Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • दूध बेचेरै करिब ६० लाख आम्दानी ! Jun 17, 2016 ArthatantraDairy Business in Nepal
    पाल्पा । व्यावसायिक रुपमा पशुपालन गर्न थालेपछि रामपुर नगरपालिकाका किसानले दूध बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । किसानले दूध बेचेर वार्षिक करिब रु ६० लाखसम्म आम्दानी गर्न थालेका छन् । रामपुर क्षेत्रमा उत्पादित दूध स्थानीय बजारमा नै खपत हुने गरेको छ । रामपुरमा मासिक २३ हजार लिटर दूध खपत हुने गरेको सीताकुण्ड दुग्ध उत्पादन सहकारी संस्थाले जनाएको छ । यस ...
  • उपत्यकामा अब राँगा भैंसी भित्र्याउन नपाइने ! Jun 16, 2016 Arthatantrabuffalo Nepal
    काठमाण्डौं । उपत्यकाभित्र राँगाभैंसी भित्र्याउन निषेध गरिने भएको छ । काठमाण्डौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका तथा मध्यपुर ठिमी, भक्तपुर र कीर्तिपुर नगरपालिकाका प्रतिनिधिहरूको कार्यदलले यो निर्णय गरेको हो । महानगरका अनुसार उपत्यकामा पूर्ण रूपमा राँगाभैंसी निषेध हुन भने ३ वर्ष लाग्नेछ । उपत्यकाभित्र व्यवस्थित वधशाला नै नभएको र अव्यवस्थित रूपमा सञ्चालित मासुपसल सुधार गर्न नसक्ने भएपछि विज्ञको सल्लाहमा गठित समितिले राँगाभैंसी भित्र्याउने ...
  • भारतबाट आएका किराले गोलभेडा खेतीमा आतंक ! Jun 15, 2016 Arthatantratamato Tuta Absoluta
    काठमाण्डौं । उपत्यका लगायत धादिङ र काभ्रे जिल्लामा गरिएको गोलभेंडा खेतीमा नयाँ जातको किरा देखा परेको नेपाल कृषि अनुसन्धान परिषद् नार्क किट विज्ञान महाशाखाले सार्वजनिक गरेको छ। नार्कका अनुसार गोलभेंडा खेतीमा टुटा एब्सोलुटा नामको किरा देखा परेको हो। महाशाखामा किसानले गरेको गुनासोका आधारमा जेठ ३ गते देखि ३२ गतेसम्म काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र धादिङ जिल्लाको १७ ठाउँबाट संकलन गरेर अनुसन्धान ...
  • बोर्डद्वारा सवा दुई लाख कफीका विरुवा वितरण ! Jun 14, 2016 Arthatantraplants biruwa
    पाँचथर, ३२ जेठ । राष्ट्रिय कफी विकास बोर्डले पाँचथर, तेह्रथुम र इलाममा यस वर्ष किसानलाई दुई लाख १५ हजार कफीका बिरुवा वितरण गर्ने भएकोछ । बोर्डले जिल्लाको रानीगाउँस्थित उत्तम कफी फलफूल केन्द्रमार्फत किसानलाई ५० प्रतिशत अनुदानमा कफीका बिरुवा वितरण सुरु गरेको केन्द्रका प्रमुख पुण्य चौलागार्इंले जानकारी दिए । केन्द्रले अहिले प्रतिवटा कफीको बिरुवा १२ रुपैयाँ ५० पैसामा बिक्री वितरण गरिरहेको छ ...
  • खेतीपातीबाटै हुन्छ महिनाको सवा लाख आम्दानी ! Jun 13, 2016 ArthatantraVegetables
    पाल्पा । उमेरले ७० वर्ष पुग्दा पनि खिमानन्द पोखरेलको कृषि व्यवसायप्रतिको मोह झन झन बढ्दैछ । फुर्तिला पोखरेलले तरकारी, फलफूल र पशुपालन व्यवसायबाट वार्षिक रु १५ लाख बढी आम्दानी गर्छन् । जिल्लाको पश्चिमी भेगमा अवस्थित देउराली–७ का कृषक पोखरेलले विसं २०५१ मा पाँच रोपनी जग्गाबाट सुरु गरेको तरकारी व्यवसाय अहिले १३ रोपनीमा विस्तार गरेका छन् । उनले तरकारी बिक्री गरी गत ...
