Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
कर्पोरेट
  • बैंकले जारी गर्दैछ १ करोड ३ लाख कित्ता सेयर, धितोपत्र बोर्डले दियो स्व… Oct 6, 2016 Arthatantrashare
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले जनता बैंकले ५० प्रतिशत हकप्रद जारी गर्न गरेको प्रस्ताव स्वीकृत गरेको छ । बोर्डले जनता बैंकद्धारा प्रस्तावित एक करोड तीन लाख कित्ता हकप्रदको हिजो असोज १९ गते स्वीकृत गरेको हो । बैंकले गत आर्थिक बर्षमा साढे बत्तिस करोड खुद नाफा गरेकोछ । यसको प्रति सेयर आम्दानी १५ कायम छ भने अघिल्लो आर्थिक बर्षमा साढे १७ करोड ...
  • १ सय ३० करोड नयाँ नोट बाँडिसकेको राष्ट्र बैंकले शुक्रबारसम्म कति बाँड्… Oct 5, 2016 Arthatantranepali money nepali rupees
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकको थापाथली शाखाले ३ दिनमै सर्वसाधारणलाई १ अर्ब ३० करोड रुपैयाँ नयाँ नोट बाँडेको छ । आगामी शुक्रबारसम्म सर्वसाधारणलाई नयाँ नोट बाँडिने राष्ट्र बैंकले जनाएकोछ । गत आइतबारदेखि राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट बाँड्न थालेको थियो । बैंकको थापाथली शाखाबाट मात्रै ३ दिनमा १ अर्ब ३० करोड नयाँ नोट बाँडिएको हो । राष्ट्र बैंकले यसअघिनै बैंक तथा ...
  • सरकारी मापदण्ड नपु¥याएपछि… Oct 2, 2016 Arthatantraclosed
    काठमाण्डौं । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहिन सिमेन्ट उत्पादन गरेको आरोपमा बाँके जिल्लाका बागेश्वरी र जय मङ्गलम सिमेन्ट उद्योगका इजाजतपत्र निलम्बन गरेको छ । विभागले उद्योगले उत्पादन गरी बजारमा पठाएको सिमेन्टको नमुना  परीक्षण गर्दा सरकारले तोकेको मापदण्डभन्दा फरक भएकाले ती उद्योगका सिमेन्ट बिक्री–वितरणमा रोक लगाएको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार बोर्ड बैठकले उद्योगले उपभोक्तालाई गुणस्तरहीन सिमेन्ट बिक्री गरेकाले इजाजत ...
  • पाल्पाका एक युवाको सफलताक… Oct 2, 2016 Arthatantragoogle-homepage-2009
    पाल्पा। पाल्पा जिल्लाको रुप्से गाविस–४, खसाडीका २२ वर्षीय ताराप्रसाद पाण्डेयले इन्टरनेटको सहायताले हाँस र टर्की पालन गरी आम्दानी लिन सफल भएका छन् । हाँस र टर्की पालनसम्बन्धी अध्ययन र अनुभव नभएपछि अत्याधुनिक प्रविधि इन्टरनेटमा गुगल सर्च गरेर पाण्डेयले व्यावसायिक रुपमा हाँस र टर्की पालनसम्बन्धी अध्ययन गरेर मासिक रु ५० हजार आम्दानी गर्न सफल भएका हुन् । गुगलमा हाँस र टर्की पालन ...
  • डिजी जहाजमा सरर, एयरपोर्टम… Oct 1, 2016 ArthatantraAirport
    काठमाडौ । बडादशैंको घटस्थापनाको दिन, सबैतिर दशैंको माहोलले बजारमा रौनक छाएको छ । तर यहाँ नेपाल हबाइ प्राधिकरणमा कार्यरत श्रमिकलाई भने दशैको खर्चको जोहो कसरी पर्ने भन्ने चिन्ता मात्रै छ । नेपाल नागरिक उड्डयन प्रधिकरण अन्तर्गत ठेकेदार कम्पनीमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(एयरपोर्ट) मा कार्यरत करिब ४ सय श्रमिकहरुको दशैं कसरी बित्ने भन्ने चिन्ता सुरु भएको छ । यता नेपाल नागरिक उड्डयन प्राधिकरणका ...
