Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • तरकारी खेतीबाट लाखौं कमाउँदै युवा, विदेश गएका पनि फर्किन थाले Feb 28, 2017 Arthatantratarkari
    काभ्रे। उग्रचण्डी नाला गाविस– ४ बुल्ले गाउँका ४० वर्षीय हरि सञ्जेल अहिले आर्थिक रुपमा निकै सवल छन्। विगत दुई वर्षदेखि करिब तीन रोपनी जग्गामा टनेल राखेर तरकारी उत्पादन गर्न थालेपछि उनी आर्थिक रुपमा सवल भएका हुन् । टनेल राखेर तरकारीखेती गर्न थालेपछि नसोचेको आम्दानी गर्न सकेको सञ्जेल बताउँछन् । टनेल खेतीबाट एक वर्षमै एक रोपनी जग्गाबाट रु दुई लाख ५० हजार ...
  • पशु बिमामा बढ्दो आकर्षण, एकै जिल्लाबाट उठ्यो करिब ९ करोड राजस्व Feb 27, 2017 Arthatantraanimal insurance pashu bima
    काठमाण्डौं । पशुको बिमाबाट दोलखा जिल्लामा हालसम्म आठ करोड ९२ लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । पशु सेवा कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्र करिब चार हजार पशुको बिमा गरिएको छ । पशु पालनमा किसानको आकर्षण बढ्दै गएको र माघ महिनामा मात्रै तीन सय ८१ पशुको बिमा गरिएको छ । जसको बिमित रकम रु एक करोड १५ लाख ...
  • पोखरामा बर्ड फ्लु भेटियो,सरकारद्धारा संकटग्रस्त क्षेत्र घोषणा ! Feb 25, 2017 Arthatantrabird_flu
    पोखरा । यस वर्ष नेपालमै पहिलोपटक पोखरामा बर्ड फ्लु भेटिएको छ । पोखरा वडा नम्बर १८ खाल्टेमसिनामा बर्ड फ्लु भेटिएको हो । करीब ६ वर्षअघि बर्ड फ्लु भेटिएपछि लगातार ३ वर्ष बर्ड फ्लु देखिएपनि त्यसपश्चात नदेखिएको बर्ड फ्लु यस वर्ष पुनः देखा परेको हो । पोखराको खाल्टेमसिनास्थित मिना परियारले पालेको हाँस तथा कुखुरामा बर्ड फ्लु भेटिएको पशु चिकित्सक एवम् सूचना अधिकृत ...
  • तरकारी खेतीबाट ८ लाख आम्दानी Feb 24, 2017 Arthatantratomato-farming
    पाँचथर । फिदिम नगरपालिका–२ का भवानीप्रसाद काफ्लेलाई अहिले तरकारी खेती गर्न भ्याई नभ्याई छ । उनले बारीमा अहिले १४ हजार काउलीका बिरुवा लगाइसकेका छन् । बेमौसमी तरकारी स्क्वास, फर्सी, काँक्रा लगाउन उनलाई हतारो भएको छ । विसं २०४७ देखि कृषि पेसा अङ्गालेका काफ्ले कृषि क्षेत्रमै महत्वपूर्ण योगदान पु¥याएको भन्दै विभिन्न निकायबाट सम्मानित समेत भइसकेका छन् । कृषि क्षेत्रको आम्दानीबाटै उनले पक्की ...
  • थाहा पाउनुभो तपाईले ? साढे १९ करोडको सेयरमा दुई अर्बको आवेदन ! Feb 24, 2017 ArthatantraKrishi Bikash Bank Logo
    काठमाण्डौं । कृषि विकास बैंकको १९ लाख ६८ हजार पाँच सय ७५ कित्ता सेयर बोलकबोलमा झण्डै दुई अर्ब रुपैंयाको सेयर आवेदन परेकोछ । बैंकले गत कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म दुई बराबर एक कित्ताको अनुपातमा एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि आवेदन खुला गरेको थियो । जसमध्ये हकप्रदमा आवेदन नपरेको १९ लाख ६८ हजार ...
