Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • भारतले नेपाललाई थप बिजुली दिने Jun 28, 2016 ArthatantraTransmission Tower
    काठमाण्डौं ।  भारतले नेपाललाई हिउँदयाममा लोडसेडिङ कम गर्न ढल्केबर–मजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप १ सय २० मेगावाट बिजुली दिने भएको छ। हाल नेपालले उक्त अन्तरदेशीय लाइनबाट ८० मेगावाट आयात गरिरहेको छ। बिजुली आयात गर्ने, विद्युत व्यापार सम्झौता कार्यान्वयनका लागि आवश्यक संयन्त्र बनाउने तथा अन्तरदेशीय प्रशारण लाइन निर्माणलाई  तीब्रता दिनेलगायत विषयमा छलफल गर्न दिल्लीमा आइतबार सुरु नेपाल भारत ऊर्जासहितस्तरीय बैठकमा भारतीय पक्षले ...
  • नयाँ दिल्लीमा आजदेखि ऊर्जा सचिवस्तरीय बैठक Jun 27, 2016 ArthatantraTransmission line
    काठमाडौं । नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता(PTA)को कार्यान्वयनको अवस्था र सुधार गर्नुपर्ने प्रावधानलगायत विषयमा छलफल गर्न सोमबारदेखि नयाँ दिल्लीमा ऊर्जा सचिवस्तरीय बैठकको आयोजना गरिएको छ । पिटिए कार्यान्वयनमा देखिएको अवरोध हटाउने, अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा सुदृढीकरणका विषयमा समेत संयुक्त बैठकमा छलफल गर्ने कार्ययोजना रहेको ऊर्जा मन्त्रालयले बताएको  छ । ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थकाअनुसार दुई देशबीच भएको सहमति ...
  • दिब्यश्वरी हाइड्रोको सेयर आजबाट खुल्ला, हेर्नुहोस्, कहाँ बुझाउने फारम … Jun 27, 2016 ArthatantraHydro power
    काठमाडौं । दिब्यश्वरी हाइड्रोकोे ३ लाख ६८ हजार २८० कित्ता साधारण सेयर आजदेखि निष्कासन भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गरेको हो । कम्पनीको असार १३ गते देखि निष्कासन भएको साधारण सेयरको लागि असार १६ गतेसम्म आवेदन दिन सकिने छ । सेयर निष्कासनको बिक्री प्रबद्र्धकका रुपमा एस क्यापिटल रहेको छ । कम्पनीले गत बुधबार ...
  • विद्युत आपूर्ति नभएपछि लाखौंको खेप खेर, सयौं बालबालिकाको स्वास्थ्य संक… Jun 26, 2016 ArthatantraLoad-shedding
    काठमाण्डौं । झण्डै डेढ हप्तादेखि विद्युत आपूर्ति बन्द हुँदा बझाङ जिल्ला अस्पतालमा बीस लाख मूल्य बराबरको भ्याक्सीन बिग्रिएकाले जिल्लाका दुई हजार बढी बालबालिकाहरु खोप पाउनबाट बन्चित हुने भएका छन् । अस्पतालमा रहेको जेनेरेटरले नधान्ने भएकाले २ महिनालाई पुग्ने बिसीजी, डिपिटी, पोलीयो र दादुराका भ्याक्सिनहरु पूर्णरुपमा बिग्रिसकेको अस्पतालले जनाएकोछ । सदरमुकाम लगायत आसपासका गाविसलाई विद्युत उपलब्ध गराइरहेको सुर्मादेवी विद्युत प्रालिको पुनर्निर्माणको काम सुरु ...
