Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषकहरु उत्साहित Feb 5, 2017 Arthatantrafarmer krishi kisan
    वीरगन्ज । प्रदेश नं २ अन्तर्गत बारा जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि त्यस भेगका किसान हर्षित र उत्साहित भएका छन्। बारा जिल्लाको ऐतिहासिकस्थल सिमरौनगढमा परियोजनाको कार्यालय स्थापना भएपछि त्यस क्षेत्रमा उत्कृष्ट क्षेत्र मत्स्यपालन कार्यक्रम अघि बढाइएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बारा, (मत्स्य उत्कृष्ट क्षेत्र) वार्षिक स्वीकृति कार्यक्रमअनुसार वर्तमान सरकारले रु ३६ करोड विनियोजन गरेर त्यस ...
  • भ्यालेन्टाईन डेमा १ करोडको गुलाबको कारोबार, कतिले यो दिवस मनाउँछन् त ? Feb 4, 2017 Arthatantrared-rose
    काठमाडौ। पे्रमको प्रतीक मानिने रातो गुलाब यस वर्षको लागि भारतबाट रु ५० लाख बराबरको आयात गरिने भएको छ । स्वदेशी उत्पादनले नधानेपछि हरेक वर्ष भारतबाट फूल आयात हुँदै आएको छ । ल्याइएका फूलमध्ये ४० प्रतिशत काठमाडौँ उपत्यकामा र अन्य बाँकी देशका मुख्य सहरमा खपत हुने गरेको नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिए । उनका अनुसार पछिल्लो समय नेपालमा ...
  • एउटै जिल्लाले बेच्यो १२ करोडको सुन्तला Feb 2, 2017 Arthatantraoranges
    इलाम। इलामका किसानले यस वर्ष एक हजार ९९५ मेट्रिक टन सुन्तला उत्पादन गरी  ११ करोड ९७ लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन् । यहाँ उत्पादन भएको सुन्तला झापा, मोरङ तथा भारतको दार्जिलिङ, सिलिगुढीलगायतका बजारमा बिक्री भएको हो । सुन्तला सरदर प्रतिकिलो  ६० रुपैयाँका दरले बिक्री भएको किसानले बताएका छन् । तराईका व्यापारी कृषकको बगानसम्म सुन्तला खरिद गर्न आएका कारण बजारको खासै समस्या ...
  • अब पाँच प्रतिशत ब्याजमै सजिलैसँग चाहे जति कर्जा पाइने Feb 2, 2017 ArthatantraLoan
    काठमाण्डौं। सरकारले ल्याएको ‘युवालाई कृषि कर्जा’ स्किम अन्तर्गत राष्ट्र बैंकले कृषि कर्जाको सीमा बढाउँदै ब्याज घटाउन लागेपछि ५ प्रतिशत ब्याजमै सजिलैसाग आफूले चाहेजति कर्जा पाइने भएकोछ । यसअघि ६ प्रतिशत ब्याजमा एक करोड रुपैयाँसम्म कृषि ऋण पाइन्थ्यो । राष्ट्र बैंकले अर्थ मन्त्रालयसँग स्वीकृति लिएर यसको ब्याज घटाउँदै सीमा बढाइदिएको हो। सरकारले यो स्किममा पाँच प्रतिशत ब्याज अनुदान दिने छ। यसको कुल ...
  • कुखुराजन्य पदार्थमा वैदेशिक लगानी भित्र्याउन दिनुहुन्नः व्यवसायी Feb 1, 2017 Arthatantrablack hen
    चितवन। व्यवसायीले आत्मनिर्भर भएको दाबी गरिरहेको कुखुराजन्य पदार्थमा वैदेशिक लगानी भित्रन दिन नहुने माग गरेका छन् । तर जिल्लाका ठूला व्यवसायीको सहकार्यमा वैदेशिक लगानीमा दाना उद्योग यहाँ सञ्चालन भइरहेका छन् । मुख्यरुपमा भारतीय र चिनियाँ व्यापारी नेपालमा कुखुराजन्य पदार्थमा लगानी गर्न इच्छुक देखिएका छन् । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शङ्करप्रसाद कँडेलका अनुसार चितवनमा मात्र चिनियाँ लगानीमा बेलहोप र भारतीय लगानीमा स्काइ ...
