Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • बाँदरले दुख दिएपछि अन्नबाली छोडी कागती खेतीतर्फ ! Aug 28, 2016 Arthatantrakagati
    पाल्पा । बाँदरको आतङ्कबाट पीडित ग्रामीण भेगमा कृषक अन्नबाली छोडी व्यावसायिक रुपमा कागती खेती गर्न थालेका छन् । मकै, गहुँ, तरकारीलगायत खेतीमा बाँदरले नोक्सान पु¥याएकाले उनीहरुले व्यावसायिक रुपमा कागती खेती सुरु गरेका हुन् । देउरालीका कृषक कृष्णप्रसाद गौतमले बारीमा एक सयभन्दा बढी कागतीको बिरुवा लगाउनुभएको छ । उहाँले मकै र अन्य तरकारी खेती छाडेर यस वर्षदेखि कागती खेती सुरु गर्नुभएको हो ...
  • कुखुरापालन सर्वेक्षण सुरु, ६४ जिल्लामा २१ हजार ९५६ व्यावसायिक फार्म ! Aug 27, 2016 Arthatantrachiken
    बनेपा । कुखुरापालन व्यवसायमा भएको लगानी पत्ता लगाउन र मासु तथा अन्डा उत्पादनबाट कुल ग्राहस्थ उत्पादनमा भएको योगदानबारे भएको व्यावसायिक कुखुरापालन सर्वेक्षणको नतिजा सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको सर्वेक्षणबाट काभ्रेपलाञ्चोकमा १०२५ ब्रोइलर, ४३ लेयर्स र १० ह्याचरी फार्मसहित एक हजार ७८ वटा फार्म सञ्चालनमा रहेको पाइएको छ । नेपालभर ६४ जिल्लामा भएको सर्वेक्षणले २१ हजार ९५६ व्यावसायिक ...
  • कृषि मन्त्रालयले दियो जानकारी यसपटक रासायनिक मलको अभाव नहुने ! Aug 26, 2016 ArthatantraAgriculture Green movement
    काठमाण्डौं । कृषि विकास मन्त्रालयले अहिले रासायनिक मलको अभाव नरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा योगन्द्र कार्कीका अनुसार डिएपी, पोटास र युरिया मलको अभाव हुन नदिनका लागि कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनलाई करिब तीन लाख मेट्रिक टन मल आयात गर्न परिपत्र गरिएको छ । संस्थान र कर्पोरेसनले सरकारी अनुदानमा मल ल्याउनेछन् । अनुदानमा आएको मलमा कृषकले समेत ...
  • अनुदानको मल बिक्री गर्ने व्यापारी पक्राउ भएपछि महासंघद्वारा बजार बन्द … Aug 25, 2016 Arthatantra
    गोरखा । व्यापारीलाई पक्राउ गरी तीन दिनदेखि हिरासतमा राखेको विरोधमा गोरखा उद्योग वाणिज्य सङ्घले आज बिहानैदेखि गोरखा बजार बन्द गराएको छ। सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल व्यक्तिगत पसलबाट बिक्री गर्दै आएका अनिता एग्रोभेटका सञ्चालक रामशरण कोइराला, विशाल किराना स्टोर्सका अनु श्रेष्ठ र श्रेष्ठ किराना स्टोर्सका ईश्वर श्रेष्ठलाई संयुक्त बजार अनुगमन संयन्त्रले मङ्गलबार नियन्त्रणमा लिएको विरोधमा सङ्घले बजार बन्द ...
  • काठ बिक्रीबाट अठार करोड पचास लाख आम्दानी ! Aug 23, 2016 ArthatantraDaura-
    काठमाडौँ । वन पैदावार विकास समितिले आर्थिक वर्ष २०७२÷७३ मा काठ बिक्रीबाट रु १८ करोड ५१ लाख आम्दानी गरेको छ । समितिले सागरनाथ वन विकास परियोजना र रतुवामाई वृक्षरोपण आयोजनाभित्र रहेका वनमा वृक्षरोपण गरी त्यसबाट उत्पादित काठ बिक्रीबाट उक्त रकम आम्दानी गरेको हो । समितिका कार्यकारी अध्यक्ष डा विनयकुमार कुसियैतले पछिल्लो समय अतिक्रमण बढेपछि सशस्त्र प्रहरीको सहयोगमा संरक्षण र सम्बद्र्धनमा जुटेको ...
