Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • जिल्लामै फल्यो ९ करोडको सुन्तला, एक किसानको भागमा ६ लाख सम्म ! Jan 4, 2017 ArthatantraOrange tree 1
    जाजरकोट । यस वर्ष जाजरकोटमा मात्रै नौ करोड रूपैँया बराबरको सुन्तला उत्पादन भएको छ । गत वर्षभन्दा पाँच प्रतिशतले उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा श्रीराम घिमिरे जानकारी दिए । ढिमे, डाँडागाउँ, लहँ, खलङ्गा, खगेनकोट, पैक, झाप्रा, कार्कीगाउँ, पुन्मा, भुरलगायत गाविसमा सुन्तला उत्पादनमा वृद्धि भएको हो । सुन्तलाखेतीको लागि अनुकूल मौसम भएका कारण उत्पादनमा वृद्धि ...
  • प्रति हेक्टर तीन लाख अनुदान र छिट्टै मुनाफा पाएपछि माछापालनमा युवाको आ… Jan 3, 2017 ArthatantraFish
    मोरङ । जिल्लाका युवा कृषकको माछापालनमा आकर्षण बढ्दै गएको छ । सरकारले माछापालनमा अनुदान प्रदान गर्ने र अरु बालीभन्दा छिट्टै मुनाफा हुने भएकाले युवा कृषकको माछापालनतर्फ आकर्षण बढेको हो । माछापालनतर्फ कृषकको आकर्षण बढेसँगै मोरङमा धमाधम माछा पोखरी खन्ने क्रम बढेको छ ।सरकारले मोरङ जिल्लामा धान, माछा र तरकारी उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।  जिल्लामा माछा मिसन कार्यक्रम सञ्चालन ...
  • वर्षे बालीको उत्पादन सुखद, झण्डै ९ लाख ३१ हजार मेटि«क टनले धानको उत्पा… Jan 2, 2017 ArthatantraRice plant
    काठमाण्डौं । यो वर्ष प्रमुख वर्षे बालीहरुको उत्पादन सुखद् रहेको तथ्याङ्कले देखाएको छ । कृषि मन्त्रालयले प्रमुख वर्षे बालीहरुको प्रारम्भिक उत्पादन सम्बन्धी तथ्यांक सार्वजनिक गर्दै बर्षे बालीहरुको उत्पादन यस वर्ष सुःखद रहेको जानकारी दिएको छ । बाली सम्बन्धि कृषि तथ्यांक शाखाले संकलन गरेको विवरण सार्वजनिक गर्दै मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले बाली उत्पादनका दृष्टिले यो वर्ष सुःखद रहेको बताए । बालीको उत्पादन ...
  • १ लाख रुपैंयाको कृषक हितकोष स्थापना ! Jan 1, 2017 ArthatantraAgriculture
    म्याग्दी। म्याग्दीको भकिम्ली–२ छेपारेका बासिन्दाले कृषक हितकोष स्थापना गरेका छन् । छेपारेमा रहेको मिलीजुली कृषक समूहले एक लाख रुपैयाँको कृषक हितकोष स्थापना गरेको हो । समूहमा आबद्ध १६ जना कृषकले मासिक रुपमा बचत सङ्कलन र सामूहिक तरकारीखेती मार्फत भएको आम्दानीले कोष स्थापना गरिएको सदस्य रुद्र श्रीसले जानकारी दिए । कोषमार्फत विपन्न समुदायका कृषकलाई मलबीउ खरिदका लागि सहुलियत ब्याजदरमा रकम उपलब्ध गराउने ...
  • धादिङका ६४ कृषक पुरस्कृत Dec 31, 2016 Arthatantradhading-Mahotsab 5TH Logo
    धादिङ। जिल्ला कृषि विकास कार्यालयले १६ बाली÷वस्तु तथा विधाका ६४ कृषकलाई पुरस्कृत गरेको छ । धादिङ महोत्सवका अवसरमा आयोजित कृषि मेलामा सहभागी कृषकमध्ये मूल्याङ्कनका आधारमा तिनलाई पुरस्कृत गरिएको हो । सोअनुसार आलु बाली समूहमा सावित्री सुनुवार, खाद्यान्न बाली समूहमा टीका त्रिपाठी, दलहन÷तेलहन बाली समूहमा निर्मला समूह, नगदेबाली समूहमा सेम्जोङ साना किसान कृषि सहकारी, केरा बाली समूहमा सीता अधिकारी, सुन्तला बाली समूहमा ...