  • जमिन बाँझो राख्नेलाई कारवाही गर्न भू-उपयोग ऐन ! Jun 13, 2016 Arthatantrafarmer_nepal
    काठमाण्डौं। सरकारले अब कृषियोग्य जमिन बाँझो राख्नेलाई कारवाही गर्ने भएकोछ । यसका लागि भूमिसुधार मन्त्रालयले पहिलोपटक नेपालमा भू-उपयोग ऐन ल्याउँदैछ । यही ऐनलाई टेकेर सरकारले जमिन बाँझो राख्नेलाई कारवाही गर्ने भएको हो । मन्त्रालयले तयार पारेको मस्यौदा संसदमा पेश हुने क्रममा छ । संसदले यो ऐन पारित गर्नासाथ खेतबारी बाँझो राख्नेहरुलाई कारवाही गर्न सुरु गरिने मन्त्रालय स्रोतले बताएकोछ । कृषिजन्य जग्गा किनेर ...
  • कृषि विकास बैंकमा ६७ जनाको लागि जागिर खुल्यो Jun 12, 2016 ArthatantraAgricultural Bank
    काठमाण्डौं । कृषि विकास बैंकले ६७ जना अधिकृतको लागि आवेदन फारम खुल्ला गरेको छ। बैंकले आज सूचना प्रकाशन गर्दै जेठ ३० गतेबाट २१ दिनसम्म र पुनः एक साता दोबर दस्तुर बुझाएर बैंकको केन्द्रीय कार्यालय सिंहदरबार फारम भर्न सकिने जनाएको छ। बैंकले ११ जना लेखा अधिकृत, ६ जना कम्पुटर अधिकृत, कानुन अधिकृत १० जना र ४० जना व्यवसायी अधिकृतको लागि आवेदन फारम ...
  • हलो छाडेर यान्त्रिकीकरणमा रमाउँदै किसान Jun 11, 2016 Arthatantrakishan
    रौतहट । केही वर्षअघिसम्म जिल्लाका कृषकले खेत जोत्न हलोको प्रयोग गर्ने गर्दथे । सबै कृषकका घरमा एक हल जोडी गोरु पालिएको हुन्थ्यो तर अहिले त्यो जमाना रहेन । अहिले न कृषकका घरमा हलजोडी गोरु छ, न त हलो नै छ । जमाना परिवर्तन भएसँगै कृषिमा भित्रिएको प्रविधि देखेर चन्द्रपुर नगरपालिका–१२ का डिल्लीबहादुर खड्का भन्छन् , “गोरु पाल्ने कृषकका गोठ रित्तिएका छन्, ...
  • माछाबाटै मासिक २ करोडभन्दा बढी आम्दानी ! Jun 9, 2016 Arthatantrafish
    बुटवल । रुपन्देहीको दयानगर गाविसका किसानले माछा बेचेर मासिक रु २ करोडभन्दा बढी आम्दानी गरेका छन् । उनीहरुले वार्षिक २५ करोड आम्दानी गरेका छन् । पाँच सय ५० बढी व्यावसायिक माछा पालक किसान रहेको उक्त गाविसबाट वार्षिक एक हजार मेट्रिक टन माछा उत्पादन हुन्छ । किसानले उत्पादन गरेका माछा दैनिक छ क्विन्टलका दरले बुटवल, भैरहवा, पाल्पा, पोखरा, काठमाडौँ निर्यात गरिन्छ । कृषि ...
  • काठमाण्डौंमा २ दिन खाद्य मेला हुने Jun 7, 2016 ArthatantraFood
    काठमाण्डौं ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आगामी असार १० र ११ गते यहाँ खाद्य मेला आयोजना गर्ने भएको छ। स्थानीय खाद्य वस्तुको प्रवद्र्धन तथा खानेबानीको ज्ञान बढाउने उद्देश्यले देशका परम्परागत स्थानीय खाद्य पदार्थ, उद्यमी व्यवसायी, जाति विशेष खाद्य पदार्थ सहित मेला आयोजना गरिने छ। यस किसिमको मेला यही जेठ २१ र २२ गते ओखलढुङ्गामा सम्पन्न भएको विभागले जनाएको छ। यही ...