Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • ऊखु उत्पादनमा कमी आएपछि यो वर्ष चिनीको भाउ बढ्ने Jan 24, 2017 ArthatantraUkhu
    काठमाण्डौं । यो वर्ष चिनी उत्पादन ३० प्रतिशतले घट्ने भएको छ । गत वर्षको तुलनामा ऊखु उत्पादनमै कमि आएपछि चिनी उत्पादन घट्ने निश्चित भएको छ । यो बर्ष ऊखु उत्पादनमा धेरै कमि आएपछि चिनी उत्पादन घट्ने भएको हो । नेपालमा गत वर्ष १ लाख ४० हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो । यो वर्ष सोको तुलनामा ३० प्रतिशतभन्दा बढीले कमि ...
  • ५८ जिल्लामा अल्लो सचेतना कार्यक्रम हुने, एक लाख महिलालाई रोजगारी दिने Jan 23, 2017 Arthatantraallo अल्लो
    काठमाण्डौँ । उद्योग मन्त्रालयले फागुनको पहिलो हप्ताबाट देशको ५८ जिल्लामा अल्लो सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । उद्योग मन्त्री नवीन्द्रराज जोशीले खेरजाने कच्चा पदार्थलाई उपयोग गरी रोजगार सिर्जना गर्ने उद्देश्यले  अल्लो सचेतना कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए।उद्योग मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन गरी उनले यो जानकारी दिएका हुन्। मन्त्री जोशीले पहिलो चरणमा ११ र पछिल्लो चरणमा ११ गरी २२ जिल्लामा ...
  • तरकारी किन्दा ढाडै सेकियो ? अब गर्नुहोस् कौसी खेती Jan 22, 2017 Arthatantratarkari kausi kheti nepal
    काठमाण्डौं । गाउँघरमा प्रसस्त जग्गा जमिन हुने भएकाले ताजा तरकारी उत्पादन गरेर विषादीरहित तरकारी सेवन गर्न सक्ने भए। तर शहरमा ठूलो संख्यामा रहेको जनसंख्या नै विषादीयुक्त तरकारी प्रयोग गरिरहेको छ। घरमात्र भएको सहरमा बजारको भर पर्नुको विकल्प कसरी खोज्ने ? हाल विकल्पको रुपमा प्रयोगमा आउन थालेको छ कौसी तथा करेसावारी। अर्थात घरको वरीपरीको खाली ठाउँ, घरको छत, कौसीमा पनि तरकारी खेती ...
  • किसानको सक्रियतामा बीउ बैंक स्थापना Jan 21, 2017 Arthatantraseed-mandala
    महोत्तरी । महोत्तरीको सीतापुर भङ्गहाका किसानले आफ्नै सक्रियतामा व्यावसायिक रुपमा बीउ बैंक स्थापना गरेका छन् । बजारबाट महँगो मूल्यमा खरिद गरेर ल्याएको बीउबिजनबाट ठगिएपछि उत्पादन बढाउन उनीहरुले आफै बीउ बैंक स्थापना गरेका हुन् । नक्कली बीउकै कारण उत्पादन घटेर पिरोलिएका किसान गढीमाई कृषि सहकारीमार्फत रैथाने जातको बीउ जोगाउनमा लागेका छन् । जिल्ला कृषि विकास कार्यालयले किसनालाई ५० प्रतिशत अनुदानमा आधुनिक जातको ...
  • सिमे सागबाटै हुन्छ ४ लाखसम्म आम्दानी Jan 20, 2017 Arthatantrabw-watercress-sime saag khole saag
    मोरङ । जिल्लाको पथरी शनिश्चरे नगरपालिकास्थित जिरिखिम्तीका किसानहरु बगरकै खेतीबाट आफ्नो जीविकोपार्जन गरिरहेका छन् । सागसब्जीमध्ये अर्गानिक मानिने सिमे सागको खेतीबाट एक सिजनमा १० हजारदेखि ४ लाख रुपैयाँसम्म आम्दानी हुने कृषकको भनाइ छ । पानीमै उम्रने सिमे सागको खेतीले उनीहरुको जीवन चलिरहेको छ । स्थानीय मोरङ्गी खोलाको बगरमा सिमे सागको खेती गरी स्थानीयवासीले मनग्गे आम्दानी गरिरहेका छन् । सिमे साग रोपेको ...
