Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • कृषि विकास मन्त्रालय भन्छ, भारी वर्षाले जोगियो देशकै १४ अर्ब रुपैयाँ ! Sep 13, 2016 ArthatantraRice plant
    काठमाण्डौं । कृषि विकास मन्त्रालयले यस वर्ष देशभर ९७ प्रतिशत धानखेती भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीका अनुसार गत वर्ष ८७ प्रतिशत मात्र खेती भएकामा यस वर्ष १० प्रतिशतले खेती वृद्धि भएको हो । धानखेती वृद्धि भएका कारण यस वर्ष उत्पदानमा समेत वृद्धि हुनेछ । गत वर्ष करिब ४३ लाख मेट्रिक टन फलेकामा यस वर्ष ५० लाख मेट्रिक टन ...
  • अबदेखि खेतीयोग्य जमिन प्लाटिङ गर्न नपाइने ! Sep 11, 2016 ArthatantraPlooting
    गोरखा । गोरखाको पालुङटार नगरपालिकाभित्रका खेतीयोग्य जमिन मासेर घडेरी बिक्री गर्न प्लटिङ गरिएपछि पालुङटार नगरपालिकाले जग्गा प्लटिङमा रोक लगाएको छ । एकै वर्षमा तीनखेती हुँदै आएका समथर फाँट मासेर प्लटिङ गर्दै घडेरी बिक्री गर्ने क्रमः बढेको भन्दै नगरपालिकाले खेतीयोग्य जमिन प्लटिङ गर्न नदिने बताएको हो । तत्कालीन नेकपा (माओवादी)ले सातौँ विस्तारित बैठक र पालुङटारसहित आपपिपल, च्याङ्ली, गाईखुर गाविस गाभेर नगरपालिका घोषणा गरेपछि ...
  • मौरी वैज्ञानिक सम्मेलन नेपालमा हुने Sep 10, 2016 Arthatantrabee
    काठमाडौ । नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको मौरी वैज्ञानिक सम्मेलन हुने भएको छ । आगामी कात्र्तिक ७ र ८ गते उक्त सम्मेलन आयोजना हुन लागेको हो । हाइल्यान्ड एग्रिकल्चर रिसर्च एन्ड डेभलप्मेन्ट इन्टरप्राइजेज नेपाल (हार्डन) ले ‘कन्फरेन्स अन हनी बी एन्ड हनी फर फुड सेक्युरिटी एन्ड इकोलोजिकल ब्यालेन्स इन हिमालयन रिजन्स’ शीर्षकमा सम्मेलन गर्न लागेको हो ।  खाद्य सुरक्षा तथा पर्यावरण संरक्षण ...
  • गर्भ रहे नरहेको ३० दिनमै पत्ता लाग्ने Sep 9, 2016 Arthatantrapasu
    चितवन । पशुको गर्भ रहे नरहेको ३० दिनभित्रै पत्ता लगाउन सकिने भएको छ । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा माधवप्रसाद आचार्यकाअनुसार रगत र दूधबाट हर्मनको लेबल हेरेर गर्भाधान भए नभएको पत्ता लगाउन थालिएको हो । मुख्य रुपमा गाईमा यो परीक्षण गरिँदै आएको छ । पशुमा गर्भ रहेकोबारे तीन महिनापछि मात्रै पाठेघरमा हात हालेर गर्भ बसेको नबसेको एकिन गर्ने गरिन्छ । ...
  • तरकारीको आपूर्ति ठप्प पार्ने व्यवसायीको यो कस्तो चेतावनी ? Sep 8, 2016 Arthatantravegetables
    हरिशरण न्यौपाने, काठमाडौ । बन्द हड्तालका बेला तरकारी तथा फलफुल आयात गर्ने सवारीलाई निर्बाध संचालन गर्न पाउनुपर्ने लगायतका माग गर्दै आएका व्यवसायी आफैंले आपूर्ति नै ठप्प पार्ने धम्की दिंदै सडक आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । कृषि उपज तरकारी तथा फलफुललाई अत्यावश्यक वस्तुमा सूचिकृत गरि तरकारी तथा फलफुल ढुवानी साधनहरुको लागि छुटै नम्बर प्लेट राखी निर्वाध रुपमा आवतजावत गर्न पाउनु पर्ने ...
