Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
उर्जा
  • आविष्कार केन्द्र र १० मेगावाट हाइड्रो पावरबारे पुनले गरे पत्रकार सम्मे… Aug 9, 2016 Arthatantramahabir-pun
    काठमाण्डौं । सामाजिक अभियन्ता महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि आफूलाई जनताको साथ मिलेकाले अब सरकारको आशा नगर्ने बताउँदै आजैबाट केन्द्र स्थापनाका लागि ‘महादान अभियान’ सुरु भएको समेत घोषणा गरेका छन्। आविष्कार केन्द्र र केन्द्रको १० मेगावाट हाइड्रो पावरको योजनाबारे जनमानसमा भ्रम रहेकाले सो चिर्नका लागि आज पत्रकार सम्मेलनको आयोजना गरेका उनले आफूलाई सरकारले ५ करोड सहयोग गर्न लागेकोमा त्यति ...
  • तयार हुनुहोस्, हाइड्रोपावरले जारी गर्दैछ १४ लाख कित्ता सेयर ! Aug 9, 2016 ArthatantraRairang Hydro power Nepal
    काठमाण्डौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले १४ लाख कित्ता प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ ।कम्पनीले स्थानीयबासीको लागि ५ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि ८ लाख ४० हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो । रैराङ हाइड्रो पावरले एक सय रुपैयाँ अंकित दरको १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । ...
  • बूढीगण्डकी आयोजना प्रभावितद्वारा मुआब्जा माग ! Aug 8, 2016 ArthatantraBudhi Gandaki Hydro
    काठमाण्डौं । बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा प्रभावित हुने गोरखा र धादिङका स्थानीय जनताले घर बनाउन रु दुई लाख अनुदान रकम र रोक्का गरिएको जग्गाको मुआब्जा माग गरेका छन् । गोरखा उद्योग वाणिज्य सङ्घअन्तर्गत आरुघाट उद्योग वाणिज्य सङ्घको पहलमा आइतबार आरुघाटमा भएको भेलाले अनुदान रकम वितरणमा ढिलाइ भएको र मुआब्जा वितरणमा आलटाल गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । आरुघाट ...
  • आगामी हिउँदमा पनि लोडसेडिङ बढ्ने, भारतबाट थप बिजुली असम्भव Aug 8, 2016 ArthatantraElectricity
    काठमाडौं । निर्माणाधीन २२० केभीको ढल्केबर सबस्टेसन निर्धारित समयमा पूरा नहुने भएपछि भारतबाट थप बिजुली ल्याउन असम्भव देखिएको छ । नेपाल र भारतबीच थप विद्युत् आयात गर्ने सहमति भए पनि पुसभित्र सबस्टेसनको काम सम्पन्न गर्ने लक्ष्य पूरा नभएकाले आगामी हिउँदमा पनि लोडसेडिङ बढ्ने अवस्था सिर्जना भएको छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा तत्काल ८० मेगावाट र डिसेम्बरदेखि थप १२० मेगावाट ...
  • माथिल्लो मर्स्याङ्दीको ५० मेगावाट बिजुली खेर जाने ! Aug 7, 2016 ArthatantraElectricity
    काठमाडौं । समयमै प्रसारणलाइन नबनाउँदा आगामी भदौदेखि व्यावसायिक उत्पादन गर्न लागेको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी–ए जलविद्युत् आयोजनाको बिजुली खेर जाने भएको छ । सिनो सगरमाथा हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको यो आयोजनाको निर्माण सम्पन्न हुनै लागे पनि प्रसारणलाइनको अन्योलले विद्युत् खेर जाने भएको हो । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको मध्यमर्स्याङ्दीबाट तल्लो मर्स्याङ्दी जाने डबल सर्किट तथा मर्स्याङ्दीबाट डुम्रे हुँदै दमौली जाने ...