  • सिइडिबी हाइड्रोले पनि ल्याउने भो साधारण सेयर, हकप्रद पनि ल्याउँदै ! Jun 23, 2016 ArthatantraUper-Karnali-Hydro
    काठमाण्डौं । सिइडिबी हाइड्रोको हिजो बुधबार सम्पन्न कम्पनीको विशेष साधारण सभाले अहिले कायम रहेका संस्थापक सेयर धनीलाई हकप्रद सेयर निष्काशन गर्दै सर्वसाधारणका लागि पनि साधारण सेयर निष्काशन गर्ने भएकोछ । क्लिन ईनर्जी डेबलपमेन्ट बैंकले जलविद्युत आयोजना निर्माणका लागि २०६६ सालमा स्थापना गरेको सिइडिबी हाइड्रो फण्डले विशेष साधारण सभामा संचालक समितिको पूँजी वृद्धिको प्रस्ताव पारित गरेको हो । चुक्ता पूंजी ५८ करोड ७० ...
  • हाइड्रोपावरले सर्वसाधारणका लागि ल्यायो २८ लाख ७५ हजार कित्ता सेयर ! Jun 23, 2016 Arthatantraunited-Modi
    काठमाण्डौं । युनाइटेड मोदी हाइड्रोपावरले सर्वसाधारणका लागि सेयर २८ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएकोछ । कम्पनीले सर्वसाधारणलाई लक्षित गरेर प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले ११ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दा र १७ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गर्ने भएको हो । कम्पनीले निष्कासन ...
  • सानिमा माइ हाइड्रोले ल्यायो शतप्रतिशत सेयर ! Jun 23, 2016 Arthatantrasanima mai hydro
    काठमाण्डौं । सानिमा माइ हाइड्रोले शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ । हिजो बुधबार बसेको हाइड्रो सञ्चालक समितिको बैठकले प्रति १ कित्ता बराबर १ कित्ता हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । हाल १ अर्ब ५ करोड रुपैंया चुक्ता पूँजी रहेको सानिमा माई हाइड्रोले हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी २ अर्ब १० करोड रुपैंया पुग्ने छ । चालु आर्थिक ...
  • सामुदायिक स्रोत विकास केन्द्रद्धारा २० लघुजलविद्युत परियोजना निर्माण Jun 21, 2016 Arthatantrasmall-hydro-project
    म्याग्दी । धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रमार्फत म्याग्दी जिल्लामा हालसम्म २० वटा लघुजलविद्युत् परियोजना निर्माण भएका छन् । वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र र राष्ट्रिय ग्रामीण तथा नवीकरण ऊर्जा कार्यक्रमको सहयोगमा लघुजलविद्युत परियोजना निर्माण भएको हो । निर्माण भएका २० वटा परियोजनामार्फत १२४ किलोवाट विद्युत् उत्पादन भई एक हजार २५२ घरधुरी लाभान्वित भएका छन् । परियोजना निर्माणका लागि संस्थाले एक करोड १७ लाख ...
  • आयो हाइड्रोको ३ लाख ६८ हजार कित्ता सेयर, हेर्नुहोस्, कहाँ–कहाँबाट दिने… Jun 20, 2016 ArthatantraHydro power
    काठमाडौं । दिब्यश्वरी हाइड्रोले सर्वसाधारणका लागि ३ लाख ६८ हजार २८० कित्ता साधारण सेयर   निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरले  सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको साधारण सेयर असार १३ गते देखि निष्कासन हुने भएको छ । लगानीकर्ताले असार १६ गतेसम्म आवेदन दिन पाउने छन् । सर्वसाधारण लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १ हजार ...
  • हाईड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर आउँदै Jun 19, 2016 Arthatantrashare
    काठमाडौं । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले लगानीकर्तालाई १ सेयर बराबर १ नयाँ सेयर अर्थात १०० प्रतिशत हकप्रद दिने भएको छ । जसका लागि कम्पनीले आगामी असार २० गते विशेष साधारणसभा बोलाएको छ । कम्पनीको उक्त साधारणसभा यूनियन हाउस अनामनगर काठमाडौंमा हुने जनाएको छ । कम्पनीको असार १ मा बसेको सञ्चालक समितिको पाँचौ बैठकले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । ...