Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • आगलागीबाट ४५ मरे करोडौँको क्षति Jun 17, 2017 Arthatantraburnt cowss
    काठमाडौँ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारमा रहेको ‘ओम कृषि फार्म’ मा शनिबार आगलागी हुँदा ४५ गाई मरेका छन् । बिहान करिब ११ बजे विद्युतसर्ट भई लागेको सो आगलागीमा परेर ७० गाई घाइते भएका छन् । नेपाल प्रहरी र स्थानीयबासीले दुई वटा दमकलको सहयोगमा अपराह्न १ बजे आगो नियन्त्रणमा लिएका थिए । प्रहरीका अनुसार आगलागीबाट १० टन दाना, एक थान जेनेरेटर र गाई बस्ने टहरामा ...
  • अब कहिलेदेखि पर्छ पानी? Jun 16, 2017 ArthatantraRain
    काठमाडौ। सामान्य अवस्थाभन्दा केही दिन ढिलोगरी सुरु भएको यो वर्षको मनसुन अझै सक्रिय हुन सकेको छैन । गत जेठ २९ गते (१२ जुन) बाट नेपालको पूर्वी भागमा प्रवेश गरेको मनसुन पूर्णरुपमा सक्रिय हुन नसक्दा वर्षा राम्रो हुन सकेको छैन । असारको मुखमा वर्षा नहुँदा रोपाइँ गर्न नपाएर किसान खिन्न छन् । केही दिनयता मौसममा फेरबदल भइरहे पनि पर्याप्त वर्षा हुन ...
  • चितवनमा हावाहुरीले करोडौँको केराखेती नष्ट Jun 15, 2017 Arthatantrababana
    चितवन। चितवनमा बुधबार बिहान आएको हावाहुरीका कारण करोडौँको केराखेती नष्ट भएको छ । बिहान करिब ४ बजेतिर भारी वर्षा सहित आएको हावाहुरीले केरा ढलाएर नष्ट गरेको हो । किसानको प्रारम्भिक जानकारीअनुसार करिब रु ४ / ५ करोडको केरा नष्ट गरेको अनुमान गरिए पनि विस्तृत विवरण भने आइसकेको छैन । पन्तले आफ्नो केरा बगानको १० बिगाहा क्षेत्रको केरा पूर्ण नष्ट भएको बताए । चितवन ...
  • कृषकद्वारा आलुको बीउ भण्डारण भवन निर्माण Jun 14, 2017 Arthatantrapotato
    म्याग्दी । बेनी नगरपालिका–३ मुसुङका कृषकले आलुको बीउ भण्डारण भवन निर्माण गरेका छन् । जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा सिर्जना बीउ आलु उत्पादन कृषक समूहमा आबद्ध कृषकले भवन निर्माण गरेका हुन् । रु ६ लाखको लागतमा निर्माण भएको सो भवनको भण्डारण क्षमता दश मेट्रिक टन रहेको समूहका अध्यक्ष नरबहादुर मगरले जानकारी दिए । कृषि कार्यालयको रु २ लाख ६१ ...
  • चियाको दोस्रो यामको टिपाइ सुरू Jun 14, 2017 Arthatantratea garden
    इलाम। चियाको दोस्रो यामको टिपाइ सुरू भएको छ । जिल्लाका सबै साना ठूला चिया कारखानाले दोस्रो टिपाइको प्रशोधन थालेका हो । अघिल्लो वर्ष पहिलो यामको टिपाइपछि हरियो चियापत्ती उत्पादन नहुँदा एक महिनासम्म कारखाना बन्द रहेका थिए । यस पटक १५ दिनभन्दा कम समय मात्र उत्पादन रोकियो । यस यामको मूल्य गुणस्तरअनुसार प्रतिकिलो रु २५ देखि रु ३५ तोकिएको छ । कारखाना ...
