Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, वैशाख १७ , २०७४  |  
Sunday, April 30, 2017
कर्पोरेट
  • हाम्रो पुरै प्यानलले महासंघको चुनाव जित्छ ! Mar 26, 2017 Arthatantraumesh-Lal Shrestha
    ४० वर्षको व्यवसायीक अनुभव र ९ वर्ष नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा रहेर कार्य गरिसकेका उमेशलाल श्रेष्ठले आगामि नयाँ कार्यकारिणी समितिको निर्वाचनमा बरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छा समूहबाट वस्तुगत उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । हाल महासंघको उद्योग समितिको सभापतिसमेत रहेका श्रेष्ठ उद्योगी व्यवसायीको समस्या समाधान गर्दै आर्थिक समृद्धिका लागि अगाडि बढ्ने योजना सहित आफूले उम्मेदवारी दिएको दाबी गर्छन् । ...
  • के तपाई आफ्नै व्यवसाय गर्न चाहनुहुन्छ ? यो मौका सुनौलो हुन सक्छ Mar 19, 2017 ArthatantraWeb
    काठमाण्डौं । उद्यमशिलता विकासका लागि समर्पित अनलाइन प्लाटफर्म स्टार्टअप्स नेपालले व्यवसाय गर्न इच्छुक व्यक्तिहरुका लागि अवसर ल्याएको छ । यसका लागि स्टार्टअप्स नेपालले सीपमूलक कार्यक्रम महिला केन्द्रित संस्करण उद्यमी सीड् क्यम्प् आयोजना गर्ने भएको हो । पाँच दिने उक्त कार्यक्रममा नव उद्यमीहरूले व्यवसाय निर्माणको बारेमा सिक्न, नेटवर्किंङ गर्न र आफ्नो उद्यमको सुरुवात गर्न आवश्यक लगानी सुरक्षित गर्ने सहयोग पुग्ने बताइएकोछ । कार्यक्रममा ...
  • प्राधिकरण भन्छ,बिद्युत् आपूर्तिमा यसरी भयो समस्या ! Jan 8, 2017 ArthatantraTransmission line
    काठमाडौ। नेपाल विद्युत् प्राधिकरणको स्युचाटार सव स्टेसनमा समस्या उत्पन्न भएका कारण राजधानीको केही स्थान र काभ्रेपलान्चोकको बनेपालगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनपुग्यो । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले स्युचाटारमा जडित १३२/६६ केभी प्रसारण लाइनले प्रवाह गर्ने ३६ एमभीए क्षमताको ट्रान्सफर्मरको बुकोल्ज रिलेमा अचानक प्राविधिक गडबडीले समस्या उत्पन्न भएको जानकारी दिएका छन् । प्राधिकरणको प्राविधिक टोली समस्या समाधानमा जुटिरहेको जानकारी दिँदै प्रवक्ता अधिकारीले सो ...
  • स्टक ब्रोकर्स एसोसियसन अफ नेपालको अध्यक्षमा पुनः प्रियराज रेग्मी Jan 8, 2017 Arthatantrastock brokers association committee nepal
    काठमाण्डौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा पुनः प्रियराज रेग्मी चुनिएका छन् । संघको शनिबार सम्पन्न साधारण सभाले रेग्मीको अध्यक्षतामा १० सदस्यीय निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । कार्य समितिको उपाध्यक्षमा भरत रानाभाट, महासचिव सन्तोष मैनाली, सचिवमा टंकप्रसाद गौतम र कोषाध्यक्षमा धर्मराज सापकोटा चयन भएका छन् । यसैगरी, समितिका सदस्यहरुमा राजकुमार तिमिल्सिना, बिनोद ढकाल, रमणदेव पन्त, सन्तोष पौडेल र ...
  • वित्तीय संस्थाको सेयर किन्नुभएकोछ ? एकपटक यो पढ्नुहोस् ! Nov 28, 2016 Arthatantramicrofinance
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डमा एक वित्तीय संस्थाले आफ्नो बुक क्लोज गर्ने जानकारी दिएकोछ । यसरी बुक क्लोज गर्ने जानकारी दिने संस्था मेरो माइक्रो फाइनान्स बित्तीय संस्था लिमिटेढ हो । यस संस्थाको ४७औं बोर्ड मिटिङले यस्तो निर्णय गरेको हो । कम्पनीले पुस ४ गतेदेखि १५ गतेसम्मका लागि बुक क्लोज गर्न लागेको हो । पुस १५ गते हुन लागेको साधारण सभाका लागि ...
