Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • गाउँपालिका अध्यक्ष नै गोरु साउन थालेपछि साँसद बिउ बाँड्दै….(फोटो… Jun 30, 2017 ArthatantraThakre Ropai
    रबिना पौडेल,धादिङ । गाउँपालिकाका अध्यक्ष नै ह ह माले……..भन्दै गोरु साउन थाले । यो दृष्य हो धादिङ जिल्लाको थाक्रे गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रामकुमार आचार्यको ।स्थानीय गाउँको आईतबहादुर राईको ५ रोपनी खेतमा गोरु साउँदै गर्दा उनी गाउँपालिका अध्यक्ष नै होईनन् कि भन्ने सबैलाई लागिरहेको थियो । तर नझुक्किनुस् उनी थाँक्रे गाउँपालिकाका अध्यक्ष नै हुन् । उनी मात्रै होईन,साँसद एवं पूर्व शिक्षामन्त्री गंगालाल तुलाधर, ...
  • यसरी मनाइयो स्याङजामा असार १५ Jun 30, 2017 Arthatantrashjyanja
    सुशिल सुबेदी , स्याङजा । स्याङजाका नवनिर्वाचित जनप्रतिनिधी तथा सरकारी कार्यालयका प्रमुखहरुले किसानहरुसँग १४औँ धान दिवस मनाएका छन् । उनीहरुले वालीङ , पुतलीबजारका खेतहरुमा बाजागाजा सहित धानरोपेर असार १५ मनाएका हुन् । स्याङजा जिल्ला कृषि कार्यलयको जानकारी अनुसार असार १५ को दिनसम्म जिल्लाको १६ हजार ८ सय हेक्टर धान खेती हुने जमिन मध्ये २० प्रतीशत जमिनमा मात्र रोपाई सकिसकेको छ । ७२ ...
  • वर्षा नहुँदा सप्तरीमा मात्र २% धान रोपाइँ Jun 29, 2017 Arthatantratgx'Fsf] 9fk6f/l:yt v]tdf r}t]wfg /f]kfOF ub}{ :yfgLo dlxnf . tl:a/ M k|bLk/fh jGt, /f;;
    विराटनगर । असारको पन्ध्र सम्म आइपुग्दा विराटनगर जिल्लामा २ प्रतिशत मात्र धान रोपाइँ भएको छ । यस वर्ष असारको सुरुमै पर्याप्त मात्रामा वर्षा नहुँदा रोपाइँमा कमी आएको हो । जिल्ला कषि विकास कार्यालयको अनुसारकुल ७० हजार हेक्टर खेतीयोग्य जमिनमा वर्षा नहुँदा अहिलेसम्म २ प्रतिशतमात्र (१ हजार ४ सय हेक्टर जग्गामा) धान रोपाइँ भएको छ । समयमा वर्षा नभएपछि गत वर्षको तुलनामा यस ...
  • आज धान दिवस मनाइँदै Jun 29, 2017 ArthatantraDhan day  1
    काठमाडौँ । चौधौं राष्ट्रिय धान दिवसको अवसरमा आज देश भर विभिन्न कार्यक्रम गद मनाइदै छ । यसैबीच धादिङ जिल्लाको थाक्रे गाउँपालिकाले पनि  दिवसको अवसरमा गाउँपालिका केन्द्र महादेवेशीको बालुवाफाँटमा भव्य धान रोपाई कार्यक्रमको आयोजना गरेको  छ ।  यस वर्ष ‘दुई बाली धान खे%A
  • मुस्ताङको चराङमा च्याङ्ग्रा फार्म स्थापना गरिने Jun 27, 2017 Arthatantrachyangra
    काठमाडौ । पशुपक्षी विकास मन्त्रालयले पश्मिना उत्पादनलाई प्राथमिकतामा राखेर मुस्ताङको चराङमा च्याङ्ग्रा फार्म स्थापना गर्ने भएको छ । मन्त्रालयले हिमाली आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडिबी) को सहयोगमा उक्त स्थानमा तीनसय च्याङ्ग्रा पालनका लागि व्यवस्था गर्न लागेको हो । केही स्थानीय नश्ल, तथा केही तीब्बती नश्लका च्याङ्ग्रा ल्याइने सो फारम स्थापना गर्न एक हजार रोपनी जग्गाको प्रबन्ध भइसकेको छ । उक्त स्थानमा ...
  • गाउँमा हाते चिया उद्योग खुल्दै Jun 26, 2017 Arthatantratea garden
    इलाम । यहाँका गाउँमा साना चिया कृषकले आफैँले हाते चिया प्रशोधन उद्योग खोलेका छन् । हरियो चियापत्ती प्रशोधनको समस्या झेल्दै आएका किसानले ड्रायरमा सुकाएर हरियो चियापत्ती प्रशोधन गर्न थालेका हुन् । जिल्लाका ठूला चिया कारखानामा हरियो चियापत्ती प्रशोधनको समस्या भएपछि किसान आफैँले उद्योग खोल्ने क्रम बढेको हो । ड्रायर र फेन सहित गाउँमा पाइने सामग्रीको सहायाताले किसानले चिया प्रशोधन उद्योग सञ्चालनमा ल्याएको ...
  • भारतीय अन्डा भित्रिएपछि बर्डफ्लुको जोखिम बढ्दो Jun 22, 2017 Arthatantraeggs
    पर्सा । वार्षिक १५ करोड रुपैयाँभन्दा बढीको अन्डा उत्पादन हुने बारामा खुल्ला सीमाको कारण दिनहुँ भारतीय अन्डा भित्रिन थालेपछि बर्डफ्लुको जोखिम बढ्दै गएको छ । खुल्ला सीमाको फाइदा उठाउँदै तस्करले भारतबाट कुखुराको अन्डा तस्करी गरी नेपाल भित्रयाउने गरेका छन् । बाराको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको घोडासन, आदापुर तथा नेपाली नाका मटिहर्वा, कबैगोठ, सीमरौनगढ, कचोर्वालगायत नाकाबाट तस्करले साइकल, मोटरसाइकल र जिपमा ...
  • पोखरामा बङ्गुर पार्क निर्माण सुरु Jun 21, 2017 ArthatantraPork-pig Bangur
    पोखरा । लेखनाथ महानगरपालिका– ३३ बाघमारा (सहरेतरा) मा मुलुककै नमुना बङ्गुर व्यवसाय औद्योगिक पार्क निर्माण सुरु गरिएको छ । पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय बङ्गुर, कुखुरा प्रवद्र्धन कार्यालय हरिहर भवन ललितपुरको ७० प्रतिशत तथा २६ जना व्यवसायीको ३० प्रतिशत लगानीमा निर्माण गरिने सो पार्कमा उन्नत नश्लका बङ्गुरका बच्चा उत्पादन, दाना उद्योग ,बधशाला, कृत्रिम गर्भाधान समेतको व्यवस्था रहने छ । रु पाँच करोडको ...
  • कृषि सम्बन्धी समस्याको समाधान गर्न मोबाइल ! Jun 20, 2017 Arthatantramobile-app-weather-forecast
    पोखरा। जिल्ला कृषि विकास कार्यालय, कास्कीले कृषकलाई ४३ थान मोबाइल, वर्षा मापन यन्त्र र थर्मोमिटर वितरण गरेको छ । जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाअन्तर्गत कार्यालयले जिल्लास्थित छ वटा सेवा केन्द्रभित्रका २६ कृषक समूह सहकारी र १७ पशु फार्मका लागि ४३ सेट मोबाइल, वर्षा मापनयन्त्र र थर्मोमिटर वितरण गरेको हो । कार्यालयका बाली संरक्षण अधिकृत स्तुती आचार्यका अनुसार कृषि सम्बन्धी अधिकांश समस्याको ...
  • कृषि पर्यटनको विकासका लागि रोपाइँ महोत्सव हुँदै Jun 19, 2017 Arthatantraropaiii
    पोखरा । कृषि पर्यटनको विकास र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पोखरामाअसारे रोपाइँ महोत्सव हुँदै छ । पर्यटन परिषद्द्वारा विगत १३ वर्षयता सञ्चालन गर्दै आइएको असारे रोपाइँ महोत्सवको १४ औँ संस्करण यस वर्ष पोखराको बाटुलेचौरमा हनलागेको हो । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा ‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ असार १५ गते महोत्सवको आयोजना गँरिदै छ । स्थानीय गोविन्दबहादुर खड्काको ठूलीबेँसी फाँटस्थित ...