  • कृषि विकासले प्रस्ताव गर्यो २० प्रतिशत बोनस सेयर, हकप्रद भर्नेले पनि प… Dec 29, 2016 ArthatantraKrishi Bikash Bank Logo
    काठमाण्डौं । कृषि विकास बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आज बिहीबार बसेको संचालक समितिको बैठकले उक्त बोनस सेयर यसअघि बिक्री गरेको हकप्रद सेयर किन्नेलाई समेत प्रदान गरिने निर्णय गरेको छ । बैंकले २० प्रतिशत बोनसका साथै कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । बैंकले अघिल्लो महिना मात्रै ...
  • गहुँमा सिँचाइ गर्नुपर्ने बेला साँसदका बीउका कुरा ! Dec 28, 2016 ArthatantraWhitecone
    काठमाडौ। गहुँमा सिँचाइ गर्ने समय घड्कन लागिसकेको बेला ससदमा गहुँको बीउका बारेमा छलफल भएको छ । व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिको आजको बैठकमा गहुँको बीउ तथा हिउँदे बालीका लागि रासायनिक मल आपूर्तिको अवस्था वारे छलफल भएको हो । धान, मकैपछिको तेस्रो प्रमुख बालीका रुपमा रहेका गहुँ कृषिको कुल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान गरेको छ । बैठकमा सांसद शिवकुमार मण्डलले भने– ...
  • च्याउखेतीबाट मासिक ६० हजार आम्दानी Dec 26, 2016 Arthatantramushroom farming in Nepal
    दाङ । यहाँका महिलाले च्याउखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । स्थानीय घोराही–२ मघै गाउँका कोपिला कृषि महिला समूहले च्याउखेतीबाट मासिक रु ६० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ । पछिल्लो समयमा च्याउखेतीबाट बजारमा राम्रो स्थान पाइरहेका बेला सो गाउँका महिला पनि च्याउखेतीमा आकर्षित भएका हुन् । बजार नजिकै भएकाले र अरु व्यवसायभन्दा पनि सजिलो भएको हुँदा ती महिलाले पनि सामूहिकमा ...
  • फलफूलकै लागि मात्रै बाहिरिन्छ १२ अर्ब १८ रुपैयाँ Dec 25, 2016 Arthatantrafruits of nepal
    काठमाण्डौं । नेपालमा फलफूल उत्पादनमा आत्मनिर्भर हुने नारा सरकारले अघि सारेको छ । जनतालाई आबश्यक फलफूल स्वदेशमै उत्पादन गर्ने उद्धेश्यले सरकारले कार्यबिधि बनाएको छ । तर फूलफूल आयातको अबस्था हेर्ने हो भने कहालीलाग्दो तथ्यांक अगाडि देखापर्छ । राष्ट्रिय समाचार समितिका राजाराम कार्की लेख्छनः ०७०/७१ मा रु १२ अर्ब १८ करोडको फलफूल आयात भएको सरकारी आँकडा छ । गत असोज १२ गतेको ...
  • उखु तौलमा यसरी ठगिन्छन् किसान Dec 24, 2016 ArthatantraSugar-Cane
    नवलपरासी। नवलपरासीका उखु किसान तौलमा ठगिने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा विभिन्न स्थानमा व्यक्तिले सञ्चालन गरेको तौल केन्द्रमा वास्तविक तौलभन्दा कम तौल देखाएर किसान ठगिने गरेको पाइएको हो । जिल्लामा अवैध रुपमा सञ्चाल गरिएका तौल केन्द्रले वास्तविक तौलभन्दा कम तौल देखाउने गरेको पाइएको अनुगमनमा खटिएका सहायक प्रजिअ माधवप्रसाद ढुङ्गानाले बताए । तौलमा ठगी गरेको पाइएपछि बौदौली ...