Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • उपभोक्तालाई राहत : सरकारी कदमपछि दसैंमा तरकारी तथा फलफूलको भाउ नबढ्ने … Sep 30, 2016 Arthatantravegetables
    काठमाण्डौं । दसैंमा तरकारी तथा फलफूलको मुल्य नबढ्ने भएको छ । हिजो बिहीबार आपूर्ति मन्त्रालयमा सरकारद्वारा खुद्रा तथा थोक तरकारी फलफुल व्यवसायीसँग छलफल गरी चाडपर्व भरी तरकारीको मुल्य नियन्त्रण गर्ने निर्णय भएको हो । अब सरकारले व्यवसायीसँग समन्वयन गरेर दसैंका लागि आलु, प्याज, अदुवा, लसुन लगायतका लामो समयसम्म स्टक गर्न मिल्ने तरकारीमा निश्चत मुल्य तोक्नेछ।  आपूर्ती मन्त्रीको अध्यक्षतामा बसेको बैठकमा कालिमाटी ...
  • चार हजार मेट्रिक टन स्याउ उत्पादन Sep 29, 2016 Arthatantraapple
    मुस्ताङ । जिल्लामा यस वर्ष चार हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्षभन्दा यस वर्ष ४०० मेट्रिक टन कम स्याउ फलेको छ । सबैभन्दा बढी स्याउ उत्पादन मार्फा र जोमसोममा भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिनुभयो । लामो समयसम्म खडेरी पर्नु, जिजिनामथ किराको सङ्क्रमण, स्याउको फूल फुल्ने बेला तुसारो परेकाले उत्पादन घटेको हो ...
  • दशैं नजिकिँदै गर्दा बढ्यो खसीको मासुको भाउ, कुखुराको स्थिर ! Sep 28, 2016 ArthatantraMeat
    काठमाण्डौं । यसवर्ष दशैंमा जीउँदो खसीको मूल्य गतवर्षको भन्दा बढेकाले  मासुको भाउ बढ्न पुगेकोछ । गतवर्षको दशैंदेखि नै खसीको मासु ८ सय रुपैयाँमा कारोबार भएकोमा यस वर्ष ९ सय ५० सम्म पुग्ने बताइएकोछ । बजारमा माग अनुसार खसीबोका आएपनि खसीको मासुको मूल्य घट्ने अवस्था नदेखिएको व्यवसायीहरु बताउँछन् । त्यसो त बजारमा दशैंमा दिनदिनै मूल्य तल–माथि हुने गरेकोछ । त्यस्तै, यसवर्ष दशैंमा कुखुराको ...
  • दशैंका लागि मुस्ताङबाट ४५ हजार भेडा च्याङ्ग्रा बाहिरिदैं Sep 27, 2016 Arthatantrachyangra_bheda
    मुस्ताङ । नेपालीको महान् पर्व बडादशैं र तिहारलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट ४५ हजार भेडा च्याङ्ग्रा बाहिरि जिल्लामा पठाइने छ । जिल्ला पशुसेवा कार्यालय मुस्ताङका अनुसार यस वर्ष जिल्लाबाट मात्रै ४५ हजार सङ्ख्यामा भेडा च्याङ्ग्रा बाहिरिने भएका हुन् । मुस्ताङबाट म्याग्दी, पर्वत, बागलुङ, पोखरा, काठमाडौँ, तनहुँलगायतका जिल्लामा भेडा च्याङ्ग्रा बिक्री हुने गरेका छन् । हिमाली भेगमा हुर्केका भेडा च्याङ्ग्राको मासु स्वादिलो ...
  • तरकारी मूल्य २ सय २८ प्रतिशतसम्म बृद्धि, किन बढ्यो यसरी ? Sep 26, 2016 ArthatantraVegetables
    काठमाण्डौं । अहिले नेपाली बजारमा तरकारीको मूल्य आकासिएको छ । यसरी तरकारीको भाउ बढ्दा उपभोक्ताको मासिक आय÷व्यय समेत प्रभावित हुन पुगेको छ। अहिले सोह्रा श्राद्ध चलिरहेको र माछा मासु अण्डा नखाने भएकोले तरकारीमा चाप परेको मूल्य बढेको तरकारी व्यवसायीहरुको तर्क छ । श्राद्धको अवधिभर मासुको साटोमा तरकारीको प्रयोग बढी हुँदा मूल्य बढेको बताइएकोछ । सोह्र श्राद्धमा काँक्रो, गाजर, टमाटर, काउली, परवर लगायतका ...
