Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • अण्डामा आत्मनिर्भर हुन सकेन नेपाल, बजारमा ४ लाख अण्डा अभाव ! Dec 7, 2016 Arthatantraegg
    काठमाण्डौं । नेपाललाई अण्डा उत्पादनमा आत्मनिर्भर घोषणा गर्ने तयारी भइरहँदा बजारमा कुखुराको अण्डाको माग अनुसारको आपूर्ति हुन सकेको छैन । नेपालभर दैनिक २५ लाख अण्डाको माग हुनेमा अहिले दैनिक २१ लाख मात्रै उत्पादन भएपछि यस्तो अभाव सिर्जना भएको हो । अहिले दैनिक ४ लाख अण्डाको अभाव बजारमा छ । माग बढेपछि अण्डाको मूल्य पनि प्रतिगोटा १ रुपैयाँ बढेको संघले जनाएको छ ...
  • तरकारी खेतीबाटै वार्षिक साढे ३७ लाख आम्दानी ! Dec 6, 2016 Arthatantratomato-farming
    कास्की । ढिकुरपोखरा– १ अधिकारी डाँडामा १ सय ६० घर छन् । प्रत्येक घरबाट कम्तीमा एक जना वैदेशिक रोजगारीमा छन् । तर पनि यहाँका स्थानीयहरुले कृषिमा पसिना बगाउन छाडेका छैनन् । यही भएर होला तरकारीबाटै उनीहरुले वार्षिक ३७ लाख ५० हजार रुपैयाँ भित्र्याउन सकेका छन् । यो गाउँभर अहिले ८० वटा टनेल छन् । बेमौसमी गोलभेंडा लगाउनका लागि टनेल नभइ हुँदैन ...
  • केरा बेचेरै कमाइन्छ वर्षमा ४ लाख ! Dec 4, 2016 ArthatantraBanana Kera
    पोखरा । दृढ इच्छा शक्ति र लगनशील भएर माटोसँग खेल्न सक्ने हो भने पैसा कमाउन बिदेसिनु पर्दैन भन्ने पोखरा–२३ खच्र्याङका कृषक टीकाराम भण्डारीले उदाहरण बनेका छन् । जिल्ला कृषि विकास कार्यालय कास्कीद्वारा सिकेको सीपसहित झोलामा बोकेर लगेको केराको बिरुवा फस्टाएर मनग्य आम्दानी दिन थालेपछि उनी यतिखेर सबैका लागि उदाहरणीय बनेका हुन्। दुई दशकअघि लिएको तालिम र प्राप्त गरेको चाइनिज र जापानिज मालभोग ...
  • स्नातकोत्तर उत्तीर्ण युवा जसले जागिर खोज्नुभन्दा कृषिमा रमाउनु उपयुक्त… Dec 1, 2016 Arthatantrafarmer_nepal
    कञ्चनपुर । छब्बीस वर्षीय हरेन्द्र बोहरा काठमाडौँको शङ्करदेव क्याम्पसबाट स्नातकोत्तर पढाइ सकेर दुई वर्षअघि घर फर्किए। ५८ प्रतिशतभन्दा बढी अङ्क ल्याएर स्नातकोत्तर गरेका बोहरा घर फर्किएर कृषिलाई व्यावसायिक बनाए। कञ्चनपुरको कृष्णपुर नगरपालिका– ४ मौवाफाँटाका बोहरा अहिले दूध बिक्रीबाट मासिक ७० हजार रुपैयाँ कमाउँछन्। यसका साथै, उनले भैँसीपालन, केराखेती, बाख्रापालन, माछापालन र आँपखेती गरिरहेका छन्। बोहराले दुई बिगाहा खेतमा केराखेती, १५ कठ्ठामा ...
  • तपाई के गर्दै ? चीन, कोरिया, बंगलादेशबाट तपाईको खेतमा खेती गर्न आउँदैछ… Nov 30, 2016 Arthatantrafarmer krishi kisan
    काठमाण्डौं। चालु आर्थिक वर्षको चार महिनामा कृषि उद्योगमा २ अर्ब २२ करोड लगानी प्रतिबद्धता आएको छ । कुल ७ उद्योग मध्ये दुर्इ ठूला र पाँच साना उद्योगमा लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। विभागका अनुसार यो उद्योगबाट ३ सय ५० जनाले रोजगारी पाउनेछन्।विभागका अनुसार तीन साना उद्योगमा कोरिया, चीन र बंगलादेशका नागरिकको एक करोड ५० लाख रुपैयाँ लगानी रहने छ। नेपालीले ...