  • व्यापारीसँग प्रतिस्पर्धा गर्न नसक्दा खाद्य संस्थानले धान पाएन Feb 22, 2017 Arthatantradhan paddy
    वीरगन्ज। व्यापारीसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाल खाद्य संस्थान वीरगन्ज शाखा यस वर्ष धान खरिद गर्ने लक्ष्य हासिल गर्न असमर्थ रहेको छ । संस्थानले चालु आवमा ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा हालसम्म रु दुई करोड सात लाखको नौ हजार क्विन्टल मात्र खरिद गर्न सकेको छ । संस्थानले तोकेको मूल्यभन्दा गल्ला व्यापारीले बढी मूल्य दिने ...
  • तरकारीको मूल्यमा कमी आएपछि किसान मारमा Feb 21, 2017 ArthatantraVegetables
    काभ्रे। बजारमा तरकारीको मूल्यमा कमी आएपछि नालाका किसान मारमा परेका छन् । व्यापारीले गत साता प्रतिकिलो रु १२ मा मुला किन्ने गरेका थिए । तर मङ्गलबार बजारमा पुग्दा प्रतिकिलो रु ९ मात्र दिएको टुकुचा नाला– ८ का गङ्गा घिमिरेले बताए । उनी आफूले उत्पादन गरेको तरकारी दैनिक उग्रचण्डी कृषि बजारमा ल्याएर बिक्री गर्छन् । “दुई घन्टा हिँडेर तरकारी बिक्री गर्न आउँछु, ...
  • छाक टार्नै गाह्रो हुने परिवारको बाख्रापालनबाट फेरियो जीवन Feb 20, 2017 ArthatantraGoats in Nepal
    बागलुङ । जिल्लाको दमेक–८ की टुल्की थापा सापकोटाको दैनिकी हिजोआज मेलापात र घरधन्दामा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा धान्ने टुल्कीको परिचय अहिले उद्यमीका रुपमा गनिएको छ । पाँचवर्षअघि व्यावसायिक रुपले सुरु गरेको बाख्रापालनले उनलाई यथेष्ट आम्दानी दिन थालेकाले उनी सफल उद्यमी बन्नुपुगेकी छिन् । हेफर इन्टरनेसनल नेपालको सहयोगमा दीपज्योति युवा क्लबले चलाएको परियोजनामा आबद्ध भएपछि टुल्कीको जीवनमा परिवर्तन ...
  • च्याउ उत्पादन गर्दै कक्षा ९ का विद्यार्थी Feb 19, 2017 Arthatantrachyau
    महोत्तरी । महोत्तरी लक्ष्मिनियाँ–७ स्थित राष्ट्रिय उच्च मावि कान्तिबजारको कक्षा ९ मा अध्ययनरत प्राविधिकतर्फका विद्यार्थीले आधुनिक प्रविधिद्वारा च्याउखेती उत्पादन गर्दै आएका छन् । सो विद्यालयमा कृषि विज्ञानतर्फ अध्ययनरत् ४८ जना विद्यार्थीले स्थानीयस्तरमा पाइने सामग्रीको प्रयोगले विद्यालयको एउटा अँध्यारो कोठामा परीक्षणका क्रममा सामूहिक रुपमा च्याउ उत्पादन गर्दै आएका हुन् । च्याउ उत्पादनका लागि उनीहरुले गाउँघरमै पाइने धानको भुस, पोलिथिनको ब्याग एवम् च्याउको ...
  • कृषकलाई ५० प्रतिशतसम्म अनुदान दिने घोषणा ! Feb 18, 2017 ArthatantraFarming instrument
    काठमाडौ। सरकारले आधुनिक कृषि औजार प्रयोग गरी कृषि पेसालाई बढवा दिने कृषकलाई ५० प्रतिशतसम्म अनुदान दिने तयारी गरेको छ । शुक्रबार नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ, फ्युचर एक्स प्रालि र मिडिया स्पेस सोलुसन प्रालिले संयुक्त रुपमा गरेको प्रथम अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा कृषि विकास मन्त्री गौरीशङ्कर चौधरीले कृषिलाई आधुनिकीकरण गर्न नसक्दासम्म देश कृषि पेसामा आत्मनिर्भर बन्न नसक्ने बताए । उनले युवा पुस्तालाई ...