  • कृषकले पाए अलैंची सुकाउने आधुनिक भट्टी Jun 13, 2017 Arthatantraaalaichi
    लमजुङ। लमजुङका व्यावसायिक अलैंची कृषकले अलैँची सुकाउने आधुनिक भट्टी पाएका छन् । अलैँची व्यवसायी महासङ्घ लमजुङले जिल्लामा रहेका व्यावसायिक अलैँची कृषक समूहलाई २० वटा अलैंची सुकाउने भट्टी उपलब्ध गराएको हो । जिल्लाका विभिन्न स्थानका २० वटा अलैँची व्यवसायी समूहले अलैंची सुकाउने भट्टी पाएका हुन् । माग बढी भएकाले समूहगत रुपमा वितरण गरिएको अलैंची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष अजय तामाङले बताए । अध्यक्ष ...
  • किराको सङ्क्रमणबाट बोटमै आँप कुहियो: किसान चिन्तित Jun 11, 2017 Arthatantratree
    पाल्पा। आँप कुहिएर झर्न थालेपछि पाल्पाका किसानहरु चिन्तित छन् । स्थानीय रम्भा गाउँपालिका–१ हुँगीका किसान यसपालि राम्रो फल लाग्ने आशामा रहे पनि आँप झरेर भुइँभरि झर्न थालेपछि किसान समस्यामा परेका हुन् । आँप खेतीका लागि उपयुक्त रहेको हुँगीमा बोटमै रहेको आँपको बीच भाग फुटेर किरा लाग्ने र झर्ने गर्न थालेपछि किसान मर्कामा परेका छन् । यहाँका २०० भन्दा बढी घरपरिवारले आँप खेती ...
  • कर्मचारीको सेटिंगमा भारतीय धानको बिउमा कालोबजारी Jun 11, 2017 Arthatantradhan paddy
    चितवन । कृषिको विकास गर्ने जिम्मेबारी लिएको कर्मचारीकै मिलोमतोमा चितवनमा धानको बीउमा व्यापक रुपमा कालोबजारी भइरहेको छ । चितवनको नारायणगढ लगायतका बजार क्षेत्रमा अहिले धानको बीउमा कालोबजारी भईरहेको फेला परेको छ । धानको बीउ लगाउने मौसम शुरु भएसँगै बीउमा ब्यापक कालोबजारी भईरहेको हो । चितवनको नारायणगढ, भरतपुर, टाँडी, पर्सा, खोलेसिमल, भण्डारा, चनौली, गितानगर, माडि र नवलपरासीको गैडाकोट, कावासोती डण्डालगायत देशैभरका बजारमा ...
  • लामो समय पछि कमला नहर सिँचाइ निर्माण कार्य सुरु Jun 10, 2017 Arthatantrairrigation naali
    सिरहा। लामो समयदेखि लथालिङ्ग भएको कमला नहर सिँचाइ योजना निर्माणकार्य दू्रतगतिमा अगाडि बढाइएको छ । विगत तीन वर्षदेखि सिँचाइ मन्त्रालयले योजनावद्ध रुपमा बजेटको व्यवस्था गर्दा कमला नहरको निर्माण कार्य बढाइएको हो । सरकारको ढिलासुस्ती र बजेट अभावका कारण २०१७ सालमा तत्कालीन सिँचाइ मन्त्री गणेशमान सिँहले शिलान्यास गर्नुभएको कमला नहर उपेक्षित भएको थियो । सिरहाको ४० गाविस र धनुषाका ३६ गाविसमा सिँचाइ गर्ने ...
  • दुई वर्षअघि बन्द भएको चितवन मिल्क पुनः सञ्चालन हुने Jun 9, 2017 Arthatantramilk-
    चितवन। घाटा भएपछि करिब दुई वर्षअघि बन्द भएको ‘चितवन मिल्क उद्योग’ आउँदो साउन १ गतेबाट पुनःसञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका– १ ठिमुरामा स्थापना गरिएको सो उद्योग दैनिक दुई लाख लिटर दूध प्रशोधन गर्ने क्षमताको रहेको छ । चितवन मिल्क प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठकाअनुसार बिग्रिएका उपकरण जडान र मर्मत सम्भार गर्ने काम सम्पन्न भएको छ । “उद्योगले परीक्षण उत्पादन सफलता ...