Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
उर्जा
  • रामशरण महतलाई उत्कृष्ट अर… Jan 4, 2016 ArthatantraDr.Ramsharan mahat
    काठमाडौं- पूर्व अर्थमन्त्री रामशरण महतलाई उत्कृष्ट अर्थमन्त्रीको उपाधि प्राप्त भएको छ। लण्डनस्थित द फाइनान्सियल टाइमको सहप्रकाशन द बैंकरले प्रत्येक बर्ष दिदै आएको यो पुरस्कार यसपटक महतलाई प्रदान गर्ने घोषणा गरेको हो । पत्रिकाको आफ्नो ९० औं वार्षिकोत्सवका अवसरमा विश्वभरका बैंकर तथा अर्थशास्त्रीहरुबीच सर्बेक्षण गरी द बैंकरले महतलाई एसिया प्रशान्त क्षेत्रका मुलुकहरुमध्ये उत्कृष्ठ अर्थमन्त्री र समग्र विश्व क्याटेगोरीमा पनि उत्कृष्ठ अर्थमन्त्री घोषणा ...
  • ऊर्जामा स्वाभिमानको खोजी Dec 28, 2015 Arthatantrapariyar
    विनाशकारी भूकम्पले बनाएको घाउ सुक्न नपाउँदै भारतको अघोषित नाकाबन्दीले पेट्रोलियम पदार्थको अभावको असर त सबैले भोगिरहेका छौं । पानीजहाजबाट कोलकाता हुँदै वीरगन्ज नाकाबाट नेपाल भित्रिन नसक्दा अर्बौं रुपैयाँबराबरको सामान अलपत्र पर्नु, ऊर्जामा गरिब मुलुकलाई बिरालोले मुसो खेलाएजस्तो खेलाइरहेको नमीठो यथार्थ र आक्रोशसँगै सबैको चाडबाड गुज्रियो । समस्या राजनीतिक वा आर्थिक, राष्ट्रिय वा अन्तर्राष्ट्रिय जे होस्, अनुसन्धानको विषय हुन सक्छ तर ...
  • मलेखुमा माछा महोत्सव सुरु … Dec 24, 2015 Arthatantramachha mahotsab
    धादिङ  । माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा बिहिबारदेखि माछा महोत्सव सुरु भएको छ । धादिङको मलेखु रिचोकटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार औपचारिक उद्घाटन गरेपश्चात महोत्सव सुरुवात हुनेछ । नेपाल राष्ट्रिय वाणिज्य आयोजनामा हुने महोत्सव लाई राष्ट्रिय व्यापार मेला तथा माछा महोत्सव–२०७२ नाम दिईएको छ । पुस ९ देखि १९ गतेसम्म आयोजना हुने महोत्सवमा कृषि, घरेलु उद्योग, जलस्रोत र ...
  • कुलेखानी जलाधार क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा व्यवस्थापन गर्न अन… Dec 22, 2015 Arthatantrakulekhani
    रुपक कालिराज पालुङ / कुलेखानी जलाधार क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा व्यवस्थापन गर्ने सम्बन्धमा एक दिने अन्तक्रिया कार्याक्रम सम्पन्न भएको छ । थाहा नगरपालिकाको सभाहल विकास घरमा सोमबार थाहा जिल्ला भु संरक्षण कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा कुलेखानी जलाधार क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा व्यवस्थापन गर्ने गरि संरक्षित क्षेत्र घोषणा गर्न नेपाल सरकारलाई अनुरोध गर्ने र जलाधार क्षेत्रलाई व्यवस्थापन गर्न नौ वटा उप जलाधार क्षेत्रहरु ...
  • राजधानीका अधिकाँश ट्रान्… Dec 3, 2015 Arthatantrapower_transformers
    काठमाडौं । ग्याँस अभावका कारण खाना पकाउन राइस कुकर र इन्डक्सन चुलो प्रयोग गर्ने क्रमसँगै विद्युत आपूर्तिमा समस्या देखिएको छ । अझ भनौं विद्युत्को कटौती बढिरहेको छ । खाना पकाउने एकै समय एकै पटक राईस कुकर र इन्डक्सन चुलोको प्रयोग, बढी बिजुली खपत हुँदा ट्रान्फरमर तथा कन्डक्टर जल्ने क्रम बढेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए । उनले भने, ...
