Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • माछा चोरी हुनबाट जोगाउन बगरमै डेरा ! Nov 19, 2016 Arthatantrafishing
    कञ्चनपुर । माछा चोरी हुनबाट जोगाउन कञ्चनपुरका देखतभूली र सङ्करपुरका राना थारु समुदायका व्यक्ति चार महिनासम्म दोदा नदीको बगरमा डेरा जमाएर बस्छन । नदीमा माछा फसाउन राखिएका धिमरी र त्यसमा फसिएका माछा चोरी हुनबाट जोगाउन उनीहरु बगरमा बास बस्दै आएका हुन् । मङ्सिर महिनाको सुरुआतदेखि फागुनको अन्त्यसम्म माछा मार्नका लागि उनीहरु नदीमा धिमरी राख्ने गर्छन् । नदीको वारपार गरी माछा फसाउन राखिएका ...
  • माछा पालेरै लाखौं कमाएर भाइ र छोरालाई डाक्टर बनाएका यादव र मण्डलबाट सि… Nov 17, 2016 ArthatantraFish
    सप्तरीका बलराम यादव र सिरहाका पाण्डव मण्डलले माछा पालेर छोरा र भाइलाई डाक्टर त बनाए नै संगसंगै करिब २५ जनालाई रोजगारी दिए । उनीहरुले थोरै जमिन हुनेलाई पनि माछापालन व्यवसाय गर्न लगाए । जहाँ इच्छा त्यहाँ उपाय भने झैँ मण्डल र यादवको चाहनालाई जिल्ला कृषि विकास कार्यालय सिराहा र सप्तरीका मत्स्य विकास अधिकृतले पूरा गरिदिए । नेपाल सरकारको प्राविधिक सहायता र तराईमा ...
  • धानको उत्पादन बढ्यो, तोकियो मूल्य ! Nov 14, 2016 ArthatantraRice plant
    काठमाण्डौं । सरकारले यस वर्ष किसानले उत्पादन गरेको धानको बिक्रीका लागि न्यूनतम मूल्य तोकेको छ। मोटो धान प्रतिक्वीन्टल न्यूनतम २ हजार ७० र मध्यम खालको धानको प्रति क्वीन्टल २ हजार २ सय ३० रुपैयाँ तोकिएको कृषि विकास मन्त्रालयले जनाएकोछ । यो मूल्य बर्खे धानको लागि निर्धारण गरिएको हो । गत आर्थिक वर्ष ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस ...
  • भारतमा देखियो बर्डफ्लुः ७५ अर्बको लगानी रहेको चितवनमा अब के होला ? Nov 13, 2016 Arthatantrabird_flu
    चितवन। भारतमा बर्डफ्लु देखिएसँगै देशकै सबैभन्दा धेरै पोल्ट्रीजन्य उत्पादन हुने चितवनका कुखुरा व्यवसायीले जैविक सुरक्षामा विशेष सतर्कता अपनाउन थालेका छन् । सन्तुलित फिड्स प्रालिका प्रबन्ध निर्देशक त्रिलोचन कँडेलले फर्मभित्र अन्डा, दाना, चल्ला, कुखुरा बोक्ने गाडी छिर्न नदिइएको बताए । दाउन्ने ट्रेडर्स प्रालिका प्रबन्ध निर्देशक विनोद पोखरेलले क्रेट, कार्टुन पहिलेदेखि नै नयाँ मात्रै प्रयोग हुँदै आएकामा यसलाई कडाइ गरिएको बताए । पोल्ट्रीजन्य ...
  • तपाईलाई थाहा छ ? एउटा कटहरको रुखबाट हुन्छ साढे चार लाखसम्म आम्दानी ! Nov 11, 2016 Arthatantrarukh katar tree fruit nepali fruit
    पाल्पा । चापाकोटका ५२ वर्षीय लीलबहादुर चुनारालाई अहिले ठेको बनाउन भ्याइनभ्याई छ । विगत २५ वर्षदेखि ठेको बनाएर उनले जीविका चलाउँदै आएका छन्। “एउटा कटहरको रुखबाट चार लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुन्छ,” उनले भने। कटहरको रुखबाट  ठेको बनाएर उनले मासिक २० हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। गाउँघरमा परम्परागत रुपमा प्रयोग हुने दुग्धजन्य पदार्थ राख्न प्रयोग हुने ठेको, ...
