Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • हाइड्रो कम्पनीले १७ करोड ६१ लाख बराबरको साधारण सेयर ल्याउँदै May 6, 2016 ArthatantraHydro power
    काठमाण्डौं । सिइबिडी हाइड्रो फण्डले साधारण सेयर निष्काशन गर्ने भएको छ । यो फण्डले १७ करोड ६१ लाख बराबरको १७ लाख ६१ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । सिइबिडी २०६६ सालमा क्लिन इनर्जी डेभलपमेन्ट बैंकले स्थापना गरेको हाइड्रो फण्ड हो । यो फण्ड जलविद्युत आयोजनामा लगानी तथा निमार्ण गर्न स्थापना गरिएको हो । हाल सञ्चालनमा रहेका तीन वटा ...
  • बूढीगण्डकी जलविद्युत् निर्माण गर्न गोरखाका दल प्रतिबद्ध May 2, 2016 ArthatantraBudhigandaki Hidro power Tannel 3
    गोरखा, १९ वैशाख । एक हजार २०० मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा गोरखामा क्रियाशील विभिन्न राजनीतिक दलले सघाउने प्रतिबद्धता जनाएका छन् । दिनहुँ विद्युत्भार कटौती बढिरहेको भन्दै उनीहरुले द्रुतगतिमा आयोजना निर्माण गर्नुपर्नेमा जोड दिए । उनीहरुले गोरखा र धादिङको सीमामा बूढीगण्डकीमा बाँध बाँधेर विद्युत् उत्पादन गर्दा समग्र देशको आर्थिक विकासमा कायापलट हुने विश्वास व्यक्त गरे । बूढीगण्डकी आयोजना निर्माणमा सघाउनका ...
  • राहुघाट आयोजना साढे आठ अर्ब लागतमा आठ मेगावाट थप्ने अनुमान Apr 30, 2016 ArthatantraElectricity
    काठमाडौं । राहुघाट जलविद्युत् आयोजना ४० मेगावाट क्षमतामा अगाडि बढाइने भएको छ । प्राधिकरण सञ्चालक समितिले ३२ मेगावाट क्षमतामा थप आठ मेगावाट थप गरी सो आयोजनालाई पूर्ण क्षमतामा अगाडि बढाउने निर्णय गरेको हो । प्राधिकरणको निर्णयसँगै म्याग्दीमा निर्माणाधीन सो आयोजनाको क्षमतासँगै लागत समेत बढ्ने भएको छ । विसं २०६६ मा सुरु भएको आयोजना रू. ७ अर्बको लागतमा यसै वर्ष सम्पन्न गर्ने लक्ष्य ...
  • मुस्ताङमा जलविद्यतुको काम द्रुतगतिमा, १३.२ मेगावाट निस्कदै Apr 29, 2016 ArthatantraLoad-shedding
    मुस्ताङ । जिल्लाको टुकुचेमा निर्माणाधीन १३.२ मेगावाट जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको अहिलेसम्म सम्पूर्ण काम ९० प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । आयोजनाको सुरुङमार्ग, विद्युत् गृह, ड्याम निर्माण, खम्बा विस्तार लगायतका ९० प्रतिशत काम सम्पन्न भएको बताइएकोछ । आयोजनाको मुहानदेखि टुकुचेस्थित विद्युत्गृहसम्म एक हजार ८३० मिटर लामो सुरुङ खन्नुपर्नेमा ४०० मिटर मात्रै बाँकी छ । माउन्ट कैलाश ...
  • कालीगण्डकीका जग्गाधनीलाई साढे ११ करोड मुआब्जा वितरण Apr 26, 2016 Arthatantrakali gandaki hydropower
    पर्वत । नेपाल विद्युत् प्राधिकरण ९कालीगण्डकी प्रसारण करिडोर आयोजना० को यहाँ निर्माण गर्न लागिएको सवस्टेसनका लागि अधिग्रहण गरिएको जग्गाका जग्गाधनीलाई मुआब्जा वितरण गरिएको छ । ७८ जना जग्गाधनीलाई रु ११ करोड ४० लाख ४२ हजार ९६७ वितरण गरिएको जिल्ला मुआब्जा निर्धारण समितिले जनाएकोछ । गत पुसमा जग्गाधनीलाई जग्गाको मुआब्जा रकमसँगै जग्गामा लगाइएको बाली तथा भौतिक संरचनाको क्षतिपूर्ति रकम थप गर्ने सहमतिअनुसार ...