  • तीन दाना रुद्राक्षको ४३ लाख ! Sep 8, 2016 Arthatantrarudraksha-
    काठमाडौं । संखुवासभा र भोजपुरबाट यसै साता तीनवटा बहुमुल्य रुद्राक्ष ४३ लाख रुपैयाँमा बिक्री भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । रुद्राक्ष व्यवसायी संघका अध्यक्ष विपिन राईले यो वर्ष धेरै मुख भएका महँगा दाना तीनवटा बजारमा आएको र अन्य केही गुपचुपमा खरिदबिक्री भएको जानकारी दिए । धुपुको ज्यामिरेमा उत्पादन भएका २१ मुखे रुद्राक्ष व्यापारी सुजन राई, नरेन्द्र राईलगायतले १६ लाखमा ...
  • दसैंका लागि खाद्य संस्थानले ५० हजार खसीबोका ल्याउँदै, अष्ट्रेलियादेखि … Sep 6, 2016 ArthatantraGoats in Nepal
    काठमाण्डौं । नेपाल खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले दसैंका लागि उपत्यकामा करिब ५० हजार खसीबोका/च्यांग्रा भित्र्याउने भएको छ । संस्थानले नेपालगन्जबाट १ सय ५०, दाङबाट २ सय, वीरगन्जबाट ५ सय ५० र बाँकी अन्य जिल्लाबाट खरिद गर्ने योजना बनाएको छ । मुस्ताङबाट कम्तीमा १५ सय च्यांग्रा खरिद गरिने संस्थानले जनाएको छ । संस्थानले बिक्री गर्ने खसीबोका व्यवसायीको भन्दा किलोमा ...
  • भारतले आयात रोकेपछि संकटमा नेपाली अदुवा बजार ! Sep 5, 2016 Arthatantraaduwa
    इलाम । मेची पहाडको मुख्य उत्पादनमध्ये एक अदुवा केही दिनभित्रै निकासी नखुले गोदाम या बारीमै सड्दै छ। साउन र भदौ अदुवाको बेच्ने मुख्य सिजन हो। पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङमा मुख्य उत्पादन हुने अदुवा खन्ने र बेच्ने चटारोमा रहेका किसानलाई भारतले एक्कासि आयात रोकेर संकटमा पारिदिएको थियो। निर्यात रोकिँदा करोडौं मूल्यको अदुवा अलपत्र छ। धेरै निकासी हुने काँकडभिट्टा नाकाबाट मंगलबारयता एक ...
  • कृषि विकास बैंकमा जागिर खानेको नतिजा प्रकाशित Sep 3, 2016 ArthatantraAgricultural Bank
    काठमाण्डौं । कृषि विकास बैंकले रिक्त पदमा खुल्ला तथा समावेशी तर्फ लिएको परीक्षामा सम्मिलित उम्मेदवारहरुमध्ये सफल हुनेको अन्तिम नामावली प्रकाशन गरेको छ । हेर्नुहोस् को को भए उत्तिर्णः प्रकाशितः २०७३ भदौ १८
  • तरकारीको मूल्य बढेर हैरान हुनुहुन्छ, यसरी जोगाउनुहोस पैसा ! Aug 31, 2016 ArthatantraVegetables
    काठमाण्डौं । अहिले शहरमा बस्ने सबैका लागि टाउको दुखाईको एउटै विषयको तरकारीको भाउ अचाक्ली बढ्नु । बिहान बेलुका हरेक दिन खानुपर्ने कुरा नै यति महंगो भएपछि खर्च धान्न पनि मुस्किल हुँदै गएको हुन्छ । यसको सबैभन्दा उत्तम उपाय भनेको कौशी खेती गर्नु नै हो । हामीले खाने गोलभेला, धनियाँ, खुर्सानी, भण्टा। क्याप्सिकम, बोडी जस्ता तरकारीहरु हामीले सजिलै कोशीमा उत्पादन गर्न सक्छौं ...