  • जंगल संरक्षणबाटै वार्षिक २ करोड २७ लाखभन्दा बढी आम्दानी ! Nov 27, 2016 Arthatantranepali-jungle
    चितवन । रत्ननगर–१७ सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वन संरक्षण गरेकै कारण वार्षीक २ करोड २७ लाख २७ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । वन संरक्षण स्थानीय सहभागिता बढेसँगै भूकम्प र नाकावन्दीका बाबजुत वनले पर्या–पर्यटनबाटै सो आम्दानी गर्न सफल भएको हो । पनमा वर्षभरमा १ लाख भन्दा बढी पर्यटकले हात्ती सफारी, डुगां सफारी, भ्यू टावर नाईटसहितका पर्यटकिय गतिविधिमा सामेल भएका ...
  • छुट्टै माछा मन्त्रालय असम्भवः राज्यमन्त्री राधिका Nov 24, 2016 Arthatantraradhhika-tamang
    काठमाडौ। कृषि राज्यमन्त्री राधिका तामाङले छुट्टै माछा मन्त्रालय स्थापना गर्ने माछा व्यवसायीको माग पूरा गर्न नसकिने बताएकी छिन् । काठमाडौँको भृकुटीमण्डपमा बिहिबारदेखि सुरु भएको तेस्रो राष्ट्रि«य माछा महोत्सवको उद्घाटन गर्दै मन्त्री तामाङले छुट्टै मन्त्रालय स्थापना गर्न नसकिने बताइन् । माछापालन सम्बन्धि तीनवटा स्मारिका विमोचन गर्दै उनले यसको व्यवसायीकरण जोड दिईन् कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका कृषि संयोजक दिलसुन्दर श्रेष्ठले मुलुकको व्यापार घाटा ...
  • पाँचथरका तीन किसानले पाए राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार ! Nov 22, 2016 Arthatantrafarmer nepal
    काठमाण्डौं । व्यावसायिक रुपमा कृषि व्यवसाय सञ्चालन गर्दै आएका पाँचथर जिल्लाका तीनजना कृषकलाई यस वर्षको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । पाँचथरको फिदिममा हिजो सोमबार आयोजित एक कार्यक्रमका बीच पाँचथर भारपा–८ का लिलाप्रसाद अधिकारी, अमरपुर–६ का पुण्यप्रसाद सुवेदी र कुरुम्वा–४ की इन्द्रकुमारी लावतीलाई जनही नगद रु १० हजार र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो । जिल्ला कृषि विकास कार्यालय, पाँचथरले विश्व ...
  • आयो ३० भन्दा बढी कृषिजन्य काममा उपयोग हुने महिन्द्राको युवो ट्याक्टर ! Nov 20, 2016 ArthatantraMahindra-Yuvo-tractor
    काठमाण्डौं । अग्नि इन्कर्पोरेटेडले महिन्द्राको युवो ट्याक्टर नेपाली बजारमा ल्याएको छ । यो ट्याक्टरले ३० वटा भन्दा बढी कृषि प्रयोजनमा प्रयोग गर्न सकिन्छ । कम्पनीले ३०देखि ४५ हर्षपावर सेग्मेन्टको यो ट्याक्टरमा सबैभन्दा उत्कृष्ट प्रविधि रहेको दाबी छ। ट्याक्टरमा १२ फर्वाड र तीन रिभर्स फूल कन्सट्यान्ट मेश गियरबक्स रहेको कम्पनीले जनाएको छ। कम्पनीले विश्वकै अग्रणी ट्याक्टर नेपाली बजारमा ल्याएको बताएको छ । ५ ...
  • उखुको मूल्य प्रतिक्विन्टल ५६१ गर्न माग Nov 19, 2016 ArthatantraSugar-Cane
    नवलपरासी। नवलपरासीका उखु किसानले सरकारले तत्काल उखुको मूल्य निर्धारण गर्नुपर्ने माग गरेका छन् । उखु क्रसिङ सुरु भइसक्दासमेत सरकारबाट मूल्य निर्धारण नभएको भन्दै किसानहरुले उखुको मूल्य प्रतिक्विन्टल रु ५६१ निर्धारण गर्न माग गरेका हुन् । अघिल्लो वर्ष चिनीको मूल्य प्रतिकिलो ४८ रुपैँया बजार भाउ हुँदा उखुको मूल्य प्रतिक्विन्टल ४४८ रुपैँया रहेको थियो  । तर यसपटक चिनीको मूल्य प्रतिकिलो ७२ रुपैँया बजार ...