Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • रामदेबको पतञ्जली आयुर्वेदिक केन्द्रद्धारा उत्पादित औषधि नेपालमा प्रतिब… Jun 8, 2017 Arthatantrapatanjali-fmcg-all-products
    काठमाडौ। भारतका चर्चित योग गुरु बाबा रामदेवको पतञ्जली आयुर्वेदिक केन्द्रको उत्पादन विभिन्न चार प्रकारका औषधि नेपालमा विक्री वितरण गर्न रोक लगाइएको छ । नमूना परीक्षणका क्रममा न्युन गुणस्तरीय तथा गुणस्तरहीन भएको पाइएपछि औषधि व्यवस्था विभागले औषधिको बिक्री वितरणमा रोक लगाएको हो । रोक लागेका औषधिहरुमा विलादी चूर्ण, अभिपत्तिकर चूर्ण, अजमोदादी चूर्ण तथा सितोफलादी चूर्ण रहेका छन् । ती औषधि बजारबाट तत्काल फिर्ता ...
  • राधिकाले १० महिनामा कृषि विकास मन्त्रालयमा के गरिन् ? Jun 7, 2017 Arthatantraradhhika-tamang
    काठमाडौ । करिब १० महिनाको अबधिमा कृषि बिकास राज्य मन्त्री राधिका तामाङको पहलमा कृषि बिकास मन्त्रालयमा धेरै सुधारका काम भएका छन् । किसान आयोगको गठनदेखि लिएर कृषिको आधुनिकिकरण लगायतका विषयलाई उनले जोडका साथ उठाईन् । हेर्नुहोस् उनको कार्यकालमा भएका महत्वपूर्ण कार्यहरुः– १. किसानहरूको जनहितको लागि ३३ प्रतिशत महिला सहित रास्ट्रीय किसान आयोगको गठन । २.किसानहरुलाई पेन्सनको लागि कृषि बिकास मन्त्रालयबाट सबै काम सम्पन्न ...
  • वर्षाले कृषिमा राहत,यसै हप्ताभित्र मनसुन सुरु हुने Jun 6, 2017 ArthatantraCloude in ktm
    काठमाडौ । मौसमविदले यसै हप्ताभित्रै मनसुन सुरु हुने बताएका छन् । सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट मनसुन प्रवेश गरि केही दिनमा देशभर फैलिने गरेको भएपनि यस वर्ष मनसुन सामान्य भन्दा केही दिन अगाडि नै सुरु हुने अनुमान गरिएको हो । पूर्वी र मध्य बंगालको खाडीमा तथा बंगलादेशको मध्य भागसम्म मनसुन विकसित भइसकेकोले नेपालमा मनसुन केही दिन भित्रै भित्रिने मौसमविद् विभूति ...
  • कृषि कार्यालयको भवन शिलान्यास Jun 5, 2017 Arthatantrasilanyas
    भद्रपुर। प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले जिल्ला कृषि विकास कार्यालय भद्रपुर झापाको भवनको आज यहाँ एक समारोहको बीच शिलान्यास गरे । रु दुई करोड १५ लाख ८९ हजार लागतमा निर्माण हुने सो भवनको निर्माण कार्य २०७५ साउन १० गते सम्पन्न हुने बताइएको छ । सो अवसरमा जिल्ला कृषि विकास कार्यालय, भद्रपुरका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले नवनिर्माण हुने भवनले ...
  • बाख्रा पालेर छिट्टै धनी हुने हो ? त्यसोभए दैनिक डेढ सय ग्राम बढ्ने जात… Jun 2, 2017 ArthatantraGoat-Farm
    बन्दीपुर(तनहुँ) । तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले दैनिक डेढ सय ग्रामसम्म तौल बढ्ने बाख्राको जाति विकास गरेको छ । प्रसिद्ध अष्ट्रेलियन बोअर जातको बाख्रासँग स्थानीय खरी जातको बाख्रा संयुक्त गर्भाधान (क्रस) गराई स्थानीय मौसमअनुकुल जात विकासका लागि विगत तीन वर्षयता काम गरिरहेको नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको केन्द्रले आफ्नो अनुसन्धानमा सफलता पाएको हो । व्यवसायिक बाख्रापालकका लागि बढी उत्पादन दिने तथा ...