  • ब्रोइलर कुखुराको मासु र अन्डाबाट ३३ करोड ९६ लाख आम्दानी ! Aug 20, 2016 Arthatantrachiken
    भद्रपुर । झापामा ब्रोइलर कुखुराको मासु बिक्रीबाट वार्षिक करिब रु ३३ करोड ९६ लाख आम्दानी भइरहेको छ । राष्ट्रिय योजना आयोगको सचिवालय, केन्द्रीय तथ्याङ्क विभागद्वारा आव २०७१/७२ मा गरिएको व्यावसायिक कुखुरापालन सर्वेक्षणको नतिजामा सो कुरा उल्लेख छ । मङ्गलबार यहाँ सार्वजनिक गरिएको सर्वेक्षणबाट अन्डा बिक्रीबाट करिब रु पाँच करोड ८६ लाख र कुखुराबाट उत्पन्न हुने मल बिक्रीबाट रु ६२ लाख ३४ ...
  • एयरपोर्टमा घाँस काट्न लाजपुर्जा कहाँबाट ल्याउँ ! Aug 17, 2016 ArthatantraAirport
    हरिशरण न्यौपाने, काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानथल परिसर भित्र छिरेर एकचोटी हवाईजहाज देख्न पाउँदा आफु भाग्यमानी महशुस गर्नेहरु राजधानी काठमाडौमा धेरै छन् । तर त्यहि विमानस्थलमा वर्षाैं देखि काम गर्नेहरु चरम शोषणमा छन् । एयरपोर्टमा काम गर्ने ८० प्रतिशत महिलाहरु व्यवस्थापन पक्षको चरम श्रमशोषणमा पर्ने गरेको खुल्न आएको छ । यतिसम्म कि २५ वर्ष सेवा गर्दा समेत उनीहरुलाई प्रवेश पास र ...
  • के कारणले घट्यो कृषि विकास बैंक र राबा बैंकको नाफा ? Aug 15, 2016 ArthatantraAgricultural Bank
    काठमाण्डौं । राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकको नाफामा उल्लेख्य गिरावट आएको छ । राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्ब ६४ करोडबाट घटेर दुई अर्ब ६४ करोडमा खुम्चिएको छ । कृषि विकास बैंकको पनि नाफा तीन अर्ब ६० करोडबाट घटेर दुई अर्ब ५७ करोडमा सीमित भएको छ । राष्ट्रिय वाणिज्य बैंकले अघिल्लो बर्ष आफ्नो स्वामित्वमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर ...
  • रुपन्देहीमा नयाँ जातको ‘सेतो मिल्की’ च्याउ खेती सुरु Aug 13, 2016 Arthatantraच्याउ
    बुटवल । तराईको गर्मी मौसममा पनि उत्पादन राम्रो हुने भएपछि रुपन्देहीमा सेतो मिल्की च्याउको व्यावसायिक खेती सुरु गरिएको छ । जाडो सिजनमा मात्र कन्ये च्याउको खेती गरिँदै आएको तराई भेगमा च्याउको माग बढेसँगै त्यसको विकल्पमा सेतो मिल्की च्याउको परिक्षण पछि सुरुवात गरिएको हो । सामान्यतया ३७ देखि ४२ डिग्री तापक्रममा पनि सेतो च्याउबाट राम्रो उत्पादन लिन सकिने रुपन्देहीको गजेडीमा रहेको स्पन्जर ...
  • मोरङमा कृषि विकास बैंकद्वारा ४१ करोड लगानी Aug 13, 2016 ArthatantraAgricultural Bank
    मोरङ । मोरङको उर्लाबारीमा रहेको कृषि विकास बैंकको शाखा कार्यालयले आर्थिक वर्ष २०७२/७३ मा रु ४१ करोड लगानी गरेको छ । सो बैंकका शाखा प्रबन्धक गिरीराज नेपालका अनुसार बैंकले गत आवमा रु ४१ करोड ९५ लाख ६१ हजार लगानी गरेको हो । बैकले रु ३६ करोड ९४ लाख ४६ हजार लगानी साँवा समेत असुलेको छ । बैंकले गत आवमा रु ८६ ...