  • हेंंवा जलविद्युत आयोजनालाई बीस करोड घाटा ! Aug 6, 2016 Arthatantranepali rupees
    काठमाण्डौं । पाँचथर सदरमुकाम फिदिम नगरपालिका र  झापा गाविसको सिमाना भएर बग्ने हेंवा खोलामा निर्माणधिन तल्लो हेंवा जलविद्युत आयोजनालाई २० करोड घाटा लागेको निर्माण कम्पनीले जनाएको छ। गतवर्षको विनाशकारी भूकम्प, त्यसपछिको अघोषित भारतीय नाकाबन्दी र स्थानीयवासीको अवरोधका कारण निर्माण कम्पनीलाई त्यतिको घाटा लागेको बताइएको छ। आयोजनाको निर्माण कम्पनी माउन्टेन हाइड्रो प्रालि नेपालका अध्यक्ष सिताराम तिम्सिनाका अनुसार भूकम्प र त्यसपछिको पराकम्पका कारण आयोजनाको काम ...
  • निजी क्षेत्रको हालसम्मकै ठुलो सोलुखोला दुधकोशी हाइड्रोमा लगानी सम्झौता Aug 5, 2016 Arthatantrahidroventure loan contact
    काठमाडौ । सोलुखुम्बुस्थित ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोशी जलबिद्युत परियोजना निर्माणका लागि इन्भेष्टमेन्ट बैंक लिमिटेडको अगुवाईमा ऋण सम्झौता सम्पन्न भएको छ । राजधानीमा बिहिबार आयोजित कार्यक्रमकाबीच हाइड्रोभेन्चर प्रालिले निर्माण गर्न लागेको ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोशी परियोजनाको लागि जलबिद्युत लगानी तथा विकास कम्पनी लिमिटेड सहित विभिन्न ९ वाणिज्य बैंक र १ विकास बैंकले ८ अर्ब ६५ करोड लगानी गर्ने गरी ...
  • सरकारको असहयोग पछि जनतामाझ महाबीर पुन ! Aug 4, 2016 Arthatantramahabir pun
    भक्तपुर । समाजसेवी महाबीर पुनले राष्ट्रिय आविष्कार केन्द«को निर्माणमा सरकारको असहयोग पछि जनतामाझ निर्माण सहयोगका लागि आफू आएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै पुनले नेपालीको आर्थिक बिकासलाई ध्यान दिँदै राष्ट्रिय आविष्कार केन्द्र सुचारु गर्ने काममा हरेक सरकारको आश्वासन रहेता पनि काम हुन नसकेपछि नेपाली माझ केन्द्र निर्माणका लागि आफू प्रस्तुत भएको बताएका हुन् । नेपालको ...
  • प्राधिकरणको ट्रान्सफरमरमा आगलागी, एक करोडको क्षति ! Aug 1, 2016 Arthatantrasyuchatar fire
    काठमाण्डौं । कलंकीको स्यूचाटारस्थित नेपाल विद्युत प्राधिकरणको शव स्टेशनको ट्रान्सफरमरमा सोमबार दिउँसो सवा दुई बजेतिर आगलागी भएको छ । आगलागीको कारण अहिले थाहा हुन नसके पनि कर्मचारीहरुले सर्किट टुटेर आगो लागेको हुनसक्ने अनुमान गरेका छन् । काठमाडौं र ललितपुरका दमकलहरुले करिब आधा घण्टाको प्रयासमा आगो निभाएका छन् । आगलागीबाट एक करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । कुलेखानी जलविद्युत आयोजनाबाट ...
  • दुई करोडमा निस्कदैछ फोहोरबाट बायोग्यास, केही दिनमै सुरु हुने ! Aug 1, 2016 Arthatantrabio gas plant
    काठमाण्डौं । जैविक फोहरको व्यवस्थापन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले सुरु गर्न लागेको बायोग्यास उत्पादनको तयारी अन्तिम चरणमा पुगेको छ । भारतबाट ल्याउन लागिएको बायोग्यास उत्पादन गर्ने प्रविधि आइपुगेको केही दिनमा बायोग्यास निकाल्न सुरु गरिने महानगरपालिका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिए । मुलुकलाई आगामी दुई वर्षभित्र विद्युत्भार कटौती मुक्त बनाउने योजनाअनुरुप महानगरपालिकाले यस्तो कार्यक्रम अघि सार्न लागेको तामाङको भनाइ छ । युरोपेली ...