Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • ७ अर्बको कृषि बजेट ल्याईनेः कृषिमन्त्री गजुरेल May 26, 2016 Arthatantraharibol gajurel
     काठमाडौं । कृषिमन्त्री हरिबोल गजुरेलले ७ अर्बको कृषि बजेट ल्याउने बताएका छन् । हिमालय कलेज अफ एग्रीकल्चर साईन्सेस एण्ड टेक्नोलोजी हिकाष्ट कलेजको पन्ध्रौ वार्षिकोत्सव कार्यक्रममा बोल्दै कृषिमन्त्री गजुरेलले मुलुकले कृषिक्षेत्रमा उल्लेखनिय फड्को मारेकोले आगामी दिनमा प्रविधीलाई पछ्याएर समग्र कृषि क्षेत्रको संभावनालाई यथार्थमा बदल्न सकिने स्पष्ट पारे । जीविकोपार्जन कृषि प्रणालीको निरन्तरताले कृषिको विकास नहुने भन्दै मन्त्री गजुरेलले व्यवसायिक कृषिको विकासका लागि हिकाष्ट ...
  • एक लाख ८० हजारमा पर्ने दूध दुहुने मेसिन पहिलोपटक इलाम भित्रियो May 26, 2016 Arthatantra
    काठमाण्डौं । इलामको सूर्योदय नगरपालिकास्थित त्रिब्रदर्स गाई फार्ममा गाई दुहुनका लागि जिल्लामै पहिलोपटक मिल्किङ मेसिन ल्याइएको छ । पशु उत्पादन निर्देशनालय हरिहरभवन, काठमाडौँमार्फत जिल्ला पशुसेवा कार्यालयको ५० प्रतिशत अनुदान र गाई फार्मको ५० प्रतिशत लगानीमा उक्त मेसिन खरिद गरिएको हो । सूर्योदय नगरपालिका–३ भालुखोपमा गाई फार्म सञ्चालन गर्दै आएका विष्णुकुमार रेग्मी, अरुण रेग्मी र याम रेग्मीले पोखराबाट मेसिन खरिद गरेका हुन् ...
  • तरकारीले बजार नपाउँदा किसान मारमा ! May 25, 2016 Arthatantratarkari
    दाङ । उत्पादन गरेको तरकारीको व्यवस्थित बजारीकरण नहुँदा किसान मारमा परेका छन् । चैतको मध्यदेखि उत्पादन हुन थालेको बेमौसमी तरकारी जेठ पहिलो सातामा आइपुग्दा उत्पादन बढेर १० गुना पुगेपनि तरकारीले बजार नपाउँदा किसान मारमा परेका हुन् । बेमौसमी तरकारीको देउखुरी बाहिर बजारीकरण हुन सकेको छैन । खपत भएको तरकारीको मूल्य समेत पाँचगुना घटेको किसान बताउँछन् । तरकारीको बजार व्यवस्थापनका लागि सरोकारवालाले चासो ...
  • नयाँ आर्थिक वर्षबाटै किसानलाई पेन्सन, छुट्याइयो १५ करोड बजेट ! May 24, 2016 Arthatantrafarmer_nepal
    काठमाण्डौं । किसानलाई पेन्सन दिन सरकारले आगामी बजेटमा १५ करोड रुपैयाँ विनियोजन गर्ने भएको छ । कृषि मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले ‘किसान पेन्सन फण्ड’का लागि बजेट विनियोजन गर्ने भएको हो । सरकारले कृषि क्षेत्रलाई विषेश प्राथमिकतामा राखेर बजेट तयार गरिरहेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन् । पेन्सन सुविधा कार्यान्यवनय भएसँगै युवापुस्ता कृषितर्फ आकषिर्त हुने सरकारको विश्वास छ । तर, जग्गा बाँझो राख्ने किसानले ...
  • जहाँ ३० लिटर दूध दिएर ३ सय लिटर पानी किनिन्छ … May 24, 2016 ArthatantraDairy Business in Nepal
    पाल्पा । खडेरीले पानीको हाहाकार भएपछि मदनपोखरा छापका कृषकले दूध बेचेको रकमले पानी किनेर पशुपालन व्यवसाय चलाउँदै आएका छन् । यहाँका कृषकलाई व्यवसाय गर्न खडेरीका बेला हरेक वर्ष चैत, वैशाख र जेठमा दूध बेचेर पानी किन्नुपर्ने बाध्यता छ।परिवारको दिगो आयआर्जनको पशुपालन व्यवसाय बनाएका यहाँका कृषकले दैनिक ३० लिटरदेखि १०० लिटरसम्म एक घरपरिवारले दूध उत्पादन गरेर बिक्री गर्छन्। दूध बेचेर लिएको आम्दानीले ...
