Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • फेरि घट्यो लोडसेडिङ ! Mar 27, 2016 ArthatantraElectricity
    काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले दैनिक एक घण्टा विद्युत कटौती कम गर्ने भएको छ । प्राधिकरणले मंगलबारदेखि लोडसेडिङ दैनिक १ घण्टा लोडसेडिङ घटाउन लागेको हो । हाल हप्तामा ८४ घण्टा लोडसेडिङ भइरहेकोमा अब हप्तामा ७७ घण्टा मात्रै लोडसेडिङ हुने छ । लोडसेडिङको नयाँ तालिका सोमवार सार्वजनिक गरिने बताइएको छ । एसएलसी परीक्षालाई ध्यानमा राखेर लोडसेडिङ घटाउन लागेको प्राधिकरणले जानकारी दिएको छ ...
  • सर्वसाधारणका लागि आयो ९ लाख ७३ हजार ७३७ कित्ता सेयर Mar 25, 2016 Arthatantra
    काठमाण्डौं । ङादी ग्रुप पावर लिमिटेडले सर्वसाधारणका लागि नौं लाख ७३ हजार ७३७ कित्ता साधारण सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका सेयरहरु चैत २१ गतेबाट निस्कासन गर्न लागेको हो । कम्पनीले निस्कासन गर्न लागेको कुल सेयरमध्ये १९४७४ कित्ता कर्मचारी र ४८ हजार ६८६ कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीहरुलाई छुट्याएको छ । सर्वसाधारणले नौं लाख पाँच ...
  • सौर्य बत्ती सहितकोे नक्सा सार्वजनिक भवनका लागि मात्र Mar 24, 2016 Arthatantra
    काठमाण्डौं । सरकारले ऊर्जा संकट टार्ननका लागि नयाँ बन्ने घरमा सौर्य बत्ती जडान गर्ने अनिवार्यता नयाँ बन्ने सार्वजनिक भवनका लागि मात्र भएको बताइएकोछ । यसकारण पनि निजी आवासका लागि बन्न लागेका नयाँ घरहरुमा सौर्य बत्ती जडाको काम प्रभावकारी हुन सकेको छैन । काठमाडौँ महानगरपालिका सहरी विकास विभाग प्रमुख तथा इञ्जिनिएर राम थापाका अनुसार ऊर्जा सङ्कट टार्न सो नियम ल्याइएपनि हाल यस ...
  • विद्युत आयोजना निर्माण हुँदा आठ गाविस अन्धकारमा Mar 21, 2016 ArthatantraElectricity
    रुकुम । जिल्लाको स्यार्पू दह साना जलविद्युत् आयोजनाको पुनःनिर्माणका लागि काम सुरु भएपछि जिल्लाका आठ गाविस तीन महिनाका लागि अन्धकारमय भएका छन् । विसं २०४४ मा निर्माण भएको जलविद्युत् आयोजनाको जापान सहयोग नियोग जाइकाले पुनःनिर्माणको काम सुरु गरेपछि विद्युत् सेवा बन्द हुन पुगेको हो । विगत एक वर्षदेखि पुनःनिर्माणको काम सुरु गरेको जाइकाले यसअघि आयोजनाको ड्याम निर्माणको काम सकिएपछि अब नहर ...
  • फेरि रोकियो मेलम्ची खानेपानीको काम Mar 20, 2016 Arthatantrakulekhani
    काठमाडौँ । मेलम्ची खानेपानीको सुरुङ निर्माणमा काम गरिरहेका कामदारलाई निकाल्न खोजिएपछि काम रोकिएको छ । सुन्दरीजलमा काम गरेका टेकबहादुर खड्कालाई आज बिहान कामबाट निकाल्न खोजेपछि त्यहाँ काम गरेका करिब ५० कामदार आन्दोलनमा उत्रेका हुन् । कम्पनीले चोटपटक लाग्दा थोरै बिदा दिने, कामदारको उपचारमा कम्पनीले बेवास्ता गर्ने, धेरै समय काममा लगाउने गरेको गुनासो समेत पोखे । सुरुङ निर्माणको काम सिएमसी कम्पनीले लिएको ...