  • हड्ताल गरी काममा अनुपस्थि… Sep 30, 2016 Arthatantrano work no pay
    काठमाडौ । औद्योगिक प्रतिष्ठानमा काम गर्ने मजदुरले अब हड्ताल गरी काममा अनुपस्थित भएको दिनको पारिश्रमिक नपाउने भएका छन् । व्यवस्थापिका–संसद्को बिहीबारको बैठकले पारित गरेको ‘औद्योगिक व्यवसाय विधेयक २०७३’अनुसार अब ‘नो वर्क नो पे’को व्यवस्था लागू हुने भएको हो । ‘नो वर्क नो पे’को प्रावधानकै कारण लामो समयदेखि विवादमा तानिएको यो विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरे सँगै लागू हुनेछ । नयाँ ...
  • गत वर्षको तुलनामा राजस्व स… Sep 25, 2016 ArthatantraVAT
    काठमाण्डौं । चालु आर्थिक बर्षको भदौ मसान्तसम्म राजश्व संकलन २९ प्रतिशतले बढेको छ । यो गत बर्षको भदौसँग तुलना गरिएको हो । भदौसम्मको राजश्व संकलन लक्ष्य २८ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ रहेकोमा २८ अर्ब ९३ करोड ६ लाख रुपैयाँ राजश्व उठेको हो । लक्ष्यभन्दा १७ करोड ४० लाख रुपैयाँ वढि राजश्व उठेको हो । कुल राजश्वमध्ये आयकरतर्फ १२ अर्ब ...
  • सार्वजनिक स्थानमा सचेत हु… Sep 24, 2016 Arthatantracc tv
    काठमाडौँ । काठमाडौँ उपत्यकाको अति व्यस्तस्थल, संवेदनशील क्षेत्र र प्रमुख सडक क्षेत्रमा सिसिटिभी जडान गर्ने कार्यलाई प्रहरीले तीव्रता दिएको छ । दुई सय ४१ ठाउँमा सिसिटिभी जडान रहेकोमा अब थप ९४ स्थानमा सिसिटिभी जडान गर्ने कार्य भइरहेको महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रतापसिंह थापाले बताए । चक्रपथ क्षेत्रभित्र त्यस्ता क्यामरा राखिँदै आएकोमा अब चक्रपथ बाहिर पनि विस्तार गर्न थालिएको उनले बताए । ...
  • अब उद्योग व्यवसाय हड्ताल मुक्त क्षेत्र, बन्द हड्ताल गरे कडा सजाय हुने … Sep 23, 2016 Arthatantraclosed
    भक्तपुर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योग व्यवसाय क्षेत्रलाई अब बन्द हडतालमुक्त क्षेत्र बनाइने बताएका छन् । उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री जोशीले सबै दलसँग छलफल गरी बन्द हड्ताल मुक्तक्षेत्र बनाउन सरकारले ऐन नियम बनाउने तयारी गरिरहेको बताए। लगानीमैत्री वातावरण नहुँदा पुँजी र मानवस्रोत पलायन भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले औद्योगिक क्षेत्रमा कार्यरत मजदुरले आफ्ना ...
  • शैलभा सेभिङ एण्ड क्रेडिटद… Sep 15, 2016 Arthatantrasailava2
    काठमाडौं । सितापाईला स्थित शैलभा सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेडले पहिलो सेवा केन्द्र न्युरोडमा स्थापना गरेको छ । संस्थाले इन्द्र जात्राको विशेष अवसर पारी सेवा सुरु गरेको हो । न्युरोड क्षेत्रका सदस्यलाई सेवा पर्याउने उद्देश्यले से केन्द्र स्थापना गरिएको संस्थाका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए । सितापाईला क्षेत्रका सदस्यहरु न्यूरोड क्षेत्रमा सामन किनमेल गर्न आउँदा पनि सेवा केन्द्र मार्फत सेवा ...