  • दुई महिनामा अण्डाको भाउ दुई वर्षयताकै सबैभन्दा उच्च May 23, 2016 Arthatantraegg
    काठमाडौं ।  गर्मीका कारण तापक्रम बढेर अण्डाको उत्पादन घटेपछि बजारमा सहजरुपमा अण्डा आपूर्ती नहुँदा विगत दुई महिनामा कुखुराको अण्डाको भाउ पाँच रुपैयाँले महँगिएको छ । अहिले बजारमा अण्डा प्रति गोटा १४ रुपैयाँमा कारोबार भईरहेको छ। दुई महिना अगाडी अण्डाको मुल्य प्रति गोटा नौ रुपैयाँ थियो ।दुर्इ महिना अघि दुई सय ७० रुपैयाँ प्रति क्रेट रहेको अण्डाको मुल्य अहिले तीन सय २० ...
  • ताप्लेजुङका किसान अलैंची बिकास बोर्डको माग गर्दै काठमाडौंमा May 22, 2016 Arthatantracn}FrL v]tL
vf]6fªsf] afFem]Rofg8fF8fdf cn}FrL l6Kb} s[ifs . ef/tLo gfsfaGbLn] lhNnfdf pTkflbt cn}FrL laqmL ePsf] 5}g . tl:a/ M s]bf/ du/, vf]6fª, /f;;
    काठमाडौं । अलैंची विकास बोर्ड गठन गर्न सरकारलाई दवाव दिनका लागि ताप्लेजुङका अलैंची कृषकहरु काठमाडौ आएका छन् । अलैंचीमा लागेका रोगको रोकथाम गर्न तथा उत्पादन बढाउनका लागि जिल्ला कृषि विकास कार्यालयले चासो नदेखाएपछि अलैंची विकास बोर्ड गठनको माग गर्दै ताप्लेजुङका कृषकहरु काठमाडौ आएका हुन् । उनीहरुले आइतबार कृषि विकास मन्त्री हरिबोल गजुरेल, कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराई, नेकपा एमालेका सचिव योगेश ...
  • प्रतिकूल मौसमले मुस्ताङमा स्याउको उत्पादन घट्ने May 21, 2016 Arthatantraapple
    पोखरा । यस वर्ष हिउँदको प्रतिकूल मौसमले मुस्ताङमा स्याउको उत्पादन घट्ने देखिएको छ ।  हिउँदको समयमा कत्ति पनि हिँउ नपर्नु, पानी नपरी तापक्रम ह्वात्तै बढ्नु र किसानले मलजल र स्याउका बोट काँटछाँट नगरेका कारण नै अहिले स्याउका बगैँंचामा निकै पातला दाना लागेको जिल्ला कृषि विकास कार्यालय मुस्ताङका वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले जानकारी दिइन् । दुई तीन फिट बाक्लो हिउँंको ...
  • सहकारीले खोले दूध सङ्कलन, प्रशोधन उद्योग, मन्त्रीले गरे उद्घाटन May 19, 2016 ArthatantraDairy Business in Nepal
    कलैया । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले बुधबार बाराको भोडाहामा साना किसान कृषि सहकारी संस्था भोडाहाद्वारा स्थापना गरिएको दूध सङ्कलन तथा प्रशोधन उद्योगको एक समारोहबीच उद्घाटन गरेका छन् । संस्थाका अध्यक्ष पुनदेव रौनियारको सभापतित्वमा भएको समारोहमा पूर्वमन्त्री एवम् सांसद पुरुषोत्तम पौडेल, सांसद बलवीर चौधरी र सांसद मधु शाहीले उद्योगबाट यस क्षेत्रका पशुपालक कृषकले सहयोग पाउने बताएका थिए । ६ जेठ २०७३, १०।००
  • बंगलादेशको चामल कर्णाली र्पुयाइने May 19, 2016 Arthatantrachamal
    काठमाडौं। आपूर्ति मन्त्रालयले खडेरीका कारण उत्पादन न्यून भएका कर्णालीका चार जिल्लामा खाद्यान्य पुर्याउने व्यवस्था एक साताभित्र सुरु गर्न नेपाल खाद्य संस्थानलाई निर्दैशन दिएको छ । मन्त्रालयको निर्दैशनसँगै संस्थानले भूकम्पका बेला बंगलादेशले अनुदानमा दिएको चामल कर्णाली पुर्याउने प्रक्रिया अघि बढाएको छ । यस वर्ष बंगलादेशको चामल कर्णाली पुर्याइनेमा ४० वर्षयताको सबैभन्दा ठूलो खडेरी परेको छ । आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बंगलादेशको चामल कर्णाली ...