Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • भैंसी जोगाउनका लागि भैंसीे सरक्षंणमा समूह गठन May 18, 2016 Arthatantrabuffalo Nepal
    डडेल्धुरा । लोप हुन लागेको गद्धी भैँसी संरक्षणका लागि जिल्लाको अशिग्रामका किसान सक्रिय भएका छन् । गाउँमा गद्धी भैँसी संरक्षण समूह बनाएर स्थानीयले सक्रियता बढाएका हुन् । अशिग्राम गाउँमा किसानले ४०० भन्दा बढी गद्धी भैँसी पालनपोषण गर्दैआएका छन् । जिल्ला पशुसेवा कार्यालयको प्राविधिक तथा आर्थिक सहयोगमा समूह गठन गरी उनीहरु भैँसीको सरक्षंणमा लागेका हुन् । दैनिक १५ देखि २० लिटरसम्म दूध दिने ...
  • सरकारी प्रयासपछि ९ हजार टन माछा उत्पादन May 18, 2016 ArthatantraFish Farming in Nepal
    पर्सा। पर्सामा वार्षिक करिब नौ हजार मेट्रिक टन माछा उत्पादन हुन थालेको छ। सरकारले अभियानमुखी मत्स्य कार्यक्रम तथा माछापोखरी निर्माण विशेष योजना लागु गरेपछि यति धेरै परिमाणमा माछा उत्पादन हुन थालेको हो । किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन विगत छ वर्षदेखि कार्यक्रम सञ्चालन गरिँदै आएको हो। कृषि विकास कार्यालयका सूचना तथा प्रचारप्रसार अधिकृत मुन्नीलाल प्रसादका अनुसार योजना कार्यान्वयनमा आएपछि अहिले प्रतिहेक्टर ४ दशमलव ...
  • के तपाईले लिनुभयो कृषक परिचयपत्र ? May 16, 2016 Arthatantraकृषक परिचयपत्र krishi farmer land
    नेपालगन्ज । सरकारले वास्तविक किसानको पहिचान गर्नका लागि किसान परिचयपत्र वितरण सुरु गरेपछि जिल्लामा अहिलेसम्म दुई हजार ७६ जनाले परिचयपत्र बनाएका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार कुल १० हजार ७०० किसानलाई परिचयपत्र वितरण गर्ने लक्ष्यका साथ फारम सङ्कलन गर्ने कार्य भइरहेको छ । चालु आवका लागि अहिलेसम्म थप एक हजार ३०७ किसानले परिचयपत्र बनाउनका लागि निवेदन दिएका छन् । परिचयपत्र ...
  • हावाहुरीले ३४ करोड बढीको केराखेती नष्ट May 16, 2016 Arthatantrakera_kheti
    चितवन । आइतबार राति आएको हावाहुरीले जिल्लाका विभिन्न क्षेत्रमा लगाएको केराखेती नष्ट भएको छ । केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरी पन्तका अनुसार जिल्लाका रत्ननगर, पिठ्वा, जगतपुर, जुटपानी, पदमपुरलगायत क्षेत्रका क्षति पुगेको छ । यस वर्ष हावाहुरीले ३४ करोड बढीको केराखेती नष्ट भएको उनले बताए । उनको आफ्नै केरा बगानमा एकहजार ५०० बढी बोट नष्ट भएका छन् । यस अघि वैशाखमा हावाहुरीका कारण ...
  • बगानमा हरियो पत्ती अभाव पछि चिया कारखाना ठप्प May 15, 2016 ArthatantraTea
    इलाम । लामो समयसम्म खडेरी परेका कारण इलामका चिया बगानमा हरियोपत्ती नपलाउँदा चिया कारखाना ठप्प भएका छन् । अघिल्ला वर्षभन्दा योपटक लामो समय चियाको मुना नपलाएको हो । “सामान्य अवस्थामा दुई सातासम्म यस्तो अवस्था आउँथ्यो”, साँखेजुङस्थित दाहाल बन्धु टी स्टेटका मोतीराम दाहालले भने “योपटक एक महिनादेखि कारखाना चलेका छैनन् । पत्ती राम्रोसँग कारखानामा आउन अझै एक दुई हप्ता लाग्छ ।” केही दिनयता ...
