Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • कृषिमा स्थानीय उत्पादनलाई जोगाउनुपर्ने: मन्त्री चौधरी Mar 23, 2017 Arthatantraseed-mandala
    काठमाडौ। कृषिमन्त्री गौरीशङ्कर चौधरीले नेपाली कृषिको मौलिकता जोगाउन सहकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल कृषि केन्द्रीय सहकारी सङ्घले काठमाडौँमा आज आयोजना गरेको ‘किसानको पोको’ बिक्री कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषिलाई व्यावसायीकरण गर्न स्थानीय उत्पादनलाई जोगाउनुपर्ने बताए । कृषिमा आधुनिकता र व्यवसायीकताका नाममा नेपालको मौलिक उत्पादन लोपोन्मुख हुने अवस्थामा पुगेको मन्त्री चौधरीको भनाइ थियो । अन्नबालीमा मुरली मकै, पुराना ...
  • नुवाकोटमा एक अर्बको आलु उत्पादन Mar 22, 2017 Arthatantrapotato aalu
    त्रिशूली । नुवाकोटमा यस वर्ष रु एक अर्ब १० करोडको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे याममा गरी ७२ हजार ७०० मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा. कमलराज गैरेले जानकारी दिए । । उनका अनुसार गत वर्ष रु ८७ करोड बराबरको तथा अघिल्लो वर्ष रु ८५ करोड बराबरको आलु उत्पादन भएको थियो । “अघिल्लो वर्षको ...
  • व्यवसायीक केराखेतीमा लागेका किसानले ध्यान दिने कुराहरुबारे जान्नुहोस् … Mar 21, 2017 ArthatantraBanana
    बर्दिवास। महोत्तरीको उत्तरी क्षेत्रका किसान व्यावसायिक रुपमा केराखेतीतर्फ आकर्षित भएका छन् । बर्दिबास नगरपालिकाका पूmलबारीटोल, पशुपतिनगर, भङ्गाहा गाउँपालिकाका बिर्तापलार, रामनगर, हतिसर्वा र सिङ्ग्याहीका कम जग्गामा मनग्य आम्दानी गर्न व्यावसायिक रुपमा उन्नत जातको केराखेती गर्न आकर्षित भएका हुन् । परम्परागत रुपमा लगाइँदै आएका मिर्चमान, झपरी, बत्तिसा र स्थानीय मालभोगलगायत जातका केराका ठाउँमा किसानले रोवेष्ट्रा र उन्नत मालभोग जातको केराखेती गर्न थालेका छन् ...
  • दुई लेनमा मकै रोप्ने आधुनिक मेसिनको सफल परीक्षण, मात्र दुई लाख पर्ने Mar 20, 2017 Arthatantramaize tractor
    वीरगन्ज । कृषि औजार अनुसन्धान केन्द्र वीरगन्जले मकै रोप्ने मेसिनको सफल परीक्षण गरेको छ। दुईपांग्रे पावर टिलरमा जोडेर चलाउने सकिने यो मेसिनले दुई लाइनमा एकसाथ मकै छर्न सकिन्छ। केन्द्रले आफैँ डिजाइन, विकास र परिमार्जन गरी चार वर्षको परीक्षणपछि मेसिन तयार पारेको हो। पर्सा बेल्वाका अगुवा किसान अनिरुद्ध प्रसाद थारुको खेतमा केन्द्रले यो मेसिन चलाएर मकै रोपेको छ। केन्द्रका प्रमुख सचिन मिश्राले यसले ...
  • कृषकलाई ८ लाखसम्म अनुदान Mar 19, 2017 Arthatantranepali-currency money nepali rupees
    काभ्रेपलाञ्चोक । यस जिल्लामा कृषक तथा सहकारी संस्थाले पशु उत्पादन लगायत विभिन्न शीर्षकमा रु पाँच सयदेखि आठ लाखसम्म अनुदान पाएका छन् । जिल्ला पशु सेवा कार्यालय, धुलिखेलका पशु चिकित्सक मणिप्रसाद सापकोटाले पशु आहार, सहकारी खेती तथा बङ्गुरपालन कार्यक्रममा कृषकलाई त्यस्तो अनुदान दिइएको बताए । उनले जिल्लामा कुल रु एक करोड ४५ लाख कृषक र सहकारीलाई अनुदान उपलब्ध गराउने निर्णय भएको जानकारी ...
