Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • अपी हाइड्रोले ल्यायो २ सय प्रतिशत सेयर Mar 14, 2016 ArthatantraTransmission Tower
    काठमाण्डौं । अपी पावर लिमिटेडले एक कित्ता शेयर बराबर नयाँ दुई कित्ता शेयर अर्थात दुई सय प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेकोछ । सो कम्पनीको फागुन ३० मा बसेको संचालक समितिको बैठकले कम्पनीको हालको चुक्ता पूँजी एक अर्बको दोब्बर अर्थात दुई अर्ब बराबरको हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । यसका लागि चैत्र २७ मा कम्पनीको बिशेष साधारण सभा बोलाउने निर्णय ...
  • फेरि दाता सम्मेलन गर्दै सरकार Mar 8, 2016 ArthatantraData Sammelan
    काठमाण्डौं । दश वर्षमा दश हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको सरकारले उर्जा क्षेत्रमा ठूलो लगानी भित्र्याउने उद्देश्य सहित उर्जा क्षेत्रको विकासका लागि दाता सम्मेलन गर्ने तयारी गरेको छ । उर्जासचिव सुमन प्रसाद शर्माले उर्जा संकट निवारण तथा उर्जा विकास दशक कार्यान्वयनका लागि प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण सकेपछि दाता सम्मेलन आयोजना गर्ने तयारी अघि बढाइएको बताए । कार्ययोजना कार्यान्वयनका लागि ...
  • प्रधानमन्त्रीको चीन भ्रमण : बूढीगण्डकीलाई सहुलियतको ऋण माग्ने Mar 6, 2016 ArthatantraBudhigandaki Hidro power Tannel 3
    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्न लागेको चीन भ्रमणका क्रममा बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउन चीन सरकारसँग सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराइदिन आग्रह गर्ने भएको छ । विस्तृत आयोजना प्रतिवेदन(डिपिआर)समेत तयार भइसकेको सो आयोजनालाई मुलुकको विद्युत् सङ्कट समाधान गर्ने महत्वपूर्ण आयोजनाको रुपमा लिँदै तत्काल निर्माण प्रक्रिया सुरु गर्न सरकारका तर्फबाट चीन सरकार समक्ष आग्रह गर्न लागिएको ऊर्जा मन्त्रालयका प्रवक्ता डा ...
  • कुलेखानी जलाधार : विकास भन्दै, नियम मिच्दै Mar 5, 2016 Arthatantrakulekhani
    सुरजकुमार भुजेल, मकवानपुर कुलेखानी जलाधार क्षेत्रलाई संरक्षण तथा व्यवस्थापन गर्नका लागि विनियोजन हुने बजेटको दुरुपयोग हुने गरेको छ । मुलुककै “पावर ब्याकअप” को रुपमा रहेको कुलेखानी जलासयको संरक्षणका लागि भनेर आउने विद्युत रोयल्टीको रकम दुरुपयोग हुने गरेको हो । विद्युत उत्पादनमा सहयोग गरे वापत जलाधार क्षेत्रको संरक्षण तथा विकास गर्नका लागि पठाउने गरेको बजेट जलाधार क्षेत्र कमजोर पार्नका लागि खर्च भइरहेको ...
  • बंगलादेशद्वारा ऊर्जा सहकार्यको प्रस्ताव, ८० हजार मेगावाट उत्पादन गर्न … Mar 4, 2016 ArthatantraTransmission Tower
    काठमाडौँ । बङ्गलादेशका सूचना तथा सञ्चारमन्त्री हसनुल हक इनुले बङ्गलादेशलाई ऊर्जाको आवश्यकता रहेको र त्यसका लागि नेपालसँग प्रस्ताव गरिसकेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज बिहान आयोजना गरेको साक्षात्कारमा उनले दुई देशबीच ऊर्जाका आदानप्रदान गर्न सकिने सम्भावना रहेकाले यसतर्फ दुई देशका सरकारले तत्कालै पहल थालनी गर्नुपर्नेमा जोड दिए। उनले गङ्गा, ब्रह्मपुत्र र मेघना नदी ९जिबिएन० बेसिनबाट ८० हजार मेगावाट विद्युत् उत्पादन ...
