Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • चारवटा नाकाबाट नेपाल–चीनबीच क्रस–बोर्डर ट्रान्समिसन लाइन निर्माण Aug 4, 2017 ArthatantraTransmission Tower
    काठमाडौ । चारवटा नाकाबाट नेपाल–चीनबीच क्रस–बोर्डर ट्रान्समिसन लाइन निर्माण हुने भएको छ । ऊर्जा मन्त्रालयले रसुवागढी–केरुङ, तातोपानी–खासा, कोराला–तिब्बत र किमाथान्का–चेन्ताङ नाकाबाट अन्तरदेशीय ४०० केभी ट्रान्समिसन लाइन निर्माण गर्ने भएको हो । विद्युत् आयात–निर्यातका लागि चीनसँग क्रस–बोर्डर ट्रान्समिसन लाइनका लागि दुई देशबीच समझदारीपत्र (एमओयू)को मस्यौदा चीन पठाइएको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए । नेपालका तीन मुख्य नदीहरू सप्तकोसी, सप्तगण्डकी र कर्णालीलाई ...
  • १११ मेगावाट क्षमताको हाईड्रोले सेयर जारी गर्ने Aug 3, 2017 Arthatantraviewer_icon hydro share
    काठमाडौ । रसुवागढी हाइड्रोपावर कम्पनी, सर्वसाधारणलाइृ सेयर जारी गर्ने तयारीमा रहेका मध्ये हालसम्मकै दोस्रो ठुला आयोजना बन्ने भएको छ । १ सय ११ मेगावाटको यो आयोजनाले पहिलो चरणमा कम्पनीले ऋणदाता कर्मचारी सञ्चय कोषलाई चुक्ता पुँजीको २४ प्रतिशत अर्थात् १ अर्ब ६४ करोड २१ लाख रुपैयाँ            (१ करोड ६४ लाख कित्ता) सेयर जारी गर्ने भएको हो ...
  • नयाँ व्यवस्थाअनुसार अब त आईपीओमा छुट्नै हुँदैन,करिब ४ करोडको आईपीओ निष… Aug 2, 2017 Arthatantraipo and right share
    काठमाडौ । नेपाल हाइड्रो डेभलपरले साउन २७ गतेदेखि तीन लाख ९० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैंया अंकित मूल्यमा तीन करोड ९० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । कम्पनीको साधारण सेयरमा साउन ३२ गतेसम्म आवेदन गर्न सकिन्छ ।आइपीओमा न्यूनतम ५० ...
  • बल्ल ६ वर्षपछि नेपाल–भारत विद्युत आदानप्रदान बैठक Aug 1, 2017 ArthatantraPower-Exchange-Meeting-
    काठमाडौ । नेपाल विद्युत प्राधिकरणले भारतका दर्जन विन्दुबाट आयात गर्ने विजुलीको परिमाण र मूल्य तोक्ने ‘नेपाल–भारत विद्युत आदानप्रदान समिति’को बैठक ६ वर्षपछि बस्न लागेको छ । भारतले नै पत्राचार गरेपछि बैठक बस्ने टुंगो लागेको हो । प्राधिकरणले निरन्तर ताकेता गर्दै आए पनि यसअघि भारतीय पक्षले बैठक राख्न बेवास्ता गर्दै आएको थियो । भारतको केन्द्रीय विद्युत प्राधिकरणले साउन २५ गते (अगष्ट ९, ...
  • माथिल्लो त्रिशुली थ्री ए जलविद्युत निर्माण पुनः सुरु Jul 30, 2017 ArthatantraHydro Trisuli Galchhi
    नुवाकोट। भूकम्पले क्षति पुर्याएपछि अन्योल रहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण गर्न ठेकेदार पक्ष चिनियाँ गेजुवा ग्रुप अफ कम्पनी काममा फर्किएको छ । आयोजनाको बाँध क्षेत्र नुवाकोटको मनकामनास्थित फालेटारमा ठेकेदार कम्पनीले विज्ञसहितको प्रारम्भिक जाँच र अध्ययनको काम शुरु गरेको छ । कम्पनीले क्षतिको जाँच एवं परीक्षणको काम जलविद्युत् आयोजनामा अत्यन्त संवेदनशील क्षेत्र मानिने बाँधस्थलबाट काम शुरु गरेको आयोजना प्रमुख फणीन्द्रराज ...