  • धादिङको चैनपुर बाख्रा स्रोतकेन्द्रको रुपमा विकास हुँदै Mar 18, 2017 Arthatantraafv|f ;|f]ts]Gb|sf] ljsf; 
afv|f Joj;foLsf ¿kdf kl/lrt ePsL wflbª r}gk'/sL nfndfof zfSon] clxn] @( afv|f kfNb} . ahf/df v;Laf]sfsf] df;'sf] dfu a9b} uPsf]n] r}gk'/jf;L afv|f ;|f]t s]Gb|sf] ljsf;df cl3 a9]sf 5g . tl:a/ M ;Ltf/fd clwsf/L, dn]v' -wflbª_, /f;;
    धादिङ । बजारमा खसीबोकाको मासुको माग बढ्दै गएको अवस्थामा चैनपुरवासी बाख्रा स्रोत केन्द्रको विकासमा अघि बढेका छन् । दुई वर्षअघि दुई माउ र छ पाठा बाख्रापालन गर्नुपर्छ भनेर लागेकी चैनपुरकी लालमाया शाक्य अहिले बाख्रा व्यवसायीका रुपमा परिचित भएकी छन् । उनीसँग अहिले २९ बाख्रा छ । बाख्राका सुधारिएका राम्रा खोर बनाइएको छ । खरी जातको बाख्रा गोठमा पाल्न थालेपछि आम्दानी ...
  • के तपाई पशुपालन या खेती गर्ने सोचमा हुनुहुन्छ ? छ भने यो लेख तपाईका ला… Mar 17, 2017 Arthatantraagriculture-insurance
    कृषि क्षेत्र अहिलेको आम्दानीका हिसाबले उर्बर र फराकिलो क्षेत्र हो । नेपाल कृषि प्रधान देश भनेर हामीले सुन्दै आएको पनि हो, यो हामीलाई थाहा भएकै विषय हो ।  यति हुँदा हुँदै पनि कृषि क्षेत्रप्रति निराशा भइरहेको अवस्थामा आएको कृषि बीमा कार्यक्रममा पछिल्लो समयमा बल्ल कृषकहरुको चासो बढ्न पुगेकोछ । कृषि बीमाले गर्दा कृषकहरु आकर्षित भइरहेको समाचार जिल्ला जिल्लाबाट आइरहेकोछ । यस्तो अवस्थामा ...
  • भेडाको ऊन तथा मासुबाट १० करोड बढी आम्दानी Mar 17, 2017 Arthatantrasheep veda bhed vheda
    काठमाण्डौं ।  जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत खिला शर्मा घिमिरेका अनुसार उत्तरी भेगका २१ वटा गाविसमा रहेका ८१ वटा गोठमा करिब २० हजार भेडाबाख्रा रहेका छन् । उक्त स्थानको भेडाको ऊन तथा मासुबाट १० करोड बढी आम्दानी भएको छ । घुम्ती गोठमा पालिएका भेडाबाट वार्षिक २०० मेट्रिक टन मासु उत्पादन हुन्छ । भेडाको मासु प्रतिकिलो रु ५०० का दरले बिक्री ...
  • कम समयमै मनग्गे आम्दानी, मह बेचेरै वार्षिक सात लाख Mar 16, 2017 Arthatantrahoneybees mauri mahuri
    म्याग्दी । मङ्गला गाउँपालीका–१ कुहुँका गोविन्द केसीले मौरीपालनबाट वार्षिक रु सात लाख आम्दानी गरेका छन् । चार वर्ष साउदी अरब र सात वर्षसम्म इराकमा श्रम गरेका ३९ वर्षीय केसीले चार वर्षअघि गाउँ फर्किएर मौरीपालन सुरु गरेका हुन् । छिमेकी गाउँ डडुवाबाट तीन घार मौरी किनेर मौरीपालन सुरु गरेका केसीले गत वर्ष मौरीसहितका ९४ घार बिक्री गरी रु सात लाख आम्दानी गरेका ...
  • घट्यो चिज उत्पादन, वार्षिक १२ हजारबाट झरेर १ हजार किलोमा सीमित Mar 14, 2017 ArthatantraCheese
    सोलुखुम्बु । यस जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइ चौँरीगाईको दूधबाट उत्पादित चिज हो । निकै स्वादिलो स्थानीय चिज पर्यटकमात्र होइन यहाँका बासिन्दाले पनि खोजी खोजी किन्छन् । जिल्ला बाहिर जानेले कोसेलीका रुपमा चिजलाई लैजाने गरेका छन् । तर पछिल्लो समय चिज उत्पादनमा कमी आएको छ । सरकारले जिल्लामा चिज उत्पादनका लागि डेरी सञ्चालन गरेको ६० वर्ष तथा फार्म ...