Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • तीस लाखको अम्रिसोको बिरुवा निर्यात Aug 1, 2016 Arthatantraamriso
    पाल्पा जिल्लाबाट ३० लाख रुपैयाँको अम्रिसोका बिरुवा जिल्ला बाहिर निर्यात भएको छ। पाल्पाको अम्रिसो बिरुवाबाट तनहुँ जिल्लामा व्यावसायिक अम्रिसो खेती हुँदै आएको छ। अम्रिसोको फूलको कुचोको रुपमा बढी प्रयोग हुँदै आएको छ भने पातको घाँसको रुपमा पशुको आहाराको प्रयोग हुँदै आएको पाइन्छ। फेक गाविस–७, सोमहरका रामबहादुर बगालेले अम्रिसो बिरुवा बेचेर ५० हजार रुपैयाँ आम्दानी गरे। उनले अम्रिसोको बिरुवालाई गाउँमा नै बेच्न पाउँदा ...
  • दशैंका लागि २ करोड ८७ लाख रुपैयाँको खसी बोका किनिँदै ! Jul 31, 2016 ArthatantraGoats in Nepal
    काठमाण्डौं । खाद्य संस्थानले  दसैंलाई लक्षित गरेर सात सय  च्याँग्रा र एक हजार चार सय  खसीरबोका खरीद गर्ने भएको छ । चालु आर्थिक वर्षमा सरकारले ४ हजार पाँच सय किलो च्याँग्रा र  ३५ हजार किलो बराबरको खसी बोका खरीद गरी दसैंमा बेच्ने लक्ष्य छ । संस्थानले बिक्री गर्ने खसीको मुल्य बजारमुल्य भन्दा किलोमा तीनरचार सय रुपैयाँ सस्तो पर्छ । चालु आर्थिक वर्षमा ...
  • मरेका कुखुराको मासु उपभोक्ताको भान्सामा Jul 30, 2016 ArthatantraMeat
    काठमाडौं । उपत्यकाबासीले बढी रकम अखर्च गरेर पनि गुणस्तरहीन मासु उपभोग गरेर जोखिम मोल्दै आएका छन् । व्यवसायी र मासु पसल सञ्चालकले मरेका कुखुराको मासु उपभोक्तलाई बिक्री गर्ने गरेको रहस्य खुलेको छ । त्यसैले उपभोक्तले कुखुराको मासु उपभोग गर्नुअघि एकपटक सोच्नैपर्ने बेला आएको आजको अन्नपूर्णले जनाएको छ । पशु क्वारेन्टाइन कार्यालय काठमाडौंले राजधानी भित्र्याउँदै गरेको अवस्थामा झन्डै एक मेट्रिक टन मरेको कुखुरा नियन्त्रणमा ...
  • यस वर्ष मनसुन लम्बिएपछि गत वर्षभन्दा २५ प्रतिशत बढी जमिनमा रोपाईँ ! Jul 29, 2016 Arthatantrarice Paddy-plantation Nepal
    काठमाडौँ । आगामी वर्ष कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब ३४ प्रतिशत रहेको छ । “यस वर्ष समयमा वर्षात् भएकाले धानको उत्पादनमा वृद्धि हुने प्रारम्भिक अनुमान गरेका छौँ,” कृषि विकास मन्त्रालयका सहसचिव योगन्द्रकुमार कार्कीले भने । कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ । नेपालको ...
  • २५ प्रतिशतले आकासियो तरकारीको भाउ, हेर्नुस् कति कति बढ्यो ? Jul 29, 2016 ArthatantraVegetables
    काठमाण्डौं । लगातारको वर्षाका कारण पछिल्लो समय तरकारीको भाउ अकासिएको छ । अहिले गत वर्षको तुलनामा २५ प्रतिशतले तरकारीको भाउ आकासिएको छ । वर्षाका कारण भएको बाढीपहिरोले सडक अवरुद्ध हुँदा तरकारीको मूल्य बढेको हो । कालीमाटी तरकारी बजारमा दैनिक ८ सय देखि ९ सय टन तरकारी भित्रने गरेकोमा केही दिनयता दैनिक ६०० टन मात्र तरकारी भित्रिएको छ । अहिले कालीमाटी तरकारी बजारमा ...
