Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • वन्यजन्तुले अन्नबाली र तरकारी नष्ट पारेपछि कागती खेती शुरु Oct 6, 2017 Arthatantrakagati
    पाल्पा । अन्नबाली र तरकारी खेती लगाएर उत्पादन जति सबै वन्यजन्तुले नष्ट गर्न थालेपछि मस्याम पाल्पाकी गोमा भण्डारीले अहिले व्यावसायिकरूपले कागती खेती शुरु गरेकी छिन् । वर्षैपिच्छे बारीमा लगाएको तरकारी, अन्नबाली उत्पादन हुन थालेपछि वन्यजन्तुले सखापै पारिदिँदा मनमा सधैँ पीडा बोकेर बसेकी भण्डारीले अहिले कागती खेती शुरु गरेपछि अहिले उनी वन्यजन्तुको तनावबाट मुक्त हुनाका साथै राम्रो आम्दानी पनि गर्न थालेकी ...
  • अलैँची र चियाको समस्या सुल्झाउन सार्वजनिक निजी साझेदारी सञ्जाल गठन Oct 5, 2017 Arthatantracn}FrL v]tL
vf]6fªsf] afFem]Rofg8fF8fdf cn}FrL l6Kb} s[ifs . ef/tLo gfsfaGbLn] lhNnfdf pTkflbt cn}FrL laqmL ePsf] 5}g . tl:a/ M s]bf/ du/, vf]6fª, /f;;
    तेह्रथुम। तेह्रथुमको विभिन्न क्षेत्रमा उत्पादन हुने अलैँची र चियासँग सम्बन्धित समस्या समाधानका लागि सञ्जाल गठन भएको छ। अलैँची र चियाका समस्या बहस तथा पैरवी गरी समाधान गर्न सार्वजनिक निजी साझेदारी सञ्जाल गठन भएको हो। अलैँची र चियासँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय, किसान, व्यवसायी र सञ्चारकर्मीसमेत सम्मिलित सञ्जालले श्रमिकका अधिकार, बाल श्रमिक, पारिश्रमिक, वातावरणीय प्रभाव र सामाजिक उत्तरदायित्व जस्ता विषयमा पैरवी ...
  • पशुपालनमार्फत नेपालको जिडिपीमा देखिने काम गर्छाैंः पाइरे फरारी,सिईओ हे… Sep 26, 2017 Arthatantra????????????????????????????????????
    काठमाडौं । पशुपालनको क्षेत्रमा काम गर्दै गरेको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हेफर इन्टरनेशनलले नेपालमा काम गरेको २० वर्ष पूरा भएको छ । २० औं बार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा हेफर इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत पाईरे फरारीले नेपालमा संस्थाले हासिल गरेको उपलब्धी विश्वभरका लागि प्रशिक्षण केन्द्रको रुपमा विकास भएको बताए । सिईओ फरारीले नेपालबाट विश्वका धेरै देशले सिक्न सक्ने बताए । ‘पशु ...
  • हिमाली क्षेत्रमा एक लाख भेडा च्यांग्रा वितरण गरिने Sep 25, 2017 Arthatantrasheep veda bhed vheda
    काठमाडौं । सरकारले व्यवसाय प्रवद्र्धनका लागि विभिन्न हिमाली जिल्लामा १ लाख भेडा च्यांग्रा वितरण गर्ने भएको छ । कृषि विकास मन्त्रालयसँगको सहकार्यमा वाणिज्य मन्त्रायले चालु आर्थिक वर्षभित्रै सम्बन्धित जिल्लाका किसानलाई अनुदानस्वरूप १ लाख संख्यामा भेडा च्यांग्रा वितरण गर्ने भएको हो । राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले यस्तो जानकारी दिएका हुन् । निर्यातजन्य पश्मिना तथा गलैँचाको कच्चा पदार्थ स्वदेशमै ...
  • एकै जिल्लामा २४ करोडको दूध उत्पादन Sep 24, 2017 Arthatantramilk-
    तेह्रथुम । जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा रु २४ करोड बराबरको दूध उत्पादन भएको छ। जिल्लाका गाउँ९गाउँमा किसानले व्यावसायिक रुपमा उन्नत जातका गाई/भैँसीपालन गर्न थालेपछि दूधको उत्पादन वर्षेनी बढ्दै गएको हो। किसानले व्यावसायिक रुपमा समेत उन्नत जातका गाई/भैँसीपालन गर्न थालेकाले दूध उत्पादन बढेको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक शिवजीप्रसाद दासले बताए। जिल्लामा आव २०७३/७४ मा रु २४ करोड २८ ...
