Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • खै बिजुली ? छैन बिजुली Feb 25, 2016 ArthatantraElectricity
    सोलुखुम्बु । स्थानीय नेचा वेतघारी गाविसमा निर्माणाधीन सोलुखोला तुइनटार लघुजलविद्युत् आयोजना वर्षौंदेखि अलपत्र अवस्थामा रहेको छ । गत २०६३ सालमा निर्माण प्रक्रिया सुरु गरेको सो आयोजनाको काम २०६४ सालदेखि सुरु गरी २०६७ सालमा सम्पन्न गर्ने सम्झौता भएको थियो । करिब ६० प्रतिशत काम सम्पन्न भएको दाबी गर्दै आएका आयोजनाका पूर्व अध्यक्ष हर्कमान राईले यसअघि नै सम्पन्न गरी बिजुली बाल्ने प्रतिबद्धता जनाए तापनि ...
  • सरकारद्वारा सेनालाई जलविद्युत बनाउने जिम्मा Feb 25, 2016 ArthatantraNepal Army
    रोल्पा । सरकारले सेनालाई रोल्पाको माडी जलविद्युत् आयोजना निर्माणका गर्न दिने भएको छ । रक्षा मन्त्रालयले आयोजना निर्माण गर्न सेना तयार रहेको भन्दै ऊर्जा मन्त्रालयलाई पत्र लेखेको छ । ३ अर्ब ६१ करोड लागत अनुमान गरिएको साढे १२ मेगावाटको यो आयोजना तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । पहिलो चरणमा सेनालाई १० करोड रुपैयाँ उपलब्ध गराउन रक्षाले पत्रमा लेखेको छ । ‘आयोजनाको ...
  • विद्युत लाईन सर्ट हुँदा आगलागी Feb 23, 2016 ArthatantraIMG_0502
    धदिङ । थाक्रे ३ महादेववेशी विच बजारमा रहेको घले थोक तथा किराना पसलमा फागुन ९ गते ४.३० बजे विद्युत लाईन सर्ट भई आगलागी हुदा घर तथा पसल पुर्णरुपमा ध्वस्त भएको छ । सुर्य वहादुर घलेको थोक तथा किराना पसल बजारकै पुरानो तथा ठुलो पसलमा एक्कासी खाने तेलको गोदाममा आगोलागी सुरुको आगो लाई नियन्त्रणमा लिन अहिले वेलुका सम्म ६ नं बाहिनी वैरेनी, ...
  • तीन महिनामै ६ सय मेघावाट विद्युत दिन्छौं : भारतीय उर्जा राज्यमन्त्री Feb 22, 2016 ArthatantraTransmission line
    काठमाडौं । भारतका उर्जा राज्यमन्त्री पियूस गोयलले नेपालको उर्जा संकट समाधान गर्न ६ महिनामा होईन तीन महिनाभित्रै ६०० मेघावाट विद्युत दिन तयार रहेको बताएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्तामा उनले तत्काल प्रशारण लाईनको क्षमता बढाएर नेपाललाई सहयोग गर्न तयार रहेको बताएका हुन् । उनले भारतीय कम्पनीहरुले निर्माण गर्न लागेको माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजना तत्काल अघि बढाउने ...
  • जलविद्युतमा अवरोध गर्नेलाई सार्वजनिक अपराध मुद्धा Feb 20, 2016 ArthatantraElectricity
    काठमाडौं । सरकारले जलविद्युत् आयोजना निर्माणमा अवरोध गर्नेलाई सार्वजनिक अपराधमा मुद्धा चलाउने भएको छ । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले जलविद्युत् आयोजना निर्माणमा कसैले अवरोध गर्न नसक्ने बताउँदै कसैले अवरोध गरेमा सार्वजनिक अपराधमा मुद्दा चलाइने बताएका हुन् । जलविद्युत् आयोजनामा अवरोध भए सुरक्षा निकायसमेत परिचालन गरिने जानकारी दिँदै उनले आवश्यक परेको खण्डमा नेपाली सेनासमेत परिचालन गर्न सकिने बताए । आगामी वर्ष ऊर्जाको ...
