Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • चैतेधानको खेती बर्सेनि घट्दै Apr 13, 2017 Arthatantradhan Paddy
    पाल्पा । दोस्रो बालीका रुपमा रहेको धान बालीअन्तर्गत पर्ने चैतेधान खेती बर्सेनि कम हुँदै गएको छ । युवा जनशक्ति विदेश पलायन हुन थालेपछि पछिल्लो समय गाउँघरमा चैतेधान लगाउन छाडिएको हो । एक दशक अगाडि सिँचाइ सुविधा पुगेका स्थानमा कृषकले अनिवार्य चैतेधान रोप्ने चलन थियो । तर हिजोआज भने सिँचाइ भएका स्थानमा पनि चैतेधान रोप्न छाडिएको छ । नगरपालिका र गाउँपालिकाका विभिन्न गाउँ ...
  • कृषिमन्त्री चौधरीद्वारा पुष्प प्रबद्र्धन कार्यक्रमको आकस्मिक अनुगमन Apr 12, 2017 Arthatantramantri
    काठमाडौ । कृषि बिकास मन्त्री गौरीशंकर चौधरीले बुधबार बिहान पुष्प प्रबद्र्धन कार्यक्रमको आकस्मिक अनुगमन गरेका छन् । मन्त्री चौधरीले राजधानीस्थित बिभिन्न नर्सरी र कटफ्लावर फार्मको अनुगमन गरेका हुन् । बालुवाटारस्थित बागमती फ्लोरा, थलीस्थित एभरेष्ट फ्लोरिकल्चर र जोरपाटीस्थित ओम नर्सरीको मन्त्री चौधरीले अबलोकन गरेका थिए । अनुगमनपछि मन्त्री चौधरीले सरकारले पुष्प क्षेत्रमा गरेको लगानीको निजी क्षेत्रले उचित सदुपयोग गरेको बताउँदै फ्लोरिकल्चर क्षेत्रसँग ...
  • पाँचथरको फालेलुङमा चौंरी महोत्सव हुने Apr 11, 2017 Arthatantrayak pachthar
    पाँचथर । पाँचथरको फालेलुङ गाँउपालिका–४ मा चौँरी महोत्सव हुने भएको छ । चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण र जिल्लाका उच्च पहाडी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । सुर्केथाम दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनामा तीन हजार पाँच सय ६० मिटरको उचाईमा रहेको नेपाल, भारतको पश्चिम बंगाल र सिक्किमको सिमानामा रहेको चारराते भन्ने ...
  • उखुभन्दा केरा खेतीबाट हुन्छ मनग्गे आम्दानी Apr 10, 2017 ArthatantraBanana
    नवलपरासी । उखु खेतीबाट दिक्क बनेका नवलपरासीका किसान यतिबेला केरा खेतीतर्फ आकर्षित बनेका छन् । उखु खेती गरेर समयमा रकम र उचित मूल्य पाउनबाट वञ्चित जिल्लाको दक्षिण क्षेत्रका किसान यतिबेला केरा खेतीतर्फ आकर्षित बनेका हुन् । उखु लगाउन दुई–तीन वर्षपछि उखुको भुक्तानी पाउन बाध्य किसान अहिले नगदे बालीका रुपमा केरा खेतीलाई लिएका हुन् । उखु खेती गर्दै आएको आफू दुई वर्षयता ...
  • बजारमा के को मूल्य घट्यो के को बढ्यो ? जान्नुहोस् Apr 9, 2017 Arthatantrahttp://www.dreamstime.com/royalty-free-stock-photo-increase-decrease-glossy-arrow-icon-emblems-isolated-white-background-image30784775
    काठमाडौ। यो वर्ष फागुनमा मूल्यवृद्धिदर २.९ प्रतिशतमा सीमित भएको छ । माघमा मूल्यवद्धि ३.३ प्रशित भएपनि फागुनमा अझै घटेर ३ प्रतिशतभन्दा तल भफरेको छ । यो वर्षकै सबैभन्दा कम मूल्य वृद्धिदर हो । गतवर्षको फागुन महिनामा सो मुद्रास्फीति १०.२ प्रतिशत रहेको थियो । गतवर्षको आधार मूल्यको प्रभाव तथा समीक्षा अवधिमा आपूर्ति व्यवस्थामा आएको सुधारका कारण पछिल्ला महिनाहरुमा उपभोक्ता मूल्यवृद्धिदर घट्दै आएको ...