  • नेपालीले मासिक ८ अर्बको खसीबोकाको मासु खान्छन Sep 22, 2017 ArthatantraKhasi-Boka-goat
    काठमाडौ । नेपाली उपभोक्ताले मासिक अर्बाैं रुपैयाँबराबरको खसीबोकाको मासु खाँदै आएका छन् । उपभोक्ता मूल्यका आधारमा नेपालीले मासिक आठ अर्ब २५ करोड रुपैयाँको खसीबोकाको मासु खपत गर्दै आएको पाइएको हो । आयस्रोत कम भए पनि नेपालीले मासुका लागि अर्बौं रुपैयाँ खर्चिंदै आएको तथ्यांक छ । नेपालीले खसीबोकाको मासुका लागि मात्रै वार्षिक ९९ अर्ब सात करोड रुपैयाँ खर्च गर्छन् । पशुपन्छी मन्त्रालयका ...
  • नेपालमै आइपुग्यो केरा पकाउने विद्युतीय मेसिन Sep 21, 2017 ArthatantraBanana
    बर्दिया । गाउँघरमा काँचो केरालाई प्राकृतिक रूपले पकाउने गरिन्छ भने व्यावसायिक क्षेत्रमा भने विभिन्न रासायनिक पदार्थको प्रयोग गरिन्छ । रासायनिक पदार्थ प्रयोग गरी पकाइएको केरा स्वास्थ्यको लागि राम्रो मानिँदैन । तर, अब काँचो केरा पकाउन ‘राइपनिङ च्याम्बर’ को स्थापना भएको छ । बर्दियामा केरा पकाउने राइपनिङ च्याम्बर स्थापना गरिएको हो । केरा खेतीमा कृषकको आकर्षण बढेसँगै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत केरा ...
  • खडेरीका कारण १७ जिल्लाका १९ लाख नागरिक प्रभावित,कतिपय एक छाक खाएर बस्न… Sep 20, 2017 Arthatantrakhaderi jagaa
    कोलम्वो। श्रीलङ्कामा सन् २०१६ को अन्त्यपछि आवश्यक बर्षा नहुँदा चालीस बर्ष यताकै सबैभन्दा नराम्रो खडेरीको सामना गर्नु परेको संयुक्त राष्ट्रसंघले मङ्गलबार जनाएको छ । लामो समयसम्म खडेरी परेका कारण यसको असर यहाँको अर्थतन्त्र तथा दैनिक जनजीवनमासमेत देखिएको छ ।सेप्टेम्बरको १९ गतेसम्मको तथ्याङ्क अनुसार खडेरीका कारण विभिन्न १७ जिल्लाका १९ लाख नागरिकमा प्रभाव देखिएको श्रीलङ्काको राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ...
  • फूलको प्रयोगबारे ज्ञान दिन बिमानस्थल पुगे पुष्प व्यवसायी,५ हजार बढी हव… Sep 19, 2017 Arthatantrapuspa airport
    काठमाडौ । फ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यानको रजत जयन्तीको अबसर पार्दै त्रिभुवन अन्तर्राट्रिय बिमानस्थलबाट आउने र जाने गरि ५ हजार भन्दा बढी स्वदेशी तथा बिदेशी यात्रुलाइ पुष्प गुच्छा बितरण गरिएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा सम्पन्न पुष्प तथा पुष्पजन्य बस्तुहरुको प्रयोगका लागि जनचेतना जगाउने कार्यक्रममा पुष्प ब्यबसायीको बाक्लोे उपस्थिती रहेको थियो । स्वदेशमा उत्पादन हुने पुष्प तथा पुष्पजन्य बस्तुको प्रयोग गरौं ...
  • दशैंका लागि अस्ट्रिजको मासु ! Sep 19, 2017 ArthatantraAstrich
    बुटवल । दशैंको आगमनसँगै अस्ट्रिज नेपाल प्राइभेट लिमिटेडले अस्ट्रिजको मासु तयार गर्ने काम सुरु गरेको छ । रूपन्देहीको तिलोत्तमा वडा नं. २२ गंगोलियमा रहेको अस्ट्रिज नेपाल प्रालिले यस वर्षको दसैंका लागि दैनिक ५ सय टन मासु बजारमा ल्याउने तयारी गरेको छ । अन्य समयमा दैनिक ५ सय केजी बिक्रीवितरण गर्दै आएको प्रालिले यस वर्षको दसैंमा मात्र ४ सयदेखि ५ सय ...