  • युरोपको बजारसम्म नेपाली चियाः चिया महोत्सव आयोजना Nov 10, 2016 ArthatantraTea
    सोलुखुम्बु। चिया व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले सोलुखुम्बुको भकान्जेमा पहिलोपटक चिया महोत्सव आयोजना गरिएको छ । डेनमार्कको एसिटी पर्च कम्पनी, हिमालयन प्रोजेक्ट डेनमार्क, हिमालयन प्रोजेक्ट नेपाल तथा सगरमाथा जैविक चिया प्रशोधन सहकारी भकान्जेको संयुक्त आयोजनामा सो महोत्सव आयोजना गरिएको हो । भकान्जेमा उत्पादन गरिएको जैविक चियालाई युरोपको बजारसम्म विस्तार गर्न महोत्सव गरिएको हिमालयन प्रोजेक्ट नेपालका निर्देशक नाम्गेल जाङ्बु शेर्पाले बताए ...
  • तपाईलाई थाहा छ,नेपाली लोक्ताबाट बन्छ जापानी नोट ! ४ सय किलोको लोक्ता ज… Nov 9, 2016 ArthatantraJapanease currency
    पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरका गाउँगाउँमा खेर गइरहेको अर्गेलीको लोक्ता जापानी नोट र छाला बनाउन प्रयोग हुने गरेको छ । यो खबर थाहा पाएपछि त्यहाँका कृषक साह्रै हर्षित छन् । किनकि नब्बे रुपैयाँ प्रतिकेजीमा बिक्री हुने गरेको अर्गेलीको लोक्ता चार गुना बढी मूल्यमा बिक्री हुन थालेपछि कृषकमा खुसीयाली छाएको हो । लोक्ताको माग बढेपछि पाँचथर जिल्लामा अहिले जापानिज प्रविधिमा अर्गेलीको ...
  • वन कार्यालय काठमाडौँले भूकम्पपीडितलाई काठ उपलब्ध गराउन नसक्ने Nov 7, 2016 Arthatantra
    काठमाडौँ । जिल्ला वन कार्यालय काठमाडौँले भूकम्पपीडित जनतालाई काठ उपलब्ध गराउन नसक्ने भएको छ । कार्यालयका सूचना अधिकारी गुरुप्रसाद दाहालले काठमाडौँमा वनको मात्रा कम हुँदा भूकम्पपीडित जनतालाई काठ उपलब्ध गराउन नसकिएको बताए । काठमाडौँ जिल्लामा वनको क्षेत्रफल १५ हजार २७९ हेक्टर रहेको छ । उनले भने  “काठमाडौँमा सालको जङ्गल छैन, चिलाउने र कटुसको हो, त्यही पनि काठ बन्ने खालको छैन ।” राम्रो ...
  • अदुवाले मूल्य नपाएपछि किसान चिन्तित ! Nov 3, 2016 ArthatantraGinger
    पाल्पा। पाल्पाको प्रमुख नगदेबाली अदुवाले मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् । दसैं तिहारका बेला अदुवाको राम्रो बजार मूल्यको खोजीमा रहेका किसानले अदुवाको मूल्य ओरालो लागेपछि झनै समस्यामा परेका हुन् । गत वर्ष प्रतिकिलो एक सय २० भन्दा माथि रहेको अदुवा अहिले ५० रुपैयाँभन्दा कम मूल्य भएपछि अदुवाको कारोबार प्रभावित भएको छ । विशेषगरी दसैं तिहारका बेला अदुवाको राम्रो मूल्य ...
  • यो पढ्नुहोस्, तिहारको एक दिनमा कति माला खपत होला ?फूलको नालीबेली Oct 31, 2016 Arthatantramarigold flower tihar sayapatri
    काठमाडौ । तपाई अनुमान गर्नुस् त तिहारको एक दिनमा कति माला खपत होला ? अनुमान कति मिल्छ कि मिल्दैन तर यो वर्षको तिहारमा मात्रै  देशभर  रु. ११ लाख बराबरको माला  खपत  हुने भएको छ । यो अघिल्लो वर्षको तुलनामा ३ लाख रुपैंयाले वृद्धि हुने भएको हो । गत वर्षको तिहारमा रु.आठ लाख बाराबरको मालाको कारोबार भएको थियो । जसमा नौ लाख ...