  • १० वर्षमा १० हजार मेगावाट बिजुली, यस्तो छ सरकारी योजना Feb 19, 2016 ArthatantraElictricity
    काठमाडौं । एक वर्षभित्र जनताले आधारभूत रुपमा महसुस गर्ने गरी विद्युत्भार कटौती अन्त्य गर्ने लक्ष्य सहित सरकारले राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र एवम् कार्ययोजना सार्वजनिक गरेको छ । दश वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यलाई सो कार्ययोजनामा समावेश गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ...
  • विद्युत महसुल नतिर्नेको सहकारीले लाईन काट्यो Feb 18, 2016 ArthatantraElectricity
    कञ्चनपुर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–३ मा रहेको सयपत्री ग्रामीण विद्युतीकरण सहकारी संस्थाले लामो समयदेखि विद्युत्को महसुल नतिर्ने ग्राहकको विद्युत् लाइन काटन सुरु गरेको छ । पाँच महिनाभन्दा बढी समयदेखि विद्युत्को महसुल नबुझाउने उपभोक्ताको सहकारीले लाइन काट्न सुरु गरेको हो । पाँच महिना बढी समयदेखि विद्युत्को महसुल नतिर्ने १७ जना उपभोक्ताको दुई दिनको अवधिमै लाइन काटेको सहकारीका कार्यालय व्यवस्थापक आशिष चौधरीले ...
  • अब लोडसेडिङ दुई घण्टा घट्ने Feb 18, 2016 Arthatantranecourja
    काठमाडौँ । विद्युत प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन हुँदै बुधबारदेखि भारतबाट १५ मेगावाट बिजुली आयात गरेको छ । प्राधिकरण र भारतीय कम्पनी एनभीभीएनबीच सोमबार भएको सम्झौताअनुसार भारतबाट नेपाल–भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइनबाट बुधबारदेखि बिजुली आयात गर्न थालिएको हो । एनभीभीएनले ढल्केबर–मुजफ्फर प्रसारण लाइनबाट प्राधिकरणलाई ८० मेगावाट बिजुली दिने सम्झौतामा उल्लेख छ । एनभीभीएनले उत्पादक कम्पनीहरूसित बिजुली खोज्न समय लागेकाले बुधबार १५ मेगावाटमात्र ...
  • अब अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पनि सरकारले लोडसेडिङ गर्ने Feb 17, 2016 ArthatantraElectricity
    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रका उद्योग, कलकारखाना, अस्पताल, नरसिंह होम लगायतलाई उपलब्ध गराउँदै सेवामा कटौती गर्ने भएपछि यी क्षेत्रमा पनि अन्य क्षेत्रमा जस्तै लोडसेडिङ हुने भएकोछ । चरम लोडसेडिङको समयमा प्राधिकरणले ती संस्थालाई उपलब्ध गराएको डेडिकेटेड फिडर केही समयका लागि काट्ने भएपछि ती क्षेत्रले पनि फागुन ११ गतेदेखि अन्य क्षेत्र सरह लोडसेडिङ भोग्नुपर्ने जनाएको छ। यसअघि विद्युत महसुल निर्धारण आयोगले ...
  • नेपालले किन्यो भारतसँग प्रति युनिट ७ रुपैयाँमा बिजुली Feb 16, 2016 ArthatantraTransmission line
    काठमाण्डौं । भारतसँग गरेको सम्झौता अनुसार मुज्जफुर–ढल्केवर प्रसारण लाईन मार्फत् नेपालले भारतसँग प्रति युनिट ७ रुपैयाँमा ८० मेगावाट बिजुली किन्ने भएकोछ । यसरी किनिएको बिजुली भोलिदेखि उपलब्ध हुनेछ । दुईदेशबीच भएको व्यापार सम्झौता अनुसार प्रति युनिट भारु ३.४४ अर्थात साढे पाँच रुपैयाँ रहेको छ। त्यसमा प्रसारण लाइन शुल्क प्रति युनिट १.५३ रुपैयाँ जोड्दा बिजुली प्रति युनिट ७ रुपैयाँ पर्ने भएको हो। नेपाल ...