Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • मौरीपालक किसानले जान्नैपर्ने, यसरी कृत्रिम तरिकाले रानी मौरी विकास गर्… Apr 4, 2017 Arthatantrabee
    म्याग्दी । म्याग्दीमा कृत्रिम तरिकाले रानी मौरी विकास गर्ने प्रविधि भित्रिएको छ । जिल्ला कृषि विकास कार्यालय म्याग्दी र काठमाडौँको गोदावारीमा रहेको मौरीपालन विकास शाखाको सहयोगमा मङ्गला गाउँपालिका–१ कुहुँमा ग्राफ्टिङ (मौरीको लार्भा प्रत्यारोपण) गरेर रानी मौरी विकास गर्ने प्रविधि भित्र्याइएको हो । शाखाको गुणस्तरीय रानी मौरी उत्पादन तथा वितरण अभियानअन्तर्गत म्याग्दीमा पहिलो पटक कृत्रिम तरिकाले रानी मौरी उत्पादन गर्ने प्रविधि भित्रिएको ...
  • लोठसल्लाबाट एकै जनाको आम्दानी वार्षिक २० लाख Apr 3, 2017 ArthatantraPinus-contorta loth salla plant
    ललितपुर । गोटीखेल, महांकाल गाउँपालिका धामीडाँडाका ६२ वर्षीय दलबहादुर तिमल्सिना १५ वर्षदेखि लोठसल्लाको आम्दानीले परिवारको गुजारा चलाइरहेका छन् । निरक्षर उनी वार्षिक २० लाखभन्दा बढी आम्दानी गर्छन् । उनको दसजनाको परिवार लोठसल्लामै निर्भर छ । दुई सय बिरुवा रोपेर खेती सुरु गरेका दलबहादुरले अहिले १७ रोपनी जग्गामा ४० हजार बिरुवा लगाएका छन् भने १० हजार रूखबाट आम्दानी लिँदै आएका छन् । ...
  • अब व्यवसायिक कृषिका लागि ५ प्रतिशत ब्याजमै कर्जा पाइने Apr 2, 2017 ArthatantraAgriculture Green movement
    काठमाण्डौं । सरकारले बढ्दो बेरोजगारी र युवा पलायन रोक्न व्यवसायिक कृषिमा लाग्ने युवाहरुलाई पाँच प्रतिशत ब्याजदरमै व्यावसायिक कृषि कर्जा दिने भएको छ । चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्था बमोजिम सरकारले यस्तो व्यवस्था गरेको हो । जसका लागि नेपाल राष्ट्र बैंकले कृषि कर्जा ब्याज अनुदान सम्बन्धी नयाँ कार्यविधि जारी गर्दै सो अनुरुपम कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको ...
  • पुष्प मेलाको तेस्रो दिन सम्म ५२ लाख बढीको कारोबार Apr 1, 2017 Arthatantraflora 2073
    काठमाडौ । नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा बिहिबारबाट सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पोको तेस्रो दिन सम्म ५२ लाख बराबरको कारोबार भएको छ । एक्स्पोको पहिलो दिन ९ लाख १६ हजार, दोस्रो दिन १६ लाख १९ हजार बराबरको कारोबार भएकोमा तेस्रो दिन अर्थात शनिबार मात्र २५ लाख ७१ हजार बढीको कारोबार भइसकेको फ्लोरिकल्चर एशोसिएशन ...
  • मुला बिक्री गरेरै करिब १० करोड आम्दानी ! Mar 30, 2017 ArthatantraWhite_Radish Mula
    नुवाकोट । कम खर्चमा मनग्य आम्दानी गर्न सकिने भएपछि यहाँका किसान मुलाखेतीतर्फ आकर्षित भएका छन् । चालु आवको आठ महिनामा जिल्लामा आठ हजार ३१७ मेट्रिक टन मुला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिएका छन् । सो परिमाणको मुला बिक्री गरी रु नौ करोड ९८ लाख भित्रिएको उनले बताए । आव २०७२/७३ मा रु सात करोडको ...