  • कुटो कोदालो बोकेर बिद्यालय, कोहि बेरोजगार बन्नुपर्दैन ! Feb 1, 2017 ArthatantraFarming instrument
    खोटाङ। विद्यालय भन्नेबित्तिकै बिहान बेलुका घरको काम भ्यायो, दिउँसो कक्षामा सरहरुले पढाएको किताबको पाठ पढ्यो र फर्कियो । बेलुका घरमा आएर गृहकार्य ग¥यो अनि फेरि भोलिपल्ट विद्यालय गएर सरलाई बुझायो । नेपालको शिक्षा नीति यसैको परिधिभित्र रुमल्लिएको छ । अहिलेको पुस्ताले आर्जन गरेको शिक्षा किताबी ज्ञानमा मात्र सीमित छ, व्यावहारिक छैन । देशविदेशका ठूल्ठूला शिक्षाविद्ले लेखेका पुस्तक पढ्यो, अन्त्यमा पढायो–पढायो पाठ, ...
  • २४ करोड रुपैयाँ बराबरकोे घरेलु मदिरा उत्पादन Jan 31, 2017 Arthatantranepali wine alcohol
    काठमाण्डौं । तेह्रथुममा बार्षिक उत्पादित २४ करोड रुपैंयाँ बराबरको खाद्यान्न घरेलु मदिरा वनाउन प्रयोग हुने गरेको एक तथ्याङकले देखाएको छ । जिल्लामा उत्पादन हुने धान, मकै, कोदो, गहुँ, जौ लगायत ८ हजार मेट्रिकटन खाद्यान्य घरेलु मदिरा बनाउन प्रयोग भैरहेको जिल्ला कृषि विकास कार्यालयले गरेको अध्ययनले देखाएको छ । जिल्लामा उत्पादित खाद्यान्न ५७ हजार मेट्रिकटन मध्ये ८ हजार मेट्रिकटन घरेलु मदिरा बनाउन ...
  • फलफूल बजारमा खुल्यो जुत्ता चप्पलप र कपडा पसल Jan 30, 2017 ArthatantraVegetables
    खोटाङ । सदरमुकाम दिक्तेलको हाटडाँडा र स–छितापोखरीस्थित पञ्चमीबजारमा निर्माण गरिएको फलफूल तथा तरकारी बिक्री केन्द्रमा जुत्ता, चप्पल र कपडा पसल पनि सञ्चालन गरिएको छ । ग्रामीण पहुँच कार्यक्रम र्यापले चार वर्षअघि निर्माण गरेको बिक्री केन्द्रमा अहिले जिल्लाका ठूला व्यापारीले जुत्ता, चप्पल र कपडा पसल सञ्चालन गर्ने गरेका हुन् । कृषकका लागि भनेर निर्माण गरिएका पक्की छाप्रामा अहिले ठूला व्यापारीले कब्जा जमाएर ...
  • सुन्तला खेतीले रोक्यो विदेश पयालन, एउटै घरले कमाउँछन् ४ लाख Jan 27, 2017 ArthatantraOrange tree 1
    पाल्पा । स्थानीय छहरा गाविस–५, बाहुनटोलका किसानले रु एक करोड बराबरको सुन्तला बिक्री गरेका छन् । व्यावसायिक सुन्तलाखेती गर्न थालेसँगै यहाँका युवा विदेश पलायन हुने क्रम समेत रोकिएको छ। व्यावसायिक रुपमा सुन्तलाखेती गर्न थालेपछि यहाँका ४६ घरपरिवारले सुन्तलाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । सुन्तला किसानले एउटै याममा प्रतिव्यक्ती रु ५० हजारदेखि रु चार लाखको सुन्तला बिक्री गर्दै आएका स्थानीय दुर्गा ...
  • ध्यान दिनुपर्ने पाटो सम्झिनोस्ः नेपालको अलैँची–अदुवा विश्वमै स्वादिलो Jan 25, 2017 Arthatantraelaichi-ginger
    अलैँची र अदुवामा सोध गरिरहेका विभिन्न देशका अनुसन्धानकर्ता र प्राध्यापकले नेपालको अलैँची तथा अदुवा अब्बल रहेको बताएका छन् । पूर्वी पहाडी जिल्लाको अलैँची र अदुवा खेतीको अध्ययन–अवलोकन तथा किसानसँग छलफल गरेर झापा फर्किएको टोलीले मङ्गलबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा त्यस्तो प्रतिक्रिया दिएका हुन् । स्विट्जरल्यान्डको बेन युनिभर्सिटीका प्रोफेसर हान्स पिटर न्वयले नेपालको अलैँची निकै स्वादिलो र सुगन्धित रहेको बताए । नेपाली ...