Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • धादिङ र गोरखाका ३५ सय ६० भूकम्प पीडितलाई घर बनाउन रोक ! Apr 10, 2016 ArthatantraA Nepali man carries recovered belongings through the street in the ancient city of Bhaktapur in the Kathmandu Valley on April. 28, 2015. Nepal had a severe earthquake on April 25th. Photo by Adam Ferguson for Time
    काठमाण्डौं । भूकम्पमा घरबास गुमाएका धादिङ र गोरखाका ३५ सय ६० परिवारले नयाँ घर बनाउन नपाउने भएका छन् । सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढेको भन्दै गोरखा र धादिङ जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा घर र ठूला संरचना नबनाउन आग्रह गरेपछि आयोजनाको प्रभावित क्षेत्रमा बसोबास गर्ने ३५ सय ६० परिवारले भूकम्पले घर भत्किए ...
  • लोडसेडिङ फेरी ३ घण्टा घट्यो Apr 7, 2016 ArthatantraTransmission line
    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अघोषित रुपमा दैनिक ३ घण्टासम्म लोडसेडिङ घटाएको छ । दैनिक १२ घण्टासम्म लोडसेडिङ हुँदै आएको अहिले ९ घण्टासम्म झरेको छ । विद्युत उत्पादन साविकको भन्दा बढेपछि तालिकाभन्दा कम अवधि लोडसेडिङ गर्न सम्भव भएको प्रानधिकरणले जानकारी दिएको छ । तर, तत्काल घोषित रुपमा लोडसेडिङ नघट्ने प्राधिकरणका प्रणाली सुधार तथा सञ्चालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले जानकारी दिए । ‘पहाडी क्षेत्रमा ...
  • जाजरकोटवासीले राखे अनौठो माग, के हो तीन ‘ज’ ? Apr 6, 2016 Arthatantrajajarkot_district
    जाजरकोट । नलगाड जलविद्युत् परियोजना निर्माणस्थलका स्थानीयवासीले तीन ‘ज’को संरक्षणसहित आयोजना निर्माण हुनुपर्ने माग गरेका छन्। प्रभावित क्षेत्र खगेनकोट, सक्ला, लहँ, नायकवाडा, रोकायगाउँ गाविसका स्थानीयवासीले स्थानीय जङ्गल, जमिन, जडीबुटी संरक्षण हुने गरी नलगाड जलविद्युत् परियोजना निर्माण हुनुपर्ने माग गरेको हुन्। वारेकोटको सुन्दरता, पर्यावरणीय महत्वअनुरुप स्वरुप नबदलिने गरी काम गर्नसमेत स्थानीयवासीले सचेत गराएका छन् । २४ चैत २०७२, २.००
  • दश वर्षदेखि अलपत्र योजना सेनाको अण्डरमा ल्याइँदै Apr 5, 2016 ArthatantraTransmission Tower
    काठमाण्डौं । गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले खिम्ती– ढल्केबर प्रसारण लाइन निर्माणमा सेना परिचालन गर्ने भएकोछ भने विगत १० वर्षदेखि सम्पन्न हुन नसकेको उक्त आयोजना ६ महिनाभित्र सकिने अनुमान गरिएकोछ । सरकारले सुरक्षाकर्मी नै परिचालन गरेर भए पनि आयोजना अगाडि बढाउने भएपछि स्थानीयवासीले जबरर्जस्ती गर्न लागिएको भन्दै आयोगमा गत माघ १० गते उजुरी दिएका थिए । आयोगले यही चैत ...
  • बुढीगण्डकी आयोजनालाई जग्गा अधिग्रहण शुरु Apr 2, 2016 ArthatantraBudhigandaki Hidro power Tannel 3
    काठमाडौ । राष्ट्रिय गौरवको आयोजना बुढी गण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले प्रक्रिया थालेको छ । जलाशययुक्त जलविद्युत परियोजना निर्माणका लागि धादिङको जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित गरेको छ । बुढी गण्डकी जलविद्युत आयोजना विकास समितिले पहिलो पटक धादिङका ३७ सय २३ कित्ता जग्गा अधिग्रहणका लागि सूचना जारी गरेको हो । जग्गाको मुआब्जा लिनका लागि जग्गाधनी प्रमाणपत्र, तिरो तिरेको रसिद, नागरिकताको प्रतिलिपीसहित ...
