Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • सार्वजनिक जग्गामा वन बनाउने निर्देशिका तयार ! Jun 6, 2016 Arthatantrabari
    काठमाण्डौं । सार्वजनिक जग्गामा वनको विकास गर्न तयार पारिएको मस्यौदा निर्देशिका माथि छलफल सुरु भएको छ । निर्देशिका स्वीकृत भएमा सरकारी जग्गा अतिक्रमणबाट बच्ने, वातावरण संरक्षण हुने, हरियाली कायम हुने, वन क्षेत्रदेखि टाढाका जनतालाई वन पैदावारको सहज उपलब्धता हुने र विपन्न परिवारको जीविकोपार्जनमा टेवा पुग्ने विश्वास गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा वन तथा भू–संरक्षण मन्त्रालयका सचिव, सहसचिव, वन ...
  • कुखुराले अण्डा पारेपछि गिनिज बुकमा नाम लेखाउने तयारी ! Jun 6, 2016 Arthatantrahen with egg isolated on white
    अर्घाखाँची । जिल्लाको सन्धिखर्कमा कुखुराले सन्सारकै सबैभन्दा सानो अन्डा पारेको छ । सानो अन्डा पारेपछि गिनिज बुकमा लेखाउने प्रयास थालिएको छ । सन्धिखर्कका कृषक हरिप्रसाद अधिकारीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा उल्लेख गरेकोभन्दा सानो अन्डा आफ्नो कुखुराले पारेको दाबी गरेका छन् । उनले गिनिज बुकमा रेकर्ड राख्ने प्रक्रिया सुरु गरिसकेको पनि बताएका छन् । गिनिज बुक अफ वल्र्ड रेकर्डमा अहिलेसम्म अन्डाको नाप ...
  • निवृत्तिभरणको व्यवस्था समावेश गरिन्छः मन्त्री गजुरेल Jun 4, 2016 Arthatantraharibol gajurel
    काठमाण्डौं । कृषि विकासमन्त्री हरिबोल गजुरेलले किसानलाई निवृत्तिभरणको व्यवस्था बजेट प्रस्तुत गर्दा छुटे पनि त्यसलाई फेरि समावेश गर्ने तयारी भइरहेको बताएका छन्। ‘अष्टज अभियान’ले आज यहाँ आयोजना गरेको ‘बृहत् किसान अन्तक्र्रिया तथा अष्टज अभियान भेला’ कार्यक्रममा मन्त्री गजुरेलले आफूले शुक्रबार मात्रै प्रधानमन्त्रीसँग छलफल गरेको र सकारात्मक जवाफ पाएको बताए। पहिलो चरणमा सात प्रदेशका सात जिल्लामा किसानलाई निवृत्तिभरण दिने प्रस्ताव मन्त्रालयले तयार पारेको ...
  • उखु किसानलाई चार करोड वितरण Jun 3, 2016 ArthatantraUkhu
    कलैया ।  कृषि विकास मन्त्रालयले जिल्ला कृषि विकास कार्यालयमार्फत बिक्री गरिएको उखुको मूल्यमध्ये छुट भएको  चार करोड ३३ लाख २६ हजार रूपैयाँ उखु किसानलाई वितरण गरिएको छ । उक्त रकम किसानको बैँक खातामा जम्मा गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख जितेन्द्र यादवले जानकारी दिए। आव २०७१र७२ को याममा उखु किसानले जिल्लाको मनहवा–५ स्थित रिलायन्स सुगर मिललाई उखु बिक्री गरेका थिए । करिब ...
  • भूस पनि भारतबाटै आउँछ नेपालमा, गत वर्ष मात्रै १२ करोड खर्चियो ! Jun 1, 2016 ArthatantraRice plant
    वीरगञ्ज । स्थानीय चामल मिलहरुले पर्याप्त भूस उत्पादन गरेपनि उद्योगहरुमा प्रयोग हुने भुस भने भारतबाट आयात हुने गरेको छ । भारतबाट आयात गर्दा प्रतिकेजी एक रुपैयाँ सस्तो पर्ने भएकोले स्थानीय उत्पादन खेर जाने र आयात भएको भूसको बढेको छ । गत आर्थिक वर्षमा करिब १२ करोड रुपैयाँको भूस आयात भयो । वीरगञ्ज भन्सार कार्यायका अनुसार ५ हजार नौ सय ३३ टन ...
