Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • भोलिबाट अझै घट्ने भो लोडसेडिङ्ग ! Jun 6, 2016 ArthatantraElectricity
    काठमाण्डौँ । नेपाल विद्युत् प्राधिकरणले मं‌गलबारदेखि लागू हुने गरी लोडसेडिङको समय एक घन्टा घटाउने भएको छ। अब दैनिक औसत ९ घण्टामात्र लोडसेडिङ हुनेछ। नदीमा जलप्रवाहको क्रम बढेका कारण क्रमशः लोडसेडिङको समय घटाउँदै लगिने प्राधिकरणले जनाएकोछ । हाल दैनिक ७०० मेगावाट विद्युत् आपूर्ति हुँदै आएको छ भने एक हजार ३५० मेगावाट विद्युत् माग रहँदै आएको छ। प्राधिकरणले विद्युत् चुहावट हुने स्थानमा भने न्यूनतम ...
  • थपिँदै ७५ मेगावाट बिजुली, अब लोडसेडिङ घट्ने ! Jun 3, 2016 ArthatantraTransmission Tower
    काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले ७५ मेगावाट विद्युत उत्पादन क्षमताको त्रिसुली-गल्छी जलविद्युत आयोजनाबाट उत्पादित विजुली खरिद गर्ने भएको छ । शुक्रवार विद्युत प्राधिकरण र आयोजना निर्माण गर्ने कम्पनी सिद्धकाली पावर लिमिटेडबीच बिद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको हो । यो आयोजनाको लागत कुल लागत १४ अर्ब ४० करोड ६० लाख रुपैयाँ लाग्ने बताइएको छ । जसमा सेयरधनीहरुको लगानी ४ अर्ब ३२ ...
  • खानी खोला हाइड्रोको सेयर : अधिकांश चेकमा त्रुटी, धेरैको आवेदन खारेज Jun 3, 2016 Arthatantrashare
    काठमाण्डौं । खानी खोला हाइड्रोपावर कम्पनीले निष्काशन गरेको ९ लाख ३१ हजार ४ सय २९ कित्ता साधारण सेयरका लागि ६ अर्ब ८२ करोड रुपैंयाको आवेदन परेको छ । जेठ १६ देखि १९ गतेसम्म निष्काशन भएको सेयरका लागि १ लाख ३५ हजार वटा आवेदनबाट उक्त रकमको आवेदन परेको कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ । सेयरका लागि ७३ ...
  • खानी खोला हाइड्रोको सेयर आज बन्द हुँदै, तपाईले किन्नुभयो ? Jun 1, 2016 Arthatantrakulekhani 3
    काठमाण्डौं । सर्वसाधारणका लागि ९ लाख ३१ हजार ४ सय २९ कित्ता साधारण शेयर निष्काशन गरेको खानी खोला जलविद्युत कम्पनीको शेयर निष्काशन आज बन्द हुँदैछ । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिभिल क्यापिटल रहेको छ । कम्पनीले निष्कासन गरेको ९ लाख ३१ हजार ४ सय २९ कित्ता सेयर मध्ये ४६ हजार ५ सय ७१ कित्ता सामूहिक लगानी कोष र १८ ...
  • बुढीगण्डकी आयोजना : सरकारले छुट्याएको रकमले मुआब्जा तिर्नै ८ वर्ष लाग्… May 31, 2016 ArthatantraBudhi Gandaki Hydro
    धादिङ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत बुढीगण्डकी जलविद्युत आयोजनालाई छुट्याएको ५ अर्ब ३३ करोड रुपैयाँले गोरखा र धादिङका २७ गाविसको करिब ५८ हजार रोपनी जग्गा किनबेच बन्द गरिसकेको अवस्थामा बिनियोजित रकमले जनतालाई विश्वास दिलाएर मुआब्जा वितरण हुन नसक्ने आयोजकले बताएका छन् । ३५ सय भन्दा बढी घरधुरीका ४५ हजार भन्दा बढी स्थानीयले आफ्नो बस्ती छोड्न पर्ने अवस्था रहेकोमा सरकारकै चासो ...