  • उपभोग घट्दा पनि फेरि किन बढ्यो अण्डाको भाउ ? Mar 29, 2017 Arthatantraeggs
    काठमाण्डौं । नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य बढाएको छ । यसअघि प्रतिगोटा १२ देखि १३ रुपैयाँ तिर्दै आएका उपभोक्ताले अब प्रतिगोटा अण्डाको १५ रुपैयाँ तिर्नुपर्नेछ । नेपाल अण्डा उत्पादक संघले ठूलो अण्डा फार्म मूल्य प्रतिक्रेट ३ सय ४५ र बिक्री मूल्य ३ सय ५० रुपैयाँ कायम गरेको छ । संघले मिडियम अण्डा प्रतिक्रेट फार्म मूल्य ३ सय १५ र बिक्री ...
  • सरकारी मूल्यांकन, प्रति कठ्ठा जग्गाको न्युनतम दुई लाख ४१ हजार ५०० मात्… Mar 28, 2017 Arthatantraland plot jamin
    काठमाण्डौं । दोस्रो अन्तराष्ट्रिय बिमानस्थलको मुआब्जा निर्धारण समितिले अधिग्रहण हुने जग्गाको मुआब्जा निर्धारण गरेको छ। चैत्र १४ गते मुआब्जा निर्धारण समितिको बैठकले प्रति कठ्ठा न्युनतम दुई लाख ४१ हजार ५०० देखि अधिकतम चार लाख ६० हजार रुपैयाँसम्म मुआब्जा निर्धारण गरेको हो। अधिग्रहणमा परेको सडकले नछोएको जग्गा प्रति कठ्ठा दुई लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। सहायक सडकले छोएको जग्गा ...
  • च्याउखेतीबाटै मासिक रुपमा लाखौं आम्दानी Mar 27, 2017 Arthatantramushroom farming in Nepal
    धुलिखेल । पनौती–१२ खोपासीका कृष्णदास उलकले च्याउखेतीबाटै मासिकरुपमा लाखौँ आम्दानी गरिरहेका छन्। त्रिपन्न वर्षीय उनले १२ वर्ष अगाडिदेखि व्यावसायिक रुपमा च्याउखेती गर्दै आएका हुन्। अहिले उनी खोपासी बजारभन्दा केही वर जयमाँ हारती च्याउ उद्योग खोलेर काम गरिरहेका छन् । उनले त्यहाँ च्याउ उत्पादनको उद्योग नै खोलेको एक वर्ष जति भयो । सोही च्याउ उद्योगबाट उनले दैनिक २ सय देखि २ सय ...
  • बर्डफ्लु देखिएपछि उच्च सतर्कता ! Mar 26, 2017 Arthatantrabird_flu
    चितवन। कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखापरेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी कुखुराजन्य उत्पादन हुने चितवनमा उच्च सतर्कना अपनाइएको छ । यसका कारण अहिलेसम्म जिल्लामा बर्डफ्लु भित्रिन नपाएको सरकारी अधिकारीले बताएका छन् । जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा डिल्लीराम सेढाईंका अनुसार जिल्ला भित्रिने र बाहिरिने कुखुराजन्य पदार्थ ढुवानी गर्ने सवारीसाधनमा कीटनाशक औषधि छर्केर मात्रै आवतजावत गर्न दिइएको छ । काठमाडौँ, ...
  • फ्लुका कारण दुई लाख ८० हजार कुखुरा एकै ठाउँमा थुपारीयो Mar 25, 2017 Arthatantrabird-flu
    कुखुराबाट सर्ने फ्लु फैलिन नदिनका लागि जापानमा शुक्रबार दुई लाख ८० हजार कुखुरा एकै ठाउँमा जम्मा गरिएको छ । सयौँ सुरक्षाकर्मी परिचालन गरेर उच्च सतर्कताका साथ कुखुरा एकै ठाउँमा जम्मा गरिएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । देशभरी रहेका विभिन्न कुखुरा फर्मबाट गत नोभेम्बरदेखि अहिलेसम्म लाखौ कुखुरा नष्ट गरिसकिएको छ । उत्तरी ओमोरी क्षेत्रमा पनि अब ठूलो सङ्ख्यामा कुखुरा नष्ट गरिने ...