  • चुनावको रौनकले छोपेको बेला चैते धान रोप्ने चटारो ! Apr 8, 2017 Arthatantratgx'Fsf] 9fk6f/l:yt v]tdf r}t]wfg /f]kfOF ub}{ :yfgLo dlxnf . tl:a/ M k|bLk/fh jGt, /f;;
    गुल्मी । सिंचाई सुविधा भएको र सिमसार क्षेत्रका किसानहरुलाई अहिले चैते धान लगाउन निकै हतार छ । गुल्मीको चौरासी फाँट, मजुवा, चाँपटारी, शान्तिपुर, रुपाकोट, खज्र्याङ, जुहाङ, हँसरा, हस्तिचौर, कुर्घा लगायतका फाँटहरुमा चैते धान खेती हुने गर्दछ । गुल्मीको चार सय ४० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गर्दछ । सिंचाईको सुविधा भएमा दुई सय ९५ हेक्टर क्षेत्रफलमा चैते धान बिस्तार गर्न ...
  • कृषिमा ठूला लगानीकर्ताको आकर्षण, विदेशबाट ल्याइयो पाठापाठी Apr 7, 2017 ArthatantraGoats in Nepal
    काठमाण्डौं ।  बहुमुखी कृषि फर्म प्रालि मोरङले व्यावसायिक बाख्रापालनका लागि अष्ट्रेलियाबाट उन्नत जातका २३ पाठापाठी  हिजो बिहीबार  नेपाल ल्याइएको छ । यहाँ  हिजो बिहीबार  आयोजित पत्रकार सम्मेलनमा बोयर जातको उक्त उन्नत बाख्रामध्ये २० पाठी र तीन वटा पाठा रहेको जानकारी दिएको छ । अष्ट्रेलियाबाट नेपाल ल्याउँदा प्रति पाठापाठी रु दुई लाख ५० हजार पर्ने फर्मका कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतले बताए ।बस्नेत ...
  • दैनिक परेको असिना पानीले एकै जिल्लामा करिब १० करोडको क्षति Apr 6, 2017 ArthatantraRain
    कास्की । यहाँ विगत केही दिनदेखि परेको असिना पानीले करिब १० करोडको क्षति भएको छ। जिल्ला कृषि कार्यालय कास्कीले दिएको जानकारी अनुसार कास्कीका विभिन्न क्षेत्रमा लगाएको तरकारीबाली र मकै खेतीमा असिना पानीले क्षती पुर्‍याएको छ। असिना पानीले २६ हेक्टरमा लगाएको मकै खेतीमा करिब ४ करोडको क्षेती पुर्‍याएको जिल्ला कृषि कार्यालय कास्कीका प्रमुख लोकेन्द्र बोहोराले जानकारी दिए। उनले २६ हेक्टरमा ३० प्रतिशत ...
  • कृषि व्यवसाय गर्नेले सात करोडसम्म ऋण पाउने, हेर्नुहोस् के के छ व्यवस्थ… Apr 5, 2017 Arthatantrashare
    काठमाण्डौं । देशमै व्यवसायिक कृषि गर्न चाहनु हुन्छ तर पैसा छैन? सरकारले युवालाई कृषिमा आकर्षित गर्दै विदेश पलायनलाई रोक्न पाँच प्रतिशत ब्याजमै कृषि ऋण दिने भएको छ। व्यवसियक रुपमा तरकारी तथा फलफुल, पशुपन्छि पालन, जडिबुटी, दुग्ध ब्यवासय, माछा पालन, च्याउ खेती, कृषि भण्डारण तथा वधशाला र मासुजन्य व्यवसाय गर्न चाहनेलाई सरकारले सस्तो ब्याजमा ऋण उपलब्ध गराउन थालेको हो। सस्तो ब्याजको ऋण गाउँपालिका ...
  • इलाममा गाई पनि रेडियो सुन्छन्,कृषकहरु मन्त्रमुग्ध ! Apr 5, 2017 Arthatantracow with calf
    लाम । गाई पनि रेडियो सुन्छन् भन्दा तपाई पत्याउनुहुन्नहोला । तर इलाममा जब गाईले रेडियो सुन्छन् ‘पाउर काडेर’ ( फिँज काडेर) मस्त हुन्छन् । सफा, चटक्क परेको गाईगोठ देखेर यहाँ घुम्न आउने अनेकौँ कृषकहरु मन्त्रमुग्ध हुन्छन् र नयाँ प्रविधि र तरिका सिकेर फर्किन्छन् । गाईलाई तनावमुक्त वातावरण तयार गर्न इलामको सूर्योदय नगरपालिका–३ स्थित भालुखोपको त्रिबदर्श गाई फार्ममा रहेका उन्नत जातका गाईले ...