  • अरुण काबेलीको शेयर निष्काशन तथा बिक्री बन्द May 30, 2016 Arthatantra
    काठमाडौं । अरुण काबेली पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका निष्काशन गरेको साधारण शेयरको आवेदन आजदेखि बन्द हुने भएको छ । कम्पनीले प्रति शेयर  १०० रुपैंया अङ्कित दरका १५ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि साधारण शेयरमा माग गरेको थियो । कम्पनी माग गरेभन्दा भन्दाबढी शेयर खरीदका लागि आवेदन प्राप्त भएकाले सोमबार  बैंकिङ समय पश्चात सो शेयरका लागि आवेदन बन्द ...
  • अबदेखि प्रत्येक आयोजनामा सर्वसाधारणलाई ४९ प्रतिशत सेयर ! May 30, 2016 Arthatantrashare broker
    काठमाण्डौं । सरकारले आफूले निर्माण गर्ने आयोजनामा सर्वसाधारणलाई ४९ प्रतिशतसम्म सेयर दिने भएको छ । सरकारले आगामी आर्थिक बर्षबाट लागू हुने गरी ल्याएको ‘घर घरमा बिजुली जन जनमा सेयर’ कार्यक्रम अन्तर्गत सर्वसाधारणको सहभागिता बढाउन खोजेको हो । अहिले सरकारी तथा निजी क्षेत्रले बनाएको आयोजनामा ३० प्रतिशतसम्म सेयर पाइन्छ । यसमध्ये १० प्रतिशत आयोजना प्रभावित वासिन्दाले पाएपछि बाँकी २० प्रतिशतमा देशभरीका लगानीकर्तालाई ...
  • हाइड्रोपावरको ११ लाख ५५ हजार कित्ता सेयर आयो, असार १ बाट लिन मिल्ने May 29, 2016 Arthatantra
    काठमाण्डौं । रिडी हाइड्रोपावरको हकप्रद असार १ गते देखि विक्री खुल्ला हुने भएको छ । कम्पनीले १० बजार ३.५ का दरले हकप्रद दिन लागेको हो । यो कम्पनीको जेठ १३ गतेसम्म सेयर किन्ने लगानीकर्ताले हकप्रद सेयर भर्न पाउनेछन् । कम्पनीले ११ लाख ५५ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । ग्लोबल आइएमई क्यापिटल लिमिटेड धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक रहेको यो ...
  • भारतमा ऊर्जा बैंक स्थापना गर्न नेपालको आग्रह ! May 27, 2016 ArthatantraTransmission line
    काठमाण्डौं । हिउँद याममा आइपर्ने ऊर्जा संकट समाधानका लागि नेपालले औपचारिक रुपमा ऊर्जा वैंक स्थापनाको अवधारणा भारतसमक्ष प्रस्ताव गरेको छ । भारतीय पक्षले यसबारे अध्ययन गरेर छिट्टै निर्णय दिने प्रतिबद्धता जनाएको छ । सिंचाई, ऊर्जा तथा बाढी नियन्त्रण सम्बन्त्री दुई देशका सहसचिवस्तरीय वैठकमा नेपालले यो प्रस्ताव राखेको हो । सो प्रस्तावअनुसार वर्षाको समयमा नेपालले आन्तरिक खपतभन्दा बढी भएको बिजुली भारत निर्यात ...
  • कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना बन्द ! May 25, 2016 Arthatantrakali gandaki hydropower
    काठमाण्डौं । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनामा देखिएको समस्या समाधानका लागि एक हप्ता परियोजना बन्द गरिएको छ। स्याङ्जाको मिर्मीमा रहेको आयोजना मर्मतका लागि हिजो मंगलबार बिहानदेखि बन्द गरिएको आयोजना प्रमुख श्रीरामराज पाण्डेले जानकारी दिए। प्रमुख पाण्डेका अनुसार सुरुङबाट पेनस्टक हुँदै टर्वाइनसम्म पानी पठाउने पाइपको मुख्यद्वारमा समस्या देखिएपछि मर्मतका लागि उत्पादन बन्द गरी मर्मत सुरु गरिएको हो। उनले कम्तीमा पनि मर्मतका लागि एक ...