  • भारतले लगायो आलुमा कर, नेपालमा सिधा असर ! Jul 27, 2016 Arthatantrapotato aalu
    काठमाडौं । लगातारको बर्षाले आलु खेती प्रभावित भएपछि भारतले आलुमा कर बढाउँदै निर्यात शुल्क बढाएको छ । यसको सिधा असर नेपाली बजारमा परेको छ भने यसले हिजोबाट आलुका भाउ बढाएकोछ । यो महिना मात्रै भारतीय बजारमा आलुको खुद्रा मूल्य प्रति किलो सात रुपैयाँसम्म वढेको छ । आलु महँगिन थालेपछि मूल्य वढाउनु परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । भारत सरकारले आन्तरिक बजारमा ...
  • गाई बिरामी पर्दा बोकेर हिंड्ने एम्बुलेन्स खोई ? Jul 26, 2016 Arthatantrakailash pd dhungel
    रामेछाप जिल्ला पकरबास गाविसमा जन्मे हुर्केका कैलास ढुंगेल जनताको सहभागीताका आधारमा देशको विकासमा लाग्नुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुन् । २०५४ देखि २०५९ सम्म रामेछाप जिल्ला विकास समितिका सभापति समेत रहेका ढुंगेल हाल राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक छन् । जन–सहभागीता सहितको विकास नै दिगो विकास विकास कार्यलाई दिगो र सफल बनाउन जनतालाई अनिवार्य सहभागी गराउनु पर्दछ । जनतालाई सहभागी नगराईकन ...
  • कृषि विकास बैंकको शेयर प्रमाणपत्र वितरण साउन १४ बाट Jul 25, 2016 ArthatantraAgricultural Bank
    काठमाडौं । कृषि विकास बैंक लिमिटेडको बोनश शेयर प्रमाणपत्र वितरण साउन १४ गते बाट हुने भएको छ । उक्त बोनश शेयरको प्रमाणपत्र बिक्रि प्रवन्धक एस क्यापिटल लिमिटेड, नक्सालबाट लिन सकिने बैंकले जनाएको छ । यस अघि बैंकको बैंशाख १४ गते बसेको निर्णयले ७ दशमलव ५ प्रतिशत बोनश सेयर वितरण गर्ने निर्णय गरेको थियो । प्रकाशितः २०७३ साउन १०
  • कालिमाटी तरकारी बजारमा किन चल्यो बुलडोजर… Jul 25, 2016 ArthatantraKalimati Tarkari BazaR
    हरिशरण न्यौपाने, काठमाडौ । कालिमाटी तरकारी तथा फलफुल बजार विकास समितिमा आईतबार एक्कासी बुलडोजर चल्यो । बजार परिसरमा निलो ड्रेसमा सजिएका प्रहरीको ठूलो संख्या, सेता ड्रेसमा सजिएका बजार विकास समितिका प्रतिनिधि, पत्रकारहरु, व्यवसायीक संघसंस्थाका प्रतिनिधि त्यहाँ रमिते बनेर हेरिरहेका थिए । बुलडोजर आफ्नै गतिमा चलिरहेको थियो । कोही तरकारी बजारको छानोमा बसेर जस्ता, टिनहरु निकाल्दै थिए । पसलका अन्य संरचना धमाधम भकाईरहेका थिए । ...
  • बिक्न थाल्यो, डीडीसीको ‘टी–मिल्क’ काठमाडौंमा दैनिक ३ हजार लिटर Jul 23, 2016 ArthatantraDDC Milk
    काठमाडौं । साउन १ गतेदेखि बजारमा आएको टी–मिल्क अहिले काठमाडौंमा दैनिक ३ हजार लिटर बिक्न थालेको  छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले चिया र कफीका लागि छुट्टै उत्पादन गरेको दूध बजारमा छोटो समयमै निकै रुचाइएको छ । बजारमा बिक्री हुने दूधको ठूलो परिणाम चियामा प्रयोग हुने गरेको पाइएको भन्दै संस्थानले चियाका लागि छुट्टै दूध बजारमा ल्याएको हो । भारतमा ...