  • ९३ प्रतिशत नेपाली यार्सागुम्बा चीनमा ! Sep 25, 2016 Arthatantrayarsagumba-harvest
    काठमाण्डौं । नेपालमा उत्पादन तथा संकलन हुने हिमाली जडिबुटी यार्सागुम्बाको मुख्य बजार उत्तरी छिमेकी चीन रहेको देखिएको छ । व्यापार तथा निकासी प्रवर्द्वन केन्द्रका अनुसार मुलुकबाट हुने कुल निकासीमध्ये ९३ प्रतिशत यार्सागुम्बा चीन र हङकङमा जाने गरेको छ । गत आर्थिक वर्षमा औपचारिक माध्यमबाट ६३ करोड ९७ लाख रुपैयाँ बराबरको यार्सागुम्बा चीन र हङकङमा निकासी भएको थियो। केन्द्रका अनुसार गत आर्थिक वर्षमा ...
  • विकास बैंकले ल्याउँदैछ ५० प्रतिशत हकप्रद, यही १० गते बुक क्लोज हुँदै ! Sep 19, 2016 Arthatantrabank
    काठमाण्डौं । कृषि बिकास बैंकले ५० प्रतिशत हकप्रद जारी गर्ने भएको छ भने यही प्रयोजनका लागि असोज १० गते एक दिन सेयरधनी दर्ता किताब बन्द हुने जनाएको छ । यो सूचना अनुसार ५० प्रतिशत हकप्रदका लागि असोज ९ गतेसम्म यस कम्पनीको सेयर किनिसक्नुपर्ने छ । धितोपत्र बोर्डबाट आईतबार हकप्रद निश्काशनको स्वीकृति पाएपछि बैंकले सोही दिन संचालक समितिको बैठक राखी सेयरधनी दर्ता ...
  • हरियो चियापत्तीले मूल्य नपाएपछि किसान ३२ दिनदेखि धर्नामा Sep 16, 2016 ArthatantralkmSsnsf] ;'Gb/kfgLdf /x]sf] uf]vf{ 6L :6]6df sfo{/t dhb'/x¿ o; l;hgsf] clGtd xl/of]kQL l6Kb} . tl:a/ M uf]ljGb nfld5fg], Onfd, /f;;
    काँकडभिट्टा । हरियो चियापत्तीको उचित मूल्य निर्धारण हुनुपर्ने लगायतका माग राखी झापाली चिया किसान धर्नामा बसेका छन् । विर्तामोडस्थित चिया तथा कफी विकास बोर्डको कार्यालयमा ३२ दिनदेखि किसान धर्ना बसेका हुन् । साना किसान झापाली चिया व्यवसायी सङ्घका अध्यक्ष पूर्णकुमार कार्कीको नेतृत्वमा साना चिया किसान धर्नामा बसेका छन् । तर किसानको शान्तिपूर्ण आन्दोलनप्रति आजसम्म पनि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण भएको छैन ...
  • कृषि पेसामा मुलुकलाई आत्मनिर्भर बनाउने : मन्त्री चौधरी Sep 15, 2016 ArthatantraGauri-shankar-chaudhari
    काठमाडौँ, २९ भदौ । कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले कृषि पेसामा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि पहल गरिने बताएका  छन् । इजरायल रिटननेट समाजले यहाँ आज आयोजना गरेको बृहत् भेटघाट तथा पुनर्मिलन कार्यक्रममा मन्त्री चौधरीले विदेशमा सीप सिके पनि त्यसको सदुपयोग स्वदेशमा आएर गर्नैपर्ने भन्दै कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि पहल गरिने बताएक हुन । त्यसैगरी कृषिविकास राज्यमन्त्री राधिका तामाङले व्यावसायिक कृषकलाई प्रोत्साहन गर्न ...
  • एमाले नेता माधव नेपालले बिराटनगरपुगेर भने : मुलुकको अर्थतन्त्रको आधार … Sep 15, 2016 Arthatantramadhav-kumar-nepal
    विराटनगर, २९ भदौ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मुलुकको अर्थतन्त्रको आधार नै कृषि भएकाले कृषि उत्पादनमा जोड दिइनुपर्ने बताएका छन्। युवा किसान सङ्घद्वारा आज विराटनगरमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कृषिलाई गौरवको क्षेत्र ठानेर उत्पादन वृद्धिका लागि किसानलाई अग्रसर गराउनु पर्ने धारणा राखे । प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रको स्वाभिमानमाथि खेलवाड नहोस् भनि सबैलाई चिन्ताको विषय बनेको उल्लेख गर्दै ...