  • अब गोबरबाट बिजुली ! Apr 24, 2016 ArthatantraLoad-shedding
    काठमाण्डौं । २०६५ सालदेखि रुपन्देहीमा गाईपालन सुरु गरेका शशि पौडेलले साढे २ करोड ५० लाख रुपैयाँ बराबरको लगानीमा विद्युत उत्पादन गर्ने भएका छन्। अहिले गोबरबाट बिजुली निकाल्ने कामको ७० प्रतिशत सम्पन्न भइसकेको र अबको एक महिनाबाट बिजुली उत्पादन हुने उनले बताए। पौडेलले अहिले पहिलो चरणमा ५ सय घनमिटरको प्लान्ट बनाएका छन्। यो प्लान्टबाट ३ सय किलोवाट बिजुली निस्कन्छ। त्यसपछि फेरि ६ ...
  • सप्तरीमा विद्युत् चोरी गर्ने दुई दर्जन पक्राउ Apr 23, 2016 ArthatantraElectricity
    राजविराज । विद्युत् चोरी र ‘हुकिङ’ नियन्त्रण अभियानअन्तर्गत सप्तरीमा विद्युत् हुकिङ गरी चोरी गर्ने दुई दर्जन व्यक्ति पक्राउ परेका छन् । नेपाल विद्युत् प्राधिकरण शाखा राजविराज वितरण केन्द्र र जिल्ला प्रहरी कार्यालयको संयुक्तरुपमा जिल्लाभर खटिएको अनुगमन टोलीले एकै दिन दुई दर्जन व्यक्तिलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए । पक्राउ पर्नेमा जिल्लाको जमुनिमधेपुरा गाविस ५ का अभिलास रजक, जुगाई रजक, ...
  • गगन थापाको निर्देशनमा हाइड्रोलाई उत्पादन अनुमति दिइँदै Apr 18, 2016 ArthatantraHydro power
    काठमाण्डौं । सरकारले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लगानीमा निर्माण हुने भनिएको ‘रेमिट हाइड्रो’लाई छिट्टै उत्पादन अनुमति दिने भएको छ । सरोकारवालाहरुले दबाब दिएपछि उर्जा मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागले छिट्टै नै अनुमतिपत्र दिने बताएको हो । संसदको कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले समितिको बैठकमा रेमिट हाइड्रोलाई किन उत्पादन अनुमतिपत्र नदिएको भन्दै उर्जा मन्त्रालय र विद्युत विकास विभागका अधिकारीहरुसँग कारण ...
  • ऊर्जाको प्रगति सन्तोषजनक नभएको महालेखाको निश्कर्ष Apr 16, 2016 ArthatantraElictricity
    काठमाडौँ । ऊर्जा मन्त्रालयले अगाडि सारेका महत्वपूर्ण आयोजनाको कार्यप्रगति सन्तोषजनक नरहेको पाइएको छ । महालेखापरीक्षकको ५३औँ वार्षिक प्रतिवेदनानुसार मन्त्रालयले आव २०७१र७२ मा ७६२ मेगावाटको तमोर जलाशययुक्त आयोजना, १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको परामर्शदातासँग सम्झौता, ४२ मेगावाटको माथिल्लो मोदीको सहुलियत ऋण सम्झौता र २६ मेगावाटको माडी तथा मौवा जलविद्युत् आयोजनाको कार्य अगाडि बढाउने उल्लेख गरेको भए पनि ती आयोजनामा कुनै पनि ...
  • विद्युत चोरी गर्ने ८ जना समातिए Apr 15, 2016 ArthatantraLoad-shedding
    मोरङ । विद्युत् चोरी गर्ने आठजनालाई प्रहरीले मोरङको सोराभाग र कदमाहाबाट गएराति पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल रङ्गेली, स्थानीय प्रहरी चौकी र नेपाल विद्युत् प्राधिकरण रङ्गेलीबाट खटिएको टोलीले सोराभाग–५ र कदमाहा ३, ६ र ८ नं वडामा तारको सहयोगमा विद्युत् चोरी गर्ने आठ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कदमाहा–८ का सचिन कामत, भरतलाल ठाकुर, राजकुमार शर्मा, गङ्गा शर्मा, ...