Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • विश्व बैंकले नेपालको दूध र मासुमा लगानी भित्र्याउंदै ! May 3, 2017 Arthatantraagro paryatan
    काठमाडौ । दूध र मासुमा मुलुकलाई आत्मनिर्भर बनाउन विश्व बैंकले साढे तीन अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । साउनदेखि कार्यान्वयनमा आउन लागेको लाइभस्टक सेक्टर इन्नोभेसन प्रोजेक्टअन्तर्गत विश्व बैंकले दूध, मासु र पस्मिना उत्पादन क्षेत्रमा लगानी गर्न लागेको हो । पशुपक्षी मन्त्रालयका प्रवक्ता श्याम पौडेलका अनुसार विश्व बैंकले यो आयोजनाका लागि तीन अर्ब ३८ करोड २० लाख (८० मिलियन युयस डलर) ...
  • झापा र कास्कीमा बन्ने भयो सुँगुर र बंगुरको औद्योगीक पार्क ! May 2, 2017 ArthatantraPork-pig Bangur
    काठमाडौ । नेपालमा अब सुँगुर र बंगुरको पनि पार्क निर्माण हुने भएको छ । पशुपंछी मन्त्रालयले झापा र कास्की जिल्लामा सुँगुर र बंगुरसम्बन्धी पार्क निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले सरकारी निजी साझेदारी अवधारणाअन्तर्गत ती दुई जिल्लामा पार्क निर्माण गर्न लागेको हो । मन्त्रालयका प्रवक्ता श्याम पौडेलले बंगुरको स्वच्छ र स्वस्थ्य मासु उत्पादन गरी स्वदेशको माग पूरा गरी निर्यात ...
  • उखुको अभावले चिनी मिल समस्यामा Apr 30, 2017 ArthatantraSugar-Cane
    सिरहा । जिल्लाको चन्द्रअयोध्यापुरमा सञ्चालित हिमालय चिनी मिलमा चिनी उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ उखुको अभाव भएको छ । आवश्यकतानुसार उखु पर्याप्त मात्रामा उपलब्ध हुन नसक्दा चिनी उत्पादन समेत घटेको उद्योगले जनाएको छ । जिल्लाकै पहिलो र एक मात्र चिनी मिलको रुपमा सञ्चालित चिनी मिलले गत २०७३ मङ्सिर २० देखि चिनी उत्पादन गर्न थालेको छ । दैनिक २५ लाख मेट्रिक ...
  • तरकारी खेतीबाटै ६० लाखको घडेरी ! Apr 28, 2017 Arthatantravegetables production
    पर्वत । यहाँका एक युवाले तरकारीखेती र पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन्। पर्वतको जलजला गाउँपालिकास्थित साविक नाङलिवाङ– ९ फर्सेका राजन सापकोटाले गाउँमै सुरु गरेको तरकारीखेती र पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका हुन्। उनले व्यक्तिगत रुपमा सापकोटा पशुपालन तथा कृषि फर्म र तीन जना मिलेर धौलागिरि व्यावसायिक कृषि तथा पशुपालन फर्म सञ्चालनमा ल्याएपछि मासिक एक लाखभन्दा बढीको ...
  • असिनाका कारण करोडौंको गहुँखेती नष्ट Apr 25, 2017 ArthatantraGahu whitecone
    वीरगन्ज। वैशाखको पहिलो साता आएको असिनाबाट बारा जिल्लामा रु ७० करोड मूल्य बराबरको गहुँ बाली क्षति भएको छ । जिल्ला कृषि विकास कार्यालय बाराका अनुसार सो असिनाबाट जिल्लाको करिब १५ वटा गाविसमा लगाएको गहुँ बालीमध्ये रु ७० करोड मूल्य बराबरको २४ हजार ७३१ मेट्रिक टन गहुँ क्षति भएको हो । जिल्लामा यस वर्ष किसानले २८ हेक्टर ९०० हेक्टर क्षेत्रफलमा गहुँखेती गरेकोमा ...