  • दोलखामा तामाकोशी प्रभाव, स… Dec 2, 2015 Arthatantratamakosi
    काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशी हाइड्रोपावर आफु मात्र बनिरहेको छैन, त्यस भेगमा तिन सय मेगावाट भन्दा बढि क्षमताका दर्जन परियोजनाका लागि समेत बाटो खुला गरेको छ । तामाकोशी निर्माण स्थलसम्म बनाइएको सडकका कारण थप आयोजनाका लागि अवसर सिर्जना भएको हो । त्यस बाहेक उक्त आयोजना उत्तरी दोलखामा व्यवसायिक वातावरण र कृषि उत्पादन बृद्धिका लागि कोशेढुङ्गा सावित भएको छ । ...
  • आन्तरिक विवादमा बैकल्पिक … Dec 2, 2015 Arthatantrabaikalpik urja
    काठमाडौं । भारतीय नकाबन्दीका कारण सबै प्रकारका इन्धनको अभाव चुलिएको छ । ग्यास, मट्टीतेलको अभावका बेला लोडेडिङपनि बढेकाले उपभोक्तालाई हैरानी छ । यस्तो बेला देशले आश गरेको एक मात्र विकल्प बैकल्पिक उर्जा हो । सरकारले जनतालाई राहत दिन भन्दै श्वेतपत्रमार्फत पनि बैकल्पिक उर्जालाई प्रवर्द्धन गर्ने घोषणा गरेको छ । तर, देशमा बैकल्पिक उर्जालाई उकास्ने जिम्मा पाएको एकमात्र सरकारी निकाय बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र ...
  • घरमै यसरी बनाउन सकिन्छ, ‘… Dec 2, 2015 Arthatantraurja 1
    काठमाडौं । मुलुक इन्धन र खाना पकाउने ग्यासको चरम अभावमा रहेका बेला यहाँका एक युवकले वनस्पतिबाट खाना पकाउने ग्यास उत्पादन गरेका छन् । करापुटार नगरपालिकास्थित लक्ष्मीबजारका २५ वर्षीय रदी मियाँले स्थानीयस्तरमा पाइने सालधुप, खिर्राको चोप, बाँसको पानी, प्रशोधित पानी र खाने सोडा प्रयोग गरी ग्यास उत्पादन गरेका हुन् । ग्यास उत्पादनमा सफल भएको जिकिर गर्दै रदी भन्छन्न्,‘मैले उत्पादन गरेर चिया पनि पकाएँ, यसले ...
  • इन्धन गाडी विस्थापन गर्न च… Dec 2, 2015 Arthatantraelectric_cars china
    काठमाडौं । भारतले गरेको नाकाबन्दीको विकल्प खोज्दै चिन पुगेको नेपाली टोलिसामु इन्धन गाडी विस्थापन गर्न चिनले नयाँ प्रस्ताव गरेको छ। इन्धनको कुनै दुःख नभएका अमेरिका र हङकङजस्ता सहर छिट्टै विद्युत्तीय सवारीसाधन पूर्णतः प्रयोग गर्ने चरणमा प्रवेश गर्दै छन् । हङकङपारिका पहिलो अत्याधुनिक चिनियाँ सहर सेञ्जेनलाई पनि अबको दुई वर्षभित्र धूँवामुक्त गराइँदै छ । तर काठमाडौं खाल्डो न व्यवस्थित सडक , न ...
  • खेलकुद मन्त्री पुरूषोत्त… Oct 1, 2015 Arthatantrachamp
    नेकपा एमालेबाट सरकारमा सहभागी भएका खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले पदबाट राजीनामा दिएका छन्। मन्त्रीले आज राजीनामा दिएका हुन्।  यस्तै उर्जामन्त्री राधा ज्ञवालीलाई पनि प्रधानमन्त्री सुशिल कोइरालाले अख्तियारले कारबाीह गर्ने भएकाले एमाले अध्यक्ष केपी ओलीलाई मन्त्री फिर्ता बोलाउन आग्रह गरेका थिए।