Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
कर्पोरेट
  • आजै गर्नुहोस् माईक्रोफाइनान्सको १ करोड ६५ लाखको आइपीओमा आवेदन Jan 9, 2018 Arthatantraipo and right share
    काठमाडौ । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले जारी गरेको १ लाख ६५ हजार कित्ता आईपिओको म्याद सकिन लागेको छ । संस्थाले पुस २१ गते शुक्रबारदेखि खुला गरेको साधारण सेयरमा आवेदन गर्ने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले एक करोड ६५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको एक लाख ६५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । कम्पनीले निष्काशन ...
  • सेयर बजारमा विस्तारै हरियाली, अप ट्रेन्डको बजारमा कारोबार सुस्त Jan 8, 2018 Arthatantranepse building
    काठमाडौं। लगातार घटेको बजार पछिल्ला दिनहरुमा विस्तारै बढ्न थालेसंगै लगानीकर्तामा नयाँ आशा पलाउन थालेको छ । हरेक दिनजसो राताम्मै हुने सूचकहरुले रंग फेर्न थाले पछी बजारमा रौनक देखिएको छ । बजार बिस्तारै बढ्न थालेसँगै लगानीकर्ता शेयर बेच्नभन्दा पनि किन्न थालेका छन्। लगानीकर्ताले शेयर डिमान्ड गरिरहेको देखिएपनि बजारमा बेच्ने भने धेरै कम छन्। सोमबारको बजार १२ अंकले उकालो लागेको भए पनि कारोबार ...
  • ४० करोड २७ लाखको हकप्रद बेच्दै एसियन लाईफ, कहिले हुन्छ सुरु ? Jan 8, 2018 Arthatantraright issue share
    काठमाडौ । एशियन लाइफ इन्स्योरेन्सले ४० करोड २७ लाख बराबरको हकप्रद निष्कासन गर्ने भएको छ । ईन्स्योरेन्सले वीमा समितिको निर्देशन अनुसार दुई अर्ब चुक्ता पूँजी पुर्याउने क्रममा ५० प्रतिशत हकप्रद बिक्री गर्न लागेको हो । कम्पनीलाई धितोपत्र बोर्डले उक्त हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआएबीएल क्यापिटल रहेको छ । चालु आर्थिक वर्षको ...
  • नागरिक लगानी कोष अन्यमा सामेल, सेयर बजारमा के हुन्छ असर ? Jan 8, 2018 Arthatantranepse-cit
    काठमाडौ । नागरिक लगानी कोषको समुहगत परिसूचक परिवर्तन भएको छ । फाईनान्स समुहबाट कारोकार भईरहेको नागरिक लगानी कोषलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पुस २३ गते आईतबारदेखि फाइनान्स समूहबाट हटाएको छ । सेयर बजारमा सूचीकृत कम्पनीको कामको प्रकृतिअनुसार विभाजन गरेर समूहगत सूचक निर्माण गर्न कोषलाई फाइनान्स समूहबाट हटाएर अन्य समूहमा समावेश गरिएको नेप्सेले जनाएको छ । नागारिक लगानी कोषलाई फाइनान्स समूहबाट ...
  • ६४ करोडको इन्स्योरेन्सको आइपीओ बजारमा, तोकियो बिक्रि प्रबन्धक Jan 5, 2018 Arthatantrainsurance share stock
    काठमाडौ । युनियन लाइफ इन्स्योरेन्सले ६४ करोड पचास लाख रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने भएको छ । युनियन लाइफले ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिग लिमीटेडलाई निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिक्रि प्रबन्धक तोकिएको कम्पनी विगत एक वर्षदेखि मर्चेण्ट बैकिङ्ग व्यवसाय गर्दै आएको कम्पनी हो । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड ...
  • माइक्रोफाइनान्सको एक लाख ६५ हजार कित्ता आइपीओ बजारमा, यसरी गर्नुहोस आव… Jan 5, 2018 ArthatantraIPO share
    काठमाडौ । ७५ जिल्लाबाटै आस्वा सदस्यमा सहभागि भएका सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन मिल्ने गरी उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले पुस २१ गते शुक्रबारदेखि साधारण सेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले एक करोड ६५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको एक लाख ६५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नति माइक्रोफाइनान्स ...
  • थाहा पाउनुभयो ? बैंकको १ अर्ब ८ करोड रुपैयाको बोनस सेयर बजारमा Jan 4, 2018 ArthatantraBonus-share
    काठमाडौ । नेपाल एसबिआई बैंकले १ अर्ब ८ करोड रुपैया बराबरको बोनस सेयर दिने भएको छ । बैङ्कले १५.४२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार काठमाण्डौमा बसेको बैंकको २४ औं साधारणसभाले कर प्रयोजनको लागि ०.८१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको हो । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ९७ करोड रूपैयाँ छ ...
  • गर्नुहोस कारोबार, नेप्सेमा ५१ लाख ६३ हजार कित्ता नयाँ सेयर थपियो Jan 4, 2018 Arthatantralisted share
    काठमाडौ । नेपाल स्टक एक्सचेन्जमा नयाँ सेयर थपिएको छ । सेञ्चुरी बैंकको ५१ लाख ६३ हजार ९४२ दशमलव ५० कित्ता सेयर विहीबार नेप्सेमा सूचीकृत भएको हो । बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सतर्फको सेयर स्वाप रेसियो अनुपातमा कायम गरि आफ्नो नाममा सूचीकृत गराएको हो । सेञ्चुरी बैंकले गत मंसिर २४ गतेदेखि दुबै संस्थालाई एक्यायर गरि एकीकृत कारोबार सुरु गरेको थियो ...
  • छैन रौनक सेयर बजारमा, फाईनान्स र इन्स्योरेन्समा थोरै सुधार Jan 4, 2018 Arthatantranepse building
    काठमाडौ । बिहिबारपनी सेयर बजारमा सुधार आउने छाँट देखिएको छैन । दिउसोँ १२ बजेसम्म भएको कारोबारमा फाईनान्स, ईन्स्योरेन्स र अन्य बाहेक सबै सूचक रातो देखिएका छन् । फाइनान्समा १.५२ अंक, इन्स्योरेन्समा ५.७३ अंक र अन्य ७.८१ अंकले सुधार आएको भएपनी बाकी सूचकहरु ऋणात्मक नै रहेका छन् । नेप्सेमा १२ बजेसम्म ५ करोड ३५ लाख ५६ हजार रुपैया बराबरको ७०९ कारोबार हुँदा ...
  • नेप्सेमा थपियो दुई करोड ८६ लाख कित्ता सेयर, कस्को कती ? Jan 3, 2018 Arthatantrajust listed shares
    काठमाडौ । मेगा बैंक र मेरो माईक्रोफाइनान्सको दुई करोड ८६ लाख चार हजार २९५ कित्ता सेयर नेप्सेमा सुचिकृत भएको छ । मेगा बैंकको ६५ प्रतिशत हकप्रद तथा मेरो माईक्रोफाइनान्सको ३० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा र बुधबार सूचीकृत भएको हो । बैंकले हकप्रदमा अवितरित भएको सेयर संख्यालाई छाडेर दुई करोड ७९ लाख ४४ हजार २९५ कित्ता हकप्रद सेयर सूचीकृत गराएको ...