  • चार करोड डलर लगानीको काबेली ‘ए’ ३ बर्षमा निर्माण पुरा हुने Mar 19, 2016 Arthatantra
    काठमाडौं । काबेली ए जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटेको छ । बुटवल पावर कम्पनी अन्तर्गतको काबेली इनर्जीले निर्माण गर्न लागेको सो जलविद्युत आयोजना निर्माणका लागि अन्तरराष्ट्रिय विकास संस्थाले ४ करोड अमेरिकी डलर लगानी गर्नेछ । आयोजनामा लगानी गर्ने विषयमा गत वर्ष मंसिरमा सरकारले विश्व बैंकसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार सरकारको स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनी र काबेली ...
  • वसन्तपुर क्षेत्रमा बयानब्बे वटा सोलार बत्ति जडान, सरकारले एक अर्ब खर्च… Mar 19, 2016 Arthatantra
    काठमाडौँ । हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाले वसन्तपुर क्षेत्रमा ९२ वटा सौर्य (सोलार) बत्ति जडान गरेको छ। सौर्य बत्तिको आज उद्घाटन गर्दै उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले राजधानीमा मात्र नभइ देशैभरिका नगरपालिका र गाविसमा सौर्य बत्तिको व्यवस्था गर्ने सरकारको योजना रहेको बताए। सौर्य सडक बत्तिका लागि सरकारले एक अर्ब छुट्याएको जानकारी उनले दिए। घरघरमा बत्तिको अभियानअन्तर्गत सरकारले ४० प्रतिशत ...
  • गुह्येश्वरीदेखि गोकर्णको सडक किनारासम्म सौर्यबत्ती, संसदीय कोषबाट बजेट Mar 17, 2016 Arthatantra
     काठमाडौं । बागमती नदी किनारको गुह्येश्वरीदेखि गोकर्णसम्मको सडक किनारा तथा सार्वजनिकस्थलमा सौर्यबत्ती जडान गरिने भएको छ । सांसद रामेश्वर फुयाँलले बिहीबार सार्वजनिकस्थलमा सौर्यबत्ती जडान कार्यको थालनी गरे । यसअघि भएको छलफल कार्यक्रममा उनले सार्वजनिकस्थान, मन्दिर र विद्यालयमा सौर्यबत्ती प्रयोगमा ल्याइने जानकारी दिए । निजी आवास तथा कारखानामा सौर्य ऊर्जा प्रयोग गर्न लगाउन समन्वय गर्ने उनको भनाइ थियो । काठमाडौँ क्षेत्र नम्बर ३ को पूर्वाधार ...
  • विद्युत आयोजनाको ठेक्कामा नियम मिच्ने पूर्व ऊर्जामन्त्रीलाई सर्वोच्चको… Mar 17, 2016 Arthatantra
    काठमाण्डौं । माथिल्लो सोलुखोला जलविद्युत आयोजना निर्माणको ठेक्का दिँदा नियमबिपरित बोलपत्र स्वीकार गरेको भन्दै पूर्व उर्जामन्त्री राधा ज्ञवालीलाई कारबाही गर्ने अख्तियारको निर्देशन सर्वोच्च अदालतले बदर गरिदिएको छ ।ज्ञवालीसहित ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणका पदाधिकारी तथा कर्मचारीलाई कारबाही गर्न अख्तियारले सरकारलाई निर्देशन दिएको थियो। सोलु करिडोर विद्युत प्रशारण लाइन निर्माण आयोजनाको ठेक्का दिँदा सार्वजनिक खरिद ऐन विपरितका निर्णय गरेको भन्दै अख्तियार दुरूपयोग ...
  • लगानी बोर्डले सार्वजनिक नगरेको माथिल्लो कर्णालीको पिडिए सूचना आयोगको न… Mar 14, 2016 ArthatantraUper-Karnali-Hydro
    काठमाडौं । व्यावसायिक कारोबारको कागजात भन्दै लगानी बोर्डले सार्वजनिक नगरेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको आयोजना विकास सम्झौता (पिडिए) राष्ट्रिय सूचना आयोगको निर्देशनमा आज सार्वजनिक गरिएको छ । जलस्रोत क्षेत्रका जानकार रतन भण्डारीले उक्त पिडिए उपलब्ध गराइदिन लगानी बोर्डलाई आग्रह गर्नु भए पनि व्यापारिक विषय भन्दै उपलब्ध गराउन मानेको थिएन । माथिल्लो कर्णालीको पिडिए सार्वजनिक सरोकारको विषय भन्दै भण्डारीले २०७१ कात्तिक १८ ...