Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • कुलमान घिसिङ भन्छन्ः उर्जामन्त्री र सचिवसँग मिलेर एक ढिक्का भएर काम गर… Aug 29, 2017 ArthatantraKulman Ghising, Nepal Electricity Authority
    काठमाडौ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जामन्त्री महेन्द्रबहादुर शाही र सचिव अनुपकुमार उपाध्यायसँगको आफ्नो सम्बन्धलाई लिएर प्रकाशित भएको भ्रामक समाचारको खण्डन गरेका छन् । घिसिङले मंगलबार एक विज्ञप्ति प्रकाशित उक्त समाचारमा कुनै सत्यता नरहेको जनाएका छन्। हेर्नुहोस् प्रेस विज्ञप्ति विभिन्न सञ्चार माध्यमा माननीय ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही,अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मलाई जोडी संप्रेषित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । ...
  • सेयरधनीले पाउँदै हुनुहुन्छ १०% बोनस,बोनसपछि फेरी ३०% हकप्रद ! Aug 28, 2017 Arthatantrabonus share
    काठमाडौ । ङादी ग्रुप पावरले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले १० प्रतिशत बोनस दिएपछि कायम हुने चुक्ता पुँजीमा फेरि ३० प्रतिशत हकप्रद जारी गर्नेछ । कम्पनीको आजै(सोमबार) बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३५ नगद लाभांश दिने निर्णय गरेको हो । बैठकले बोनस दिइसकेपछि कायम हुने चुक्ता ...
  • तामाकोसीको आईपीओ निष्काशन हुँदै,पढ्नुहोस् ! Aug 27, 2017 ArthatantraTamakoshi1
    काठमाडौ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा सर्वसाधारणका लागि छुट्ट्याइएको १५ प्रतिशत सेयर आगामी चैतमा निष्काशन हुने भएको छ । आयोजना निर्माण गर्न गठन भएको अप्पर तामाकोसी हाइड्रो पावर कम्पनी लिमिटेडले सेयर निष्काशनको तयारी थालेको हो । स्थानीयलाई छुट्ट्याइएको सेयर वितरणपछि सर्वसाधारणका लागि निष्काशन गर्ने कम्पनीको योजना छ । स्थानीयलाई बाँडफाँड गरेको एक सातापछि सर्वसाधारणलाई निष्काशन गरिने आयोजनाका ...
  • रक्सौल–परवानीपुर प्रसारण लाइन उदघाटनः उद्योगी उत्साहित Aug 26, 2017 ArthatantraElectric
    वीरगञ्ज। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले रक्सौल–परवानीपुर र कुशहा कटैया अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गरेपछि विद्युत् कटौतीको भार खेपिरहेका वीरगञ्ज–परवानीपुर औद्योगिक करिडोरका उद्योगी व्यवसायी उत्साहित भएका छन् । वीरगञ्ज औद्योगिक करिडोरलाई पूर्णरुपमा विद्युत्भार कटौती गर्ने लक्ष्यका साथ प्रसारण लाइन सञ्चालन भएपछि उद्योगको उत्पादन पुनःसञ्चालन भएको उद्योगी व्यापारी बताउँछन् । विद्युत् अभावका कारण ...
  • प्राधिकरण र टेलिकमबीच माथिल्लो त्रिशूली थ्रि ‘बी’ को पिपिए Aug 24, 2017 ArthatantraHydro Trisuli Galchhi
    काठमाडौ । नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्रि ‘बी’ जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । प्राधिकरण र आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनीबीच गत मंगलबार पीपीएमा हस्ताक्षर भएको हो । प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले हस्ताक्षर गरेका थिए । सम्झौता ...
  • विद्युत् प्राधिकरण र पिपल्स पावरबीच पिपिए,करोडौंको आईपीओ निष्काशनबारे … Aug 22, 2017 Arthatantrapeoples power
    काठमाडौ। नेपाल विद्युत् प्राधिकरण र पिपल्स पावर लिमिटेडबीच विद्युत् खरिद सम्झौता(पिपिए )भएको छ । प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक जगदीश्वरमान सिंह र प्रवद्र्धकका तर्फबाट कम्पनीका प्रबन्ध संचालक भरतबहाुर खत्रीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । पिपुल्स पावर लिमिटेडको प्रबद्र्धनमा निर्माणाधिन ४.९६ मेगावाट क्षमताको पुवा–२ जलबिद्युत आयोजनाको बिद्युत् खरिद सम्झौता(पिपिए ) भएको हो । उक्त आयोजना इलामको माईपोखरी र साखेजुङ क्षेत्रमा पर्दछ ...
  • तामाकोशी आयोजनाको निर्माणमा किन ढिलाई ? Aug 21, 2017 ArthatantraTamakoshi1
    काठमाडौ । चारसय पैसठ्ठी मेगावाट क्षमताको दोलखाको लामाबगरमा निर्माण भइरहेको बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य वर्षाका कारण ढिलाइ हुने भएकोे छ । डलरको भाउमा आएको उत्तारचडाव, वर्षा र लामोसाँघु जिरी सडकको स्तरोन्नतिका कारण भएको ढिलाइले आयोजनाको लागत झण्डै सात अर्ब बढ्ने समेत अनुमान गरिएको छ । गत आव ०७३/७४को असार मसान्तसम्ममा आयोजनाले ९४ प्रतिशत काम सम्पन्न गरिसक्नुपर्ने लक्ष्य राखे ...
  • आयल निगमको जग्गा खरिदको बोलपत्रमै ठूलो चलखेल Aug 19, 2017 Arthatantraoil coorporation
    काठमाडौँ । नेपाल आयल निगमले जग्गा खरिदको बोलपत्र निकाल्दा ३ जग्गाधनीले बोलपत्र पेश गरे। त्यसमध्ये २ जनाको बोलपत्र मात्रै स्विकृत भयो। न्यूनतम दररेट प्रस्तुत गर्नेले प्रतिकट्ठा १३ लाख ५१ हजार रुपैंया प्रस्ताव गरेको थियो भने अर्कोले १६ लाख ३० हजार रुपैंया। मिलेमतोमा पेश गरिएको बोलपत्रलाई स्विकृत गरी २३ विगाहा ३ कट्ठा १३ धुर जग्गा झापामा खरिद भयो । न्यूनतम कबुल्नेसग १५ ...
  • अरुण भ्यालि हाईड्रोपावरले घोषणा गर्यो लाभांश,साधारण सभा हुँदै Aug 17, 2017 Arthatantrabonus
    काठमाडौ । अरुण भ्याली हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश दिने भएको छ । लाभांश दिने प्रस्ताव कम्पनीले भदौ ३० गते हुने वार्षिक साधारण सभामा पेस गर्दैछ । साधारण सभा गर्न कम्पनीले भदौ ९ देखि १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । अतः बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र लाभांश पाउने ...
  • हाईड्रोको ६ करोड ३३ लाखको आईपिओ निष्काशनबारे जानकारी राख्नुहोस् ! Aug 16, 2017 Arthatantraipo Demand
    काठमाडौ । युनियन हाइड्रोपावर लिमिटेडले ६ लाख ३३ हजार ७४५ कित्ता आइपीओ निष्काशनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । हाइड्रोले साउन २९ गते बोर्डसँग अनुमति माग गरेको हो । युनियनको प्रतिकित्ता १०० रुपैयाँ दरको ६ करोड ३३ लाख ७४ हजार ५ सय रुपैंयाको सेयर निष्काशनको माग गरेको हो । आइपीओमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । युनियनले लमजुङ ...