  • खडेरीले कर्णालीमा एक अर्ब ४० करोडको खाद्यबाली नष्ट May 15, 2016 Arthatantrabari
    जुम्ला । लामो समयदेखिको सुक्खा खडेरीका कारण कर्णालीमा एक अर्ब ४० करोडको खाद्यबाली नष्ट भएको छ । खडेरीले सबैभन्दा ठूलो मारमा मुगु जिल्ला परेको छ । २४ गाविसको मुगु जिल्लाका १२ गाविस निकै सङ्कटग्रस्त र १२ गाविस सङ्कटोन्मुख अवस्थामा रहेको जिल्ला कृषि विकास कार्यालय, मुगुका वरिष्ठ कृषि विकास अधिकृत डा चन्दप्रसाद रिसालले जानकारी दिए । उनले भने – “बर्र्खे बालीमा ४०–६० ...
  • दुई करोड रुपैयाँको दालचिनी निर्यात, दिगो व्यवसाय बन्दै May 13, 2016 ArthatantraCinnamon-leaves-2
    पाल्पा । कोलडाँडा गाविसस्थित सत्यवती गाउँका बासिन्दाले दालचिनीबाट मनग्य आम्दानी गरेका छन् । जिल्ला वन कार्यालयको सहयोगमा आठ वर्षदेखि यहाँ किसानले दालचिनी लगाउँदै आएका हुन् । आयआर्जनको भरपर्दो र दिगो व्यवसाय अहिले दालचिनी बनेको छ । दिनहुँजसो पात टिप्ने, बोक्रा ताछ्ने, सुकाउनमै किसान व्यस्त रहन्छन् । बर्सेनि प्रतिपरिवारले रु दुई लाखभन्दा बढीको बोक्रा बिक्री गर्छन् । दालचिनीको आम्दानीलाई स्थानीयवासीले गाउँमा मोटरबाटो निर्माण, ...
  • हावाहुरीबाट करोडौँको केराखेती नष्ट May 13, 2016 ArthatantraBanana Kera
    राजविराज । मङ्गलबार राति अचानक आएको हावाहुरीबाट सप्तरीको पूर्वी भेगमा हजारौँ बिघामा लगाइएको केराखेती नष्ट भएको छ । सप्तरीको भारदह–१ स्थित कोसी पलारमा हजारौँ बिघामा लगाइएको केरा खेतीमा हावाहुरीले क्षति पु¥याएको छ । त्यस्तै, हनुमाननगर योगिनिमाई नगरपालिका–२ स्थित कोसी पलारमा करिब ५०० बिघामा लगाइएको केरामा समेत क्षति पुगेको स्थानीयवासीले बताएका छन् । हावाहुरीका कारणले केरा खेतमै आधी भाँचिएपछि केराका घरी भुइँमै ...
  • तरबुजा खेतीबाट मासिक ६० हजार आम्दानी May 11, 2016 Arthatantrabagar-kheti
    तनहुँ । माछा मारेर जीविकोपार्जन गर्दै आएका जिल्लाको ब्याँश नगरपालिका–७ स्थित पाटनका बोटे समुदाय मादी नदी बगरमा सामूहिक तरबुजा खेतीतर्फ गर्न थालेका छन् । माछा पाइन छाडेपछि उनीहरु तरबुजा खेतीतर्फ अग्रसर भएका हुन् । करिब २० रोपनी जग्गामा १७ जनाको समूह बनाई तरबुजा खेती गर्दै आएका मादीसेती बोटे कृषक समूहकी अध्यक्ष रमिला बोटेले बताउनुभयो । गत वर्षयता रु ६० हजारको तरबुजा ...
  • दूध बेचेर मासिक एक लाख आम्दानी ! May 10, 2016 ArthatantraDairy Business in Nepal
    पाल्पा । मस्याम गाविस– ७ डुम्रेका कृषक गोपाल जिसीले दूध बेचेर मासिक रु एक लाख बढी आम्दानी गरिरहेका छन् । जिल्लाकै नमुना व्यवसायीका रुपमा चिनिएका जिसीले सहकारीबाट रु तीन लाख ऋण झिकेर मुनाल गाईफार्म सञ्चालन गरेका छन् । उनले विसं २०६४ मा रु पाँच लाखबाट सुरु गरेको फार्ममा अहिले रु १५ लाख बराबरको लगानी रहेको छ । हाल फार्ममा १८ होलस्टिन ...