  • तीतेपाती लगायतबाट बनेको सुगन्धित तेल युरोप र अमेरिकी बजारमा Jan 20, 2017 Arthatantrabanaspati oil
    रोल्पा । जिल्लामा उत्पादन तथा प्रसोधन गरी तयार गरिएको सुगन्धित तेल भारत, युरोप हुँदै अमेरिकासम्म पुग्ने गरेको छ। यसबारेको जानकारी आईडीई नेपाल, जडिबुटी तथा सुगन्धित तेल कार्यक्रमका अधिकृत विजय श्रेष्ठले दिए। उनका अनुसार कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाले रोल्पा जिल्लाको मिझिङ गाविसमा करिब अढाइ वर्ष पहिलेदेखि क्यामोमिल, मेन्था, सिट्रोनिला, पामारौजालगायतका सुगन्धित तेलको उत्पादन गर्दै आएको भएपनि दुई वर्षदेखि जडिबुटी प्रसोधन ...
  • पिरो खुर्सानी स्वास्थ्यका लागि फाइदाजनक Jan 19, 2017 Arthatantrachili-khursani, kursani, piro
    काठमाण्डौं । पिरो खानेकुरा रुचाउनु हुन्छ ? भर्खरैको एउटा अनुसन्धानको रिपोर्ट तपाईँका लागि खुसीको खबर हुनसक्छ। रिपोर्ट भन्छ– पिरो खुर्सानीले तपाईँलाई धेरै बाँच्न सघाउन सक्छ। युनिभर्सिटी अफ भर्मोन्टको लार्नर कलेज अफ मेडिसिनले गरेको बृहत् अनुसन्धानको नजिता हो यो। कम्तिमा १८ वर्ष पुगेका १६ हजार १७९ जनाको २३ वर्षसम्म फलोअप गरी गरिएको अध्ययनको निचोड थियो यो। अनुसन्धानकर्ताहरुले सहभागीहरुको पिरो खुर्सानी उपभोग गर्ने बानी ...
  • अण्डाको मूल्य घट्यो ! Jan 18, 2017 Arthatantraeggs
    चितवन । नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य समायोजन गरेको छ । संघले अण्डा प्रति क्रेट १० रुपैया सस्तो बनाएको हो । चर्को मूल्यमा अण्डा खरिद गर्दै आएका उपभोक्तालाई केही राहत स्वरुप मूल्य समायोजन गरिएको संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले बताए । मंगलबारदेखि लागू हुनेगरी ठूलो अण्डा फार्म मूल्य ३४५ र बिक्री मुल्य ३५० तथा मिडियम अण्डा प्रति क्रेट फार्म मूल्य ...
  • हेलो सरकार ! भकाभक पशुचौपाया मरे, तर पशु चिकित्सक छैनन् ? Jan 17, 2017 ArthatantraHelloSarkar
    जाजरकोट। जाजरकोटको दुर्गम गर्खाकोट–४ मा भकाभक गाई, गोरु मर्न थालेपछि किसान मर्कामा परेका छन् । टाउको सुन्निने, ¥याल निकाल्ने र घाँस खानछोडेलगत्तै गाईगोरु मर्ने गरेका स्थानीयवासी तथा दीपेन्द्र प्राविका प्रधानाध्यापक वीरबहादुर शाहीले जानकारी दिए । दैनिक गाई, गोरु, बाख्रा, भेडा दर्जनौँको हिसाबले मरेपनि गर्खाकोटमा रहेको पशु सेवा कार्यालयमा कर्मचारी नहुँदा किसान मर्कामा परेका हुन् । विगत दुई महिनादेखि यहाँको पशु सेवा ...
  • क्रिकेट मैदानमा तरकारी फल्न थालेपछि … Jan 17, 2017 Arthatantracricket
    काठमाण्डौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा अवस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान खेलकुद विकासको ठेक्का लिएका पदाधिकारीको चरम लापरवाहीका कारण तरकारी खेतीमा परिवर्तन हुन थालेको छ। सन् १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि कीर्तिपुर मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानको रुपमा निमार्ण गर्न नेपाल क्रिकेट संघ (क्यान) को तत्कालिन नेतृत्वले त्रिभुवन विश्वविद्यालयसँग सम्झौता गरेको थियो। यही मैदानले विगतमा नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको भार ...