Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • यी हुन् तेल र ग्यास बेचेर अर्वपति भएकी मोडेल Feb 15, 2016 ArthatantraArbapati
    काठमाडौं । कुनैबेला मोडलिङमा चर्चित एउटी एकल महिला हाल विश्वकै धनाढ्य बनेकी छन् । पहिले आफ्नै पेसाबाट नाम र दाम कमाएकी तिनले श्रीमान्को निधनपछि पनि त्यसलाई निरन्तरता दिएकी छन् । पहिले एउटा मात्रै पेसा थियो उनको । पछि विवाहपछि अर्को पेसाप्रति उनी आकर्षित भइन् । अझ श्रीमान्को निधनपछि उनको काँधमा आएको जिम्मेवारी तेल र ग्यास कम्पनी सञ्चालन ‘वेल म्यानेज’ का साथ ...
  • नेपाल–भारतबीच विद्युत खरिद गर्ने सम्झौता Feb 15, 2016 ArthatantraNepal bharat Electricity
    काठमाडौं । नेपाल विद्युत प्राधिकरण र एनभिभिएनबीच ८० मेगावाट विद्युत खरिद गर्ने सम्झौता भएको छ । ढल्केबर मुजफ्फरपुर अन्तर्देशीय प्रशारण लाइनबाट आयात गर्ने गरी प्रतियूनिट ३ रुपैयाँ ४४ पैसा भारतीय रुपैयाँ अर्थात् ५ रुपैयाँ ५० पैसामा उक्त विद्युत उर्जा खरिद गरिने सहमती भएको हो। नेपालसँग विद्युत व्यापार गर्न भारतले नियुक्त गरेको नोडल एजेन्सी एनपीटीसी मार्फत विद्युत आयात गर्ने निर्णय कार्यन्वयन गर्न ...
  • अब उपत्यकामा फोहोरबाट बिजुली ? Feb 15, 2016 ArthatantraGarbage of Kathamndu City
    काठमाण्डौं । काठमाडौं महानगरपालिकाले नगरवासीबाट दैनिक रुपमा निस्कने फोहोरबाट आगामी ३ महिनाभित्र १४ किलोवाट विजुली निकाल्न लागिएको जानकारी दिएकोछ । टेकु ट्रान्सफर स्टेसनमा संकलित फोहोरबाट विजुली उत्पादनको तयारी अन्तिम चरणमा पुगेको महानगरका वातावरण व्यवस्थापन विभागले जानकारी दिएकोछ । काठमाडौं महानगरपालिकाले युरोपियन युनियनको सहयोगमा फोहोरबाट विजुली निकाल्न लागेको हो । युरोपियन युनियनको ८० प्रतिशत र महानगरको २० प्रतिशत लगानी रहेको यस कामका ...
  • शुक्रबारबाट लोडसेडिङ कम हुने Feb 15, 2016 ArthatantraElectricity
    काठमाण्डौं । भारतले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८० मेगावाट बिजुली दिएपछि लोडसेडिङ करिब दुई घन्टा कम हुने भएको छ। उक्त परिमाणको बिजुली ल्याउनेबारे सोमबार नेपाल विद्युत प्राधिकरण र भारतको एनटिपिसी विद्युत व्यापार निगम लिमिटेडबीच सम्झौता हुँदैछ। आगामी शुक्रबार (फागुन ७ गते) प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ दिल्लीबाटै रिमोट कन्ट्रोलको (स्विच अन) गरेपछि ८० मेगावाट नेपाल बिजुली आउनेछ। उक्त परिमाणको बिजुली आएपछि ...
  • नेपालले इन्धनमाथिको निर्भरता ५० प्रतिशतले घटाउने Feb 14, 2016 Arthatantra
    काठमाण्डौं । नेपालले सन् २०५० सम्ममा डिजेल, पेट्रोल, दाउरालगायत इन्धनमाथिको निर्भरता ५० प्रतिशतले घटाउने योजना राष्ट्रसंघसमक्ष बुझाएको छ । सोलार प्लान्ट, माइक्रो हाइड्रो तथा सुधारिएको चुलोमार्फत तापीय ऊर्जाको प्रयोग घटाउने लिखित कार्यक्रम र प्रतिबद्धता नेपालले बुझाएको हो । जलवायु परिवर्तनका असर र प्रभाव कम गर्न विश्वले आआफ्नो प्रतिबद्धता र कार्यक्रम सार्वजनिक गर्ने क्रममा नेपालले मिनी र माइक्रो हाइड्रोबाट २५ मेगावाट, छ लाख ...