  • बिजुली किन्न नेपालसँग जीएमआरको गुहार Jul 28, 2017 ArthatantraSuggestion share electricity
     काठमाडौं । माथिल्लो कर्णालीको लाइसेन्स लिएर ‘अध्ययन गरिरहेको’ भारतीय कम्पनी जीएमआरले १० वर्षअघि अनुमतिपत्र लिएको माथिल्लो मर्स्याङ्दी–२ (६०० मेगावाट) जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली खरिद गरिदिन नेपाललाई गुहारेको छ । सम्पूर्ण अध्ययन सकी दुई वर्षअघि ऊर्जा मन्त्रालयमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बुझाइसकेको जीएमआरको सहायक कम्पनी हिमताल हाइड्रोपावर कम्पनीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई असार १९ मा पत्र लेखी बिजुली खरिदसम्बन्धी ...
  • बुढीगण्डकी परियोजनाले तोकिएको समयमा काम गर्न नसके सम्झौता रद्द हुने Jul 27, 2017 ArthatantraBudhi Gandaki Hydro
    काठमाडौ । नवनियुक्त उर्जामन्त्री महेन्द्र बहादुर शाहीले बुढीगण्डकी जलविद्युत परियोजनाले सन्तोषजनक र समयमै काम गर्न नसके सम्झौता रद्द गर्ने चेतावनी दिएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा शुभकामना र संक्षिप्त अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै मन्त्री शाहीले बुढीगण्डकी परियोजना निर्माण कम्पनीले समयमै काम गर्न नसके उक्त सम्झौता रद्द गर्ने बताएका हुन् । उनले भने,‘सम्झौता भए अनुसार समयसिमाभित्रै काम गर्न ...
  • ११३६ मेगावाट विद्युत् उत्पादन गर्न ३७ आयोजनालाई अनुमति,पढ्नुहोस् कुन–क… Jul 26, 2017 ArthatantraHydro Trisuli Galchhi Propose instank
    काठमाडौ। सरकारले आर्थिक वर्ष २०७३/७४ मा ३७ वटा जलविद्युत् आयोजनालाई निर्माणका लागि अनुमतिपत्र प्रदान गरेको छ । ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म तीन हजार ६८४ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादनका लागि अनुमतिपत्र दिएको छ । आव २०७३/७४ मा अनुमतिपत्र पाएका आयोजनाको क्षमता एक हजार १३६ मेगावाट रहेको छ । गत आवको प्रारम्भमा बेत्रावती हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गर्न लागेको ...
  • आगामि हिउँदमा लोडसेडिङ हुने,कारण के–के? Jul 25, 2017 ArthatantraElectricity
    काठमाडौ। आगामी हिउँदमा मुलुकमा लोडसेडिङ हुने सम्भावना बढेको छ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । बिजुलीको किफायती प्रयोगका लागि कार्यान्वयनमा ल्याउन लागिएको ऊर्जा दक्षता कार्यक्रम, २५ मेगावाटको ग्रिड सोलार कार्यक्रम रोकिएका छन् । भारतबाट थप बिजुली आयातका लागि आवश्यक ढल्केबर सबस्टेसनको कामसमेत रोकिएको छ ...
  • सानिमाको शतप्रतिशत हकप्रद निष्काशनबारे जान्नुहोस् ! Jul 23, 2017 ArthatantraShare rights
    काठमाडौ । सानिमा माई हाइड्रोपावर लिमिटेडले आगामी साउन २९ गते शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको छ । कम्पनीले मंगलबारसम्म १५ दिने सुचना जारी गरी सेयर निष्काशन गर्न लागेको हो । १ बराबर १ अनुपातमा १ अर्ब ५ करोड ५० लाख रुपैयाँ बराबरको सय रुपैयाँ अंकित १ करोड ५ लाख ५० हजार कित्ता सेयर निष्काशन गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवर्णदास ...