  • अलैँची विरुवाको मूल्य यसरी तोकियो ! Jun 1, 2017 Arthatantraalaichi-biruwa
    काठमाडौ। अलैँचीको विरुवा रोप्ने सिजन सुरु भएसँगै लमजुङमा अलैँची विरुवाको नयाँ मुल्य निर्धारण गरिएको छ । जिल्ला कृषि विकास कार्यालय लमजुङ र नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाले संयुक्त रुपमा अलैँचीको विरुवाको नयाँ मूल्य निर्धारण गरेका हुन् । नयाँ मुल्य अनुसार अलैँचीको प्रति विरुवा ७ रुपैयाँदेखि १० रुपैयाँसम्म निर्धारण गरिएको छ । अलैँचीको गुणस्तर र जातका आधारमा मुल्य निर्धारण गरिएको जिल्ला ...
  • नेपालीहरुको खानपानमा परिवर्तनः के बढ्यो के घट्यो ?, जान्नुहोस् May 31, 2017 ArthatantraFood
    काठमाडौ । विगत १७ वर्षमा नेपालीहरुको आहार विविधतामा परिवर्तन आएको एक अध्ययनले देखाएको छ । कृषि विकास मन्त्रालय र अन्तराष्ट्रिय खाद्य अनुसन्धान इन्टिच्यूट (इफ्रि)ले गरेको अध्ययनअनुसार नेपालीहरुको खानपानमा परिवर्तन आएको देखिएको हो । कृषि विकास मन्त्रालय र अन्तर्राष्ट्रिय खाद्य अनुसन्धान इन्टिच्यूट (इफ्रि)ले आज हाउसहोल्ड फुड एक्सपेडिचर, डायटरी डाइभर्सिटी एण्ड न्यूट्रिसन आउटकम्स इन नेपाल विषयक अध्ययनको प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख खाद्यान्नमा खर्च ...
  • सहकारीले खोल्यो चिया उत्पादन कारखाना May 28, 2017 Arthatantratea industries
    इलाम । सूर्योदय नगरपालिकाको फिक्कलमा रहेको इलामेली चिया उत्पादक सहकारी संस्थाले आफ्नै लगानीमा चिया प्रशोधन कारखाना स्थापना गरेको छ । सहकारी संस्थाले करोडौँको लगानीमा कारखाना स्थापना गरेको हो । निजी चिया कारखानाले किसानलाई हरियो चियाको मूल्यमा विभिन्न बहानामा ठगिरहेको अवस्थामा सहकारीले कारखाना स्थापना गरेपछि किसान हर्षित भएका छन् । सुरुदेखि नै अर्गानिक चियाको प्रशोधन गर्ने लक्ष्यका साथ सहकारीले रु छ करोडको ...
  • सामुदायिक वनबाट पच्चीस लाख घरधुरी लाभान्वित, के के छन् फाइदा ? May 24, 2017 ArthatantraWomen carrying wood from community forests that are managed by Community Forest Co-ordination Committees (CFCC). The CFCC's were established with the help of WWF in order to allow communities to manage their forests sustainably. Thagugwara area, Royal Bardia National Park, Western Terai, Nepal.
    काठमाडौँ । सामुदायिक वनको प्रयोगबाट २५ लाख घरधुरी लाभान्वित भएका छन् । वन विभागले दिएको जानकारीअनुसार देशभरका २४ लाख ६१ हजार ५४९ घरधुरी लाभान्वित भएका हुन् । विभागका अनुसार एक करोड १८ लाख ४४ हजार जनताले सामुदायिक वनको प्रयोग गरेका छन् । विभागका सामुदायिक वन महाशाखा प्रमुख अनुज शर्माले देशभर १८ लाख १३ हजार ४७८ हेक्टर क्षेत्रफलमा सामुदायिक वन रहेको जानकारी ...
  • क्षेप्यास्त्रले पनि नछुने बैंकमा खाता खोल्ने हो ? यो पढ्नुहोस् ! May 23, 2017 ArthatantraSeed bank
    उत्तरी ध्रुव नजिकै एउटा यस्तो बैंक खोलिएको छ, जहाँ हरेक राष्ट्रले आफ्नो खाता खोल्न सक्छन् । तर सो बैंकमा नगद वा जिन्सीको कारोबार भने हुँदैन । उक्त बैंकमा अन्नका बीउमात्र जम्मा गरिन्छ । जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, युद्धजस्ता कारणले बाली नष्ट भएमा उत्पन्न हुन सक्ने भोकमरी र खाद्य संकटलाई मध्यनजर गर्दै सन् २००८ मा नयाँ उपाय अपनाइएको हो । त्यस्तो विपतको अवस्थामा ...