  • पञ्चेश्वर अब द्रुत गतिमा, तत्काल ५५ जना कर्मचारी आवश्यक Mar 4, 2016 ArthatantraPancheswor
    काठमाडौँ । नेपाल र भारत पञ्चेश्वर जलविद्युत् आयोजनालाई द्रुतरुपमा अगाडि बढाउन सहमत भएका छन् । दुई मुलुकको सीमा नदी महकाली नदीमा निर्माण गरिने बहुउद्देश्यीय पञ्चेश्वर जलविद्युत् आयोजनको काम अगाडि बढाउने लक्ष्यका साथ हिजो सम्पन्न गभर्निङ काउन्सिल (सचिवस्तरीय) बैठकले सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदलाई शीघ्र स्वीकृत गरेर कार्यान्वयनको चरणमा जाने निष्कर्ष निकालेको हो । बैठकमा परामर्शदाताले तयार गरिरहेको विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर०को ...
  • हाइड्रोपावरले ल्यायो ३ लाख ९६ हजार कित्ता सेयर Mar 2, 2016 Arthatantrashare
    संखुवासभा । दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावितका एवं साधारणका लागि सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका सेयर फागुन ३० गतेबाट आयोजना प्रभावितका लागि जारी गर्न लागेको हो । कम्पनीले दुई लाख ६४ हजार कित्ता सेयर संखुवासभा जिल्लाको धुपु, स्यावुन, वाना गाविकासबासीका साथै चैनपुर नगरपालिका वडा नं। ८, ९ र ११ का वासिन्दाका लागि जारी गर्न लागेको ...
  • माथिको आदेशमा अस्पतालमा लोडसेडिङ ! Mar 1, 2016 ArthatantraLoad-shedding
    चितवन । चितवनका निजी अस्पताल र मेडिकल कलेजमा जोडिएको डेडिकेटेड फिडर सोमबारदेखि काटिएको छ। यहाँका ११ निजी अस्पताल र दुई मेडिकल कलेजमा विद्युत्भार कटौती नहुने गरी डेडिकेटेड फिडरबाट विद्युत् जडान गरिएको थियो। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले सोमबार डेडिकेटेड फिडर काटेर सिटी फिडरबाट लाइन जोडिदिएको छ। वितरण केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेलले माथिको आदेशअनुसार नै डेडिकेटेड फिडर काटिएको बताए। यता निजी ...
  • अब नेपालमा पालो मोदी– २ को ! Feb 29, 2016 ArthatantraTransmission Tower
    काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको १०।५ क्षमता रहेको तल्लो मोदी–२ जलविद्युत आयोजनाको विद्युत खरीद सम्झौता पिपिए भएकोछ । १० मेगावाटको मोदी–१ जलविद्युतको क्यासकेड आयोजनाको रुपमा बन्न लागेको यो आयोजनाबाट हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षाको समयमा चार रुपैयाँ ८० पैसामा प्राधिकरणले बिजुली किन्नेछ । पिपिएमा युनाइटेड मोदी हाइड्रोपावरका तर्फबाट सुधीरप्रसाद तिमिल्सिना तथा प्राधिकरणका निमित्त नायब प्रबन्ध ...
  • सुपर दोर्दी आयोजनाका लागि ८० करोड Feb 28, 2016 ArthatantraTransmission line
    लमजुङ । स्वदेशी लगानीमा निजीक्षेत्रले निर्माण गर्न लागेको ठूलो आयोजना मध्येको एक सुपर दोर्दी जलविद्युत आयोजना निर्माणका लागि आवश्यक ८० करोड रुपैयाँ जुटाइएकोछ । ४९।६ मेगावाट क्षमता भएको यो आयोजना पिपुल्स हाइड्रोले निर्माण गर्न लागेको हो । नबिल बैंकको नेतृत्वमा नौ वटा बैंक तथा वित्तीय संस्थाहरुले सहवित्तीयकरणमा लगानी गर्न लागेका हुन् । कन्सोर्टियमको नेतृत्व नबिल बैंकले गरेको छ भने सह–नेतृत्व एभरेष्ट र ...