Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • पोल्ट्री महासंघले पायो नयाँ नेतृत्व, अध्यक्षमा चुनिए गुणचन्द्र विष्ट Jan 16, 2017 Arthatantrahen with egg isolated on white
    काठमाण्डौं । नेपाल पोल्ट्री महासंघको अध्यक्षमा गुणचन्द्र विष्ट निर्विरोध चयन भएका छन्।महासंघको तेस्रो साधारणसभाबाट उनी निर्विरोध चयन भएका हुन्।२०६८ मा स्थापना भएको महासंघमा ५६ जना सदस्य छन्। महासंघका उपाध्यक्षमा नारायणहरि खत्री,टिकाराम पोखरेल र अर्जुनकुमार अर्याल चयन भएका छन्।महासंघको महासचिव,सचिव र कोषाध्यक्षमा क्रमशः दिनेशराज मिश्र, शिवराम केसी र बाबुराजा रावल चयन भएका छन्। महासंघको सदस्यहरुमा डा. रुपेन्द्र चौलागार्इँ,चन्द्रमान श्रेष्ठ,डा. तिलचन्द्र भट्टरार्इ,जंगबहादुर बेल्वासे,तेजनारायण पाण्डे,उमेशचन्द्र ...
  • पैसा नलाग्ने टोल ‘फ्रि’नम्बरबाट कृषि सेवाःनं कति हो टिपिराख्नुस् ! Jan 15, 2017 Arthatantratoll-free number
    तेह्रथुम। जिल्ला कृषि विकास कार्यालयले दुर्गम र दुरदराजका किसानलाई कार्यालयबाटै प्राविधिक परामर्शका लागि टोल ‘फ्रि’ नम्बरबाट सेवा दिन थालेको छ । कृषि प्राविधिकको सङ्ख्या थोरै रहेको र प्रत्येक किसानसम्म पुगेर सेवा दिन अफ्ठ्यारो परेकाले किसानको सजिलोका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए । किसानले फोन गर्दा पैसा नलाग्ने हुँदा आफ्नो खेतीबालीमा सामान्य प्रकृतिका रोगकीरा ...
  • हेला गरिएकै अन्नबालीको माग बढेपछि जुम्लामा यस्तो भयो ! Jan 13, 2017 ArthatantraJau Bali
    जुम्ला। अत्यन्तै हेलाका रुपमा हेरिने कर्णालीमा उत्पादित जौ बालीको माग पछिल्लो समयमा बढ्न थालेपछि यसको निर्यातमा वृद्धि हुन थालेको छ । यातायातले कर्णाली क्षेत्र नजोडिउन्जेल धान पछि बढी उत्पादन गरिने जौ बाली उपभोग पनि बढी नै गरिन्थ्यो । तर सडक खुलेसँगै यसको उत्पादनमा कमी आएको छ । यो बालीलाई हेलाका रुपमा हेरिने गरिएको थियो । बालीको महत्व र यसको गुण अवगुणका ...
  • जानीराख्नोस्,एक खर्ब ३० अर्ब ७४ करोडको परियोजना सुरु ! Jan 12, 2017 Arthatantraproject-schedule
    भक्तपुर। कृषि विकास मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (आलु जोन)सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरमा आयोजित कार्यक्रममा आलु जोन क्षेत्रको घोषणा गरेका हुन् । परियोजनाअन्तर्गत चालु आवमा जिल्लाका लागि रु दुई करोड ९५ लाखको बजेट विनियोजन भएको कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढु्ङ्गानाले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना यसै आवदेखि सुरु भई आगामी ...
  • उपत्यकाका विभिन्न स्थानबाट तरकारीमा विषादिको मात्रा परीक्षण सुरु Jan 11, 2017 ArthatantraVegetables
    ललितपुर । किसानले विषादी हालेको तरकारी कालीमाटी बाहेक अरु बजारमा बिक्री गर्न थालेपछि बाली संरक्षण निर्देशनालयले उपत्यकाका अन्य स्थानमा समेत विषादी परीक्षण सुरु गरेको छ ।उपत्यकामा तरकारी र फलफूल भित्रने नाकालाई लक्षित गरेर परीक्षण थालिएको बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले जानकारी दिए) । थानकोट, फर्पिङ, बालाजु, जगातीलगायत उपत्यकामा तरकारी भित्रने नाका लक्षित गरेर तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण ...