  • इलामको अर्गानिक चियाको बजारिकरणमा समस्या Apr 24, 2017 Arthatantragreen tea
    इलाम । इलाममा अर्गानिक चिया उत्पादन वृद्धि भएपनि निकासीमा भने समस्या हुन थालेको छ । जिल्लाका साँखेजुङमा सञ्चालित हिमालयन साँग्रीला र फिक्कलको गोर्खा टि स्टेटले अर्गानिक चिया उत्पादन गर्दै आएको छ । दुईवटा कारखानाबाट उत्पादित अर्गानिक चिया भारत र जर्मनीमा मात्र निकासि हुँदै आएको छ । पछिल्लो समयमा युरोपमा आर्थिक मन्दि छाएपछि यी कारखानामा उत्पादित अर्गानिक चियाले सोचेजस्तो आम्दानी लिन र ...
  • विश्वबैंक,एडिबी र आइफाडको ६ वटा कृषि तथा पशुपंछीको आयोजनामा अर्बौको ब्… Apr 21, 2017 Arthatantrakrishi bikash-mantralaya
    काठमाडौ। साना तथा मझौला किसानको आयस्तर वृद्धिका लागि राज्यले विभिन्न दातृनिकायको सहयोगमा सञ्चालन गर्दै आएको कृषि र पशुपक्षीसम्बन्धी आयोजनाको कुल बजेटमध्ये एक चौथाइभन्दा बढी रकम परामर्श सेवामै खर्च हुने गरेको छ । राज्य र दातृ निकायले परामर्श सेवाको नाममा ठूलो आर्थिक घोटाला गर्दै आएका छन् । कृषि विकास मन्त्रालयअन्तर्गत दातृ निकायको सहयोगमा सञ्चालित व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट), साना तथा ...
  • युवालाई पशुपालनमा आकर्षित गर्न करोडको अनुदान Apr 18, 2017 Arthatantrapasupalan farmer
    पोखरा । जिल्ला पशुसेवा कार्यालयले युवालार्ई पशुपालनतर्फ आकर्षित गर्न चालु आवमा रु दुई करोड ४१ लाख २१ हजार अनुदानको व्यवस्था गरेको छ । स्थानीय भैँसी स्रोत केन्द्र काहुँ देउराली बहुउद्देश्यीय कृषि सहकारी संस्थालाई रु ४२ लाख ७५ हजार र युवा लक्षित कार्यक्रमअन्तर्गत हेम्जा गाई फार्मलाई रु तीन लाख ७५ हजार दिन लागेको कार्यालयका पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिए ...
  • फोटोमा हेर्नुहोस् पाँचथरको चौरी महोत्सव ! Apr 16, 2017 Arthatantrayak pachthar5
    पाँचथर । चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण र जिल्लाका उच्च पहाडी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउने उद्देश्यले पाँचथरको फालेलुङ गाँउपालिका–४ मा चौँरी महोत्सव भएको छ । सुर्केथाम दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनामा तीन हजार पाँच सय ६० मिटरको उचाईमा रहेको नेपाल, भारतको पश्चिम बंगाल र सिक्किमको सिमानामा रहेको चारराते भन्ने स्थानमा नयाँ वर्ष २०७४ को अवसर पारेर ...
  • राजधानीको चन्द्रगिरिमा पहिलो पटक एकै ठाउँमा मान्छे र गोरु जुधे Apr 15, 2017 Arthatantrachandragiri mahotsab (26)
    हरिशरण न्यौपाने,काठमाडौ । राजधानीको चन्द्रगिरिमा संचालित प्रथम चन्द्रागिरी महोत्सवमा पहिलो पटक एकै ठाउँमा हजारौं व्यक्तिहरुको उपस्थितिमा गोरु जुधाई कार्यक्रम भएको छ । नयाँ वर्ष २०७४ को अवसरमा राजधानीको गुर्जुधारा चोकमा रहेको बलम्बु चौरमा आयोजित कार्यक्रममा गोरु जुधाई गरिएको हो । यो गोरु जुधाई राजधानीमा पहिलोपटक आयोजना गरिएको हो । चन्द्रागिरि नगरपालिका र बलामी फिल्म इन्टरटेन्मेन्टको संयुक्त रुपमा आयोजित महोत्सव बैशाख ६ ...