  • राष्ट्र बैंकले तोक्यो माइक्रोफाइनान्सको ब्याज दर अन्तर, के होला अब ? Nov 24, 2016 Arthatantramicrofinance
    काठमाण्डौं । माइक्रोफाइनान्सलाई राष्ट्र बैंकले सर्वसाधारणलाई ऋण दिँदा लिने र निक्षेप उठाउँदा दिने ब्याजदर अन्तर (स्प्रेड) सात प्रतिशतभन्दा बढी राख्न नपाउने निर्देशन दिएको छ। ‘राष्ट्र बैंकले स्प्रेडदर तोक्नुभन्दा पहिला माइक्रोफाईनान्सले कति प्रतिशतसम्म ब्याज लिने भन्ने कुनै निश्चित मापदण्ड थिएन । यसले गर्दा सर्वसाधारणबाट लिने र उनीहरुलाई दिने ब्याजदर अन्तर ठूलो थियो । यससँगै बाणिज्य बैंकले अब सोझै सर्वसाधारणमा पुगेर स–सानो दरको कर्जा प्रवाह ...
  • एउटा व्यक्तिको सम्पत्ती १२ डलरबाट सुरु भएर २७ विलियन डलर ! Nov 22, 2016 Arthatantrasuccess-story-of-alibaba-founder-jack-ma
    ज्याक माको जन्म सन् १९६४ को अक्टोबर १५ मा भएको थियो । दक्षिणपूर्वीय चीनमा रहेको हाङजोउ भन्ने ठाउँम उनी जन्मिएका थिए । उनका एक दाजु र बहिनी थिए । त्यतिबेला चीन कम्युनिष्ट चाइनाको रुपमा एक्लिएको राज्य थियो । ज्याक माको परिवारसँग आफ्ना लागि खर्च गर्नका लागि केही पैसा पनि थिएन । स्कुल पढ्दा उनी आफ्ना अन्य समकक्षीहरुसँग प्रायः लडाइँ गरिरहन्थे । ...
  • दुई सय प्रतिशतले सवारी किन्नेहरु बढे, कसरी थेग्ला सडकले यो भार ? Nov 20, 2016 Arthatantratraffic
    काठमाण्डौं । आर्थिक बर्ष २०७३/७४ को तीन महिनामा नै २२ अर्व ३६ करोड ३५ लाख रुपैयाँ बराबरको सवारी तथा पाटपुर्जा आयात भएको छ । यो आयात विवरण गत आवको सोही अवधिको तुलनामा १ सय ९३ दशमलव ६१ प्रतिशतले बढेको हो । गत बर्ष ११ अर्व ९४ करोड ३८ लाखको सवारी आयात भएको थियो । सो अवधिमा चीन तथा तेस्रो मुलुकबाट पनि ...
  • आज पाँचौ राष्ट्रिय कर दिवस, चिन्नुहोस् नेपालका ठूला करदातालाई ! Nov 16, 2016 ArthatantraTax vat nepal
    काठमाण्डौं । सरकारले पाँचौं राष्ट्रिय कर दिवसको अवसरमा उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आज राजधानीमा गरेको एक कार्यक्रममा अर्थमन्त्री कृष्णबहादुर महराले उत्कृष्ट करदाताहरुलाई सम्मान गरेका हुन् । व्यक्तिगतरुपमा सबैभन्दा बढी आयकर तिर्नेमा सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शम्शेर जबरा सम्मानित भएका छन् । त्यस्तै सबैभन्दा बढी आयकर तिर्ने कम्पनी सूर्य नेपाल प्रालि भएको छ । सबैभन्दा बढी कर ...
  • नेपाल बैंक नाफा १ अर्ब १६ करोड, प्रति सेयर आम्दानी ७१ रुपैयाँ ७६ पैसा … Nov 15, 2016 ArthatantraNepal Bank
    काठमाण्डौं । बैंक नेपाल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा एक अर्ब १६ करोड खुद नाफा गरेर प्रति सेयर आम्दानी ७१ रुपैयाँ ७६ पैसा कायम गरेको छ । बाणिज्य बैंकहरुमा प्रति सेयर आम्दानीको हिसाबले एभरेष्ट बैंकपछि नेपाल बैंक दोस्रो भएको छ । नेपाल बैंकले यस बर्षको पहिलो त्रैमासमा ब्याज आम्दानीमा झण्डै ७० र संचालन मुनाफामा २६२ प्रतिशतले बढोत्तरी गरेको छ । ...