  • यही आर्थिक वर्षबाट किसानले पेन्सन पाउने, प्रतिवेदन तयार Jan 10, 2017 Arthatantrafarmer nepal
    काठमाण्डौं । सरकारले चालू आर्थिक वर्ष ०७३÷७४ बाट किसानलाई पेन्सन वितरण गर्ने तयारी गरेको छ। पेन्सन कोष खडा गरी किसान र सरकारले रकम जम्मा गर्ने अवधारणा अघि सारिएको छ। कृषि विकास मन्त्रालयले किसानलाई पेन्सन वितरण गर्ने विषयमा अध्ययन गरि प्रतिवेदन तयार गरिसकेको छ। अध्ययनको जिम्मा पाएको नेपाल वैकल्पिक अध्ययन समाजले प्रतिवेदन मन्त्रालयलाई बुझाइसकेको छ। जसमा किसानलाई पाँच भागमा वर्गीकरण गरिएको छ ...
  • सोखले रोपिएको एउटा रुख, जसले वार्षिक पचास हजार दिन्छ Jan 9, 2017 Arthatantraavocado-farm in Nepal
    कास्की  । पोखरा उपमहानगरपालिका–१७  विरौटीकी विष्णुमाया शर्माकाे घरमा एभाेकाडाेकाे एउटा रूख ९ बर्ष अघि साैखले राेपियाे । साैखका रूपमा राेपिएकाे त्यहि एभाेकाडाेकाे रूखले अहिले विष्णुमायालार्इ वर्षकाे पचास हजार रूपैँया भन्दा बढी कमाइदिएकाे छ । नौ वर्षअघि  राेपेकाे एभोकाडोको बिरुवाले लगाएको पाँच वर्षपछि लगातार फल दिँदैआएको थियाे । याे वर्ष आफूले खाएर अनि इष्टमित्रलाई चखाएर बाँकी रहेकाे दुई सय केजी फल बिक्री ...
  • यसवर्षको धान उत्पादन हालसम्मकै अधिक ! Jan 7, 2017 ArthatantraPaddy
    काठमाडौ। खेतीयोग्य जमिन क्रमशः बाझो हुँदै गएपनि नेपालको प्रमुख खाद्यान्नबाली धान उत्पादनमा २१ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष बढेर ५२ लाख ३० हजार मेट्रिक टन उत्पादन भएको छ । यो उत्पादन हालसम्मकै उच्च हो । आर्थिक वर्ष ०६९/७० मा १५ लाख ३१ हजार ४९३ हेक्टर ...
  • दैनिक २० करोडको मासु खान्छन् राजधानीबासी Jan 6, 2017 Arthatantrameat
    काठमाण्डौं । राजधानीमा दैनिक २० करोडको मासु खपत हुने गरेको छ। खसीबोका, कुखुरा, बंगुर, राँगाभैँसी र माछा गरेर दैनिक करिब ६ लाख २३ हजार केजी खपत हुने गरेको छ। यसरी खपत हुने मासुको मूल्य १९ करोड ७६ लाख पर्दछ। नेपाल माछामासु व्यवसायी संघको तथ्याङ्कअनुसार उपत्यकामा सबैभन्दा धेरै कुखुराको मासु खपत हुने गर्दछ। कुखुराको मासुमा नेपाल आत्मनिर्भर रहेको संघले जनाएको छ। कुखुराबाहेक, राँगाभैँसी, ...
  • आलु र आलु बीउमा आत्मनिर्भर बन्न सरकारको कदम, निजी क्षेत्रलाई अनुदान दि… Jan 5, 2017 Arthatantrapotato aalu
    काठमाण्डौं । सरकारले माघ मसान्तभित्र पूर्व मूलबीउ आलु उत्पादनका लागि टिस्युकल्चर प्रयोगशाला स्थापना र स्क्रिन हाउस सुदृढीकरण गर्न निजी क्षेत्रलाई अनुदान उपलब्ध गराउने भएको छ । आलु र आलु बीउमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारी निकाय आलुबाली विकास कार्यक्रम, खुमलटारले कार्यविधि, २०७३ स्वीकृत गरी निजी क्षेत्रलाई अनुदान दिन लागेको हो । राष्ट्रिय आलु विकास कार्यक्रमका प्रमुख डा हरिबहादुर केसीका अनुसार सामान्य प्रक्रिया ...