  • सहकारी संस्थाद्धारा आठ सय सेयर सदस्यलाई कागतीका बिरुवा May 30, 2016 Arthatantrakagati
    काँकडभिट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले जिल्लालाई कागतीमा आत्मनिर्भर बनाउने उद्देश्यले ८०० बिरुवा वितरण गरेको छ । सहकारीको बुधबारेमा रहेको कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरी आफ्ना सेयर सदस्यलाई सो बिरुवा वितरण गरेको हो । सहकारीले कागती रोपणसम्बन्धी अभियान नै सञ्चालन गरेर बिरुवा वितरण सुरु गरेको संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले बताउनुभयो । उहाँका अनुसार बुधबारेबाट सुरु गरिएको अभियान काँकडभिट्टा, इँटाभट्टा, चारआली, धुलाबारी, दूधे, ...
  • अब जमिन बाँझो राख्ने एवं प्लटिङ गर्नेलाई कारवाही हुने ! May 29, 2016 Arthatantrabari
    काठमाण्डौँ । खेतीयोग्य जमिन बाँझो राख्नेलाई कानुन बनाई कारबाही गरिने भएको छ । यसअघि उर्वर जमिनलाई बाँझो राख्न नपाइने नेपालमा कुनै कानुन बनेको थिएन । कानुन बनेपछि खेतीयोग्य जमिन बाँझो राखी सहर र विदेश पलायन हुने तथा जमिनलाई घडेरीकरणमा रुपान्तरण गर्ने कार्यमा रोकावट हुने विश्वास गरिएको छ । व्यवस्थापिका-संसद्को हिजोको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/७४को बजेट संसद्मा पेस गर्दै जमिन ...
  • बजेटमा सिंचाई May 28, 2016 Arthatantra
    काठमाण्डौं । सिंचाई ५ वर्षभित्र सम्पूर्ण कृषियोग्य भूमिमा संचाइको व्यवस्था हुने गरी काम गरिने । ११ जिल्लामा सम्बृद्ध तराई मधेस संचाइ अभियान । २ अर्ब विनियोजन, निर्माण भएका सिाचाइको दीगो व्यवस्थापन गर्ने । तराईमा आधुपिक सिाचाइका लागि । समृद्ध तराइ मधेस कार्यक्रमका लागि २ अर्ब ३० करोड रुपैयाा बिनियोजन गरिने, सिक्टा, बबइ, बाग्मती लगायत सिंचाइ आयोजनाको काम ५ वर्षभित्र पुरा ...
  • बजेटमा कृषि May 28, 2016 Arthatantra13329773_10207693719873434_1296575700_n
    काठमाण्डौं । कृषि प्रत्येक क्षेत्रमा १०० हेक्टर क्षेत्रका २ ब्लक । प्रदेशमा १ हजार हेक्टर क्षेत्रका सुपर जोन, प्रधानमन्त्री कृषि आधनिककीकरण आयोजना सुरु हुनेछ । ५ अर्ब बजेट छुट्याइएको छ । प्रत्येक प्रदेशमा १ हजार हेक्टरका कृषि जोन स्थापना गरिनेछ । कृषि उद्यमीहरुका लागि प्राविधिक शिक्षालय । बिउ एबम बालीको संरक्षण र माटो परीक्षण सेवा दिइनेछ । त्यसका लागि कृषकलाई ...
  • सार्वजनिक भयो घरपालुवा कृषिजन्य पशुपंक्षीको तथ्यांक, कति छन् हेर्नुहोस… May 27, 2016 Arthatantradomestic animals
    काठमाण्डौं। नेपाल भर यस वर्ष बाख्रा, खसी तथा बोकाको संख्या एक करोड दुई लाख छ । यस तथ्यांकले आगामी दुई वर्षमा मासुमा आफैमा आत्मनिर्भर हुने सरकारी लक्ष्य हासिल नहुने देखिएकोछ । गत वर्षपनि बाख्रा, खसी तथा बोका एक करोड दुई लाख नै थिए । कुखुरा भने २२ लाख थपिएको अनुमान छ । यस वर्ष कुखुराको संख्या पाँच करोड २२ लाख पुगेको ...