  • मधेश आन्दोलन : विद्युतमा सरकारलाई प्रति महिना साढे दुई करोड घाटा Feb 14, 2016 ArthatantraElectricity
    जनकपुरधाम । बन्द, हडताल र मधेस आन्दोलनको मौका छोपी विद्युत् पोलबाट हुकिङ गरी विद्युत् चोरी बढ्दा विद्युत् प्राधिकरणलाई प्रतिमहिना रु दुई करोड ५० लाख घाटा लागेको छ । प्रतिमहिना ७५ लाख युनिट विद्युत् खपत हुने धनुषा जिल्लामा हुकिङबाट विद्युत् चोरी गर्नेको सङ्ख्या बढ्दै गएपछि प्रतिमहिना ३५ लाख युनिट विद्युत् चुहावट हुने गरेको नेपाल विद्युत् प्राधिकरण वितरण शाखा जनकपुरले जनाएको छ । मधेस ...
  • बैंकबाट ऋण लिने उपभोक्ता नै भएनन् Feb 14, 2016 Arthatantrabank
    काठमाण्डौं । लोडसेडिङबाट वाक्क भएका जनतालाई राहत दिन सरकारले बिजुली पुगेका क्षेत्रमा २।२५ प्रतिशत सहुलियत ब्याजदरमा बिनाधितो सोलार जडानका लागि दिएको ऋण लिने उपभोक्ता फेला पार्न नसकेको बैंकले जनाएको छ । सहरी क्षेत्रमा सोलारका लागि अहिले ४ वटा बैंक सिभिल, एनएमबी, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकले यस्तो ऋण दिइरहेको छन् । बैंकहरुले घरमा जोडिने सोलार नै धितो राखेर यस्तो कर्जा दिन्छन् ...
  • उपत्यकाभित्र विद्युत्तीय बस सञ्चालनको तयारी Feb 14, 2016 Arthatantraelectricity bus
    काठमाडौं। सरकारले काठमाडौं उपत्यकाभित्र विद्युत्तीय बस सञ्चालनका लागि पहल सुरु गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यसको पहल सुरु गरेको हो । इन्धनबाट मात्र चल्ने बसका कारण इन्धनको बढी खपत हुने गरेका कारण सरकारले विद्युत्तबाट चल्ने बस चलाउने तयारी गरेको हो । उपत्यकाभित्र विद्युत्तीय बस सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न मन्त्रालयले चीन सरकारलाई औपचारिक रुपमा आग्रह गरेको छ । ...
  • एक वर्षमा लोडसेडिङ कम गर्ने सरकारको योजना Feb 13, 2016 ArthatantraTransmission line
    काठमाडौं । सरकारले एक वर्षभित्र ६ सय मेगावाट विद्युत् थप गरी लोडसेडिङलाई उल्लेखनीय रूपमा कम गर्ने योजना अघि सारेको छ । आगामी वर्षभित्र स्वदेशका दुई सय, नेपाल–भारत अन्तर्देशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरबाट दुई सय र अन्य बिन्दुबाट दुई सय गरी थप ६ सय मेगावाट विद्युत् नेपालको प्रणालीमा आबद्ध गर्ने तयारी सरकारले गरेको हो । आगामी वर्ष नेपालमा जम्मा एक हजार चार ...
  • फागुनबाट भारतसँग ८० मेगावाट विद्युत किन्दै नेपाल Feb 10, 2016 ArthatantraTransmission line
    काठमाडौं । ढल्केबर-मुजफरपुर ४०० केभिए प्रसारण लाइनको निर्माण सकिएपछि फागुन १ गतेबाट ८० मेगावाट बिजुली नेपालले किन्ने भएकोछ । यो प्रसारण लाइनबाट सुरुमा ८० मेगावाट र केहीसमय पछि थप ९० मेगावाटको हाराहारीमा बिजुली ल्याउने सरकारी योजना छ। पहिलो एक हप्ता परीक्षणका रुपमा यो प्रसारण लाइनमार्फत भारतले नेपाललाई बिजुली दिन लागेको हो भने त्यसपछि नियमित रुपमा ८० मेगावाट बिजुली यही प्रसारण लाइनबाट नेपालमा ...