काठमाडौं । सरकारले प्रस्ट योजना ल्याउने हो भने जलविद्युत् क्षेत्रको विकासका लागि मुलुकभित्रै तत्काल एक खर्ब लगानी जुट्न सक्ने देखिएको छ । मुलुकका सरकारी सङ्घ संस्था तथा वित्तीय संस्थालाई जलविद्युत्मा लगानी गर्न आह्वान गर्ने लक्ष्यका साथ सरकारले शुक्रबार सरोकार भएका निकायसँग गरेको छलफलको क्रममा सो सम्भावना देखिएको हो । ऊर्जामन्त्री जनार्दन शर्माले आयोजना गरेको छलफलमा सरोकार भएका निकायका प्रतिनिधिले भरपर्दो वातावरण तयार ...
  • विद्युतमा तत्काल डेढ खर्ब स्वदेशी लगानीको प्रस्ताव Aug 27, 2016 ArthatantraElectric
    काठमाडौं । नयाँ जलविद्युत् आयोजना निर्माण गर्न आन्तरिक स्रोतबाट तत्काल करिब एक खर्ब ४३ अर्ब रुपैयाँ जुटाउन सकिने भएको छ । विद्युत् उत्पादनमा लगानी आह्वान भएमा यो रकम तत्काल दिने सरकारी कोष तथा कम्पनीहरूको प्रस्ताव छ । जलविद्युतमा स्वदेशी लगानीबारे ऊर्जामन्त्री जनार्दन शर्माले शुक्रबार बोलाएको छलफलमा सरकारी कोष तथा कम्पनीहरूले विद्युत्मा लगानी प्रस्ताव गरेका हुन् । उनीहरूले आफूसँग अहिले रहेको ८८ ...
  • बूढीगण्डकी प्रभावित क्षेत्रमा विकास निर्माण ठप्प, जनता आक्रोशित ! Aug 25, 2016 Arthatantra
    जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आयोजना क्षेत्रको विस्तृत अध्ययन सुरु भएदेखि गोरखाका १४ र धादिङका १३ गाविसमा विकास निर्माणका योजना ठप्प छन् । सार्वजनिक भवनका साथै निजी घर निर्माण पनि रोकिएको र विकासका पूर्वाधारका लागि बजेट आउनै छाडेको प्रभावित क्षेत्रका बासिन्दाले गुनासो गरेका छन् । आयोजना बन्ने आशमा बसेका स्थानीयबासिन्दा सरकारको ढिलासुस्तीका कारण आयोजनाको निर्माणमा गति नआएकोप्रति असन्तुष्ट छन् ...
  • तामाकोसी तेस्रो(६५० मे.) र तमोर (७६२ मे.)मा लगानी गर्न चिनियाँ प्रस्ता… Aug 25, 2016 Arthatantratamakoshi
    काठमाडौ । सरकारी स्वामित्वको चिनियाँ कम्पनी चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन (सिएमइसी)ले नेपालको दुई महत्वपूर्ण आयोजनामा लगानी गर्न चासो देखाएको छ । कम्पनीले तामाकोसी तेस्रो र तमोर जलविद्युत् आयोजनामा लगानी गर्न तयार रहेको भन्दै सरकार सँग प्रस्ताव गरेको छ । नर्वेजियन कम्पनी एसएन पावरले बजार नभएको भन्दै छाडेको तामाकोसी जलविद्युत् आयोजनाको क्षमता ६५० मेगावाट रहेको छ । यस्तै ७६२ मेगावाट क्षमताको जलाशययुक्त तमोर ...
  • अरुण भ्याली र अरुण काबेली अब मर्जरमा जाने, हिजो भयो निर्णय ! Aug 25, 2016 Arthatantraarun valley and arun kabeli
    काठमाण्डौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र अरुण कावेली पावर लिमिटेड एकापसमा मर्ज हुने भएका छन् । अरुण कावेलीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले अरुण भ्यालीसँग मर्जर वा एक्वायरमा जाने निर्णय गरेको हो । सञ्चालक समितिको उक्त निर्णय माथि आवश्यक छलफल गरी मर्जर वा एक्वायरमा जाने अधिकार सञ्चालक समितिलाई दिने प्रस्तावसहित कम्पनीले आगामी असोज १ गते विषेश साधारणसभा ...