  • के होला त माथिल्लो कर्णाली खारेज ? Apr 1, 2016 ArthatantraUper-Karnali-Hydro
    काठमाण्डौं । माथिल्लो कर्णाली जलविद्युत परियोजना खारेजीको लागि माथिल्लो कर्णली बचाउँ अभियान नामक समिति गठन गर्दै सम्झौता खारेजीको आन्दोलन सुरु भएकोछ । भारतीय बहुराष्ट्रिय कम्पनी जीएमआरसँग भएको सम्झौता पीडीए खारेजीका लागि अभियान सुरु भएकोछ । सो अभियानको अध्यक्षमा भरतबहादुर शाही रहेका छन् । ११ सदस्यी समितिले जागरण अभियान अन्तर्गत माथिल्लो कर्णालीको संझौता विरुद्ध निर्मित बृत्तचित्र प्रदर्शन, अन्तरक्रिया, कोणसभा लगायतका जनजागरण अभियान ...
  • २ वर्षमा पूर्ण रुपमा लोडसेडिङ घट्ने मन्त्रीको उद्घोष Mar 31, 2016 ArthatantraLoad-shedding
    काठमाण्डौं । सरकारले ऊर्जा संकट समाधानका लागि ल्याएको गुरु योजना कार्यान्वयनमा ल्याउन लागि नयाँ कार्ययोजना निर्माण अन्तिम चरणमा पुगेको उपप्रधान तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज ९सेजन०द्वारा आयोजित ऊर्जा विकास सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै रायमाझीले ‘सरकारले १ वर्षभित्र आधारभुत रुपमा लोड सेडिङ घटाउने तथा २ वर्षभित्र पुरै न्युनिकरण गर्ने गरी कार्ययोजना तयार गर्दै छ,’ उनले ...
  • लोडसेडिङ अझै घट्ने, भारतबाटै पुनः ६ सय मेगावाट ल्याइने Mar 30, 2016 ArthatantraElectricity
    काठमाण्डौं । आगामी आर्थिक वर्ष २०७४ असारभित्र राष्ट्रिय प्रसारण लाइनमा आन्तरिक उत्पादनबाट ३ सय ५८ मेगावाट बिजुली थपिने भएको छ। यही अबधिमा भारतबाट थप ६ सय मेगावाट बिजुली आयात गर्न सकिने छ। ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार आगामी एक वर्षभित्र हुने आन्तरिक उत्पादन बृद्धि र भारतबाट आयात गर्न सकिने थप बिजुलीका कारण वर्षायाममा पूर्णरुपमा लोडसेडिङ अन्त्य हुन सक्नेछ भने हिउँदमा समेत ...
  •  चार दिनदेखि ठप्प छ तातोपानी Mar 29, 2016 ArthatantraTatopani
    काठमाण्डौं । म्याग्दीको नारच्याङको घरापमा रहेको तातोपानी साना जलविद्युत् आयोजनामा चार दिनदेखि विद्युत् उत्पादन बन्द भएको छ । दुई मेगावाट क्षमताको आयोजनाको बाँध लेदोले पुरिएको र सुरुङभित्र लेदो थुप्रिएकाले विद्युत् उत्पादन बन्द भएको हो । नारच्याङको भित्रीवनमा एक महिनाअघि गएको पहिरोले घलेम्दी खोला थुनिएर बनेको तलाउ खुलेर शुक्रबार साँझ आएको लेदोसहितको बाढीले आयोजनाको बाँध र सुरुङ पुरिएको छ । काठ, गेगर र ...
  • भोलिबाट लागु हुने नयाँ लोडसेडिङ तालिका Mar 28, 2016 Arthatantraloadshedding
    काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले भोलि मंगलबारदेखि लोडसेडिङको अवधि घटाउने भएको छ । एसएलसी परीक्षालाई मध्यनजर गर्दै प्राधिकरणले दैनिक १ घण्टा लोडसेडिङ घटाउने जनाएको हो । १५ चैत २०७२, ७.००