Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • अब पाँचै विकास क्षेत्रमा विषादी मापन यन्त्र Apr 24, 2016 ArthatantraVegetables
    काठमाण्डौं । सरकारले पाँच विकास क्षेत्रका मुख्य सहरमा विषादी मापन यन्त्र राख्ने भएको छ । एउटा यन्त्रको रु ८ लासम्म पर्ने यस्तो मेसिन पोखरा, विराटनगर, नेपालगञ्ज, धनगढी र नारायणगढमा राख्न लागिएको हो । बाली संरक्षण निर्देशनालयका मेसिन खरीदका लागि बोलपत्र आवह्वान गरिएको छ । आगामी १ हप्तामा सम्पूर्ण आवेदनकको मूल्यांकन गरी एउटा मेसिन खरिदका लागि छनौंट गरिने भएको छ । पछिल्लो समय ...
  • अदुवाबाट डेढ अर्ब आम्दानी Apr 23, 2016 Arthatantraaduwa
    इलाम ।  जिल्लामा यस वर्ष डेढ अर्ब मूल्य बराबरको अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। कार्यालयका अनुसार यस वर्ष ११ लाख ४९ हजार ८५० मन (४० किलोको एक मन) अदुवा उत्पादन भई प्रतिमन रु.एक हजार तीन सय ५० ले बिक्री भएको छ। अदुवा बिक्रीबाट जिल्लामा रु एक अर्ब ५५ करोड २२ लाख ९७ हजार ५ सय भित्रिएको छ। चौंसाठी ...
  • खडेरीले तरकारी बाली सुकेपछि किसान चिन्तामा Apr 22, 2016 Arthatantratarkari
    पाल्पा । लामो खडेरीले तरकारी बाली सुक्न थालेपछि जिल्लाको डाँडाभेगका किसान चिन्तामा परेका छन्। प्रर्याप्त सिँचाइ सुविधा नहुँदा जिल्लामा व्यावसायिक रुपमा तरकारी खेती गर्ने किसान बोट नै सुक्न थालेपछि मारमा परेका हुन्। खडेरीले यहाँ लगाइएका लहरे तरकारी बाली सुक्दै गएका छन्। अर्काको जग्गा भाडामा लिएर व्यवसाय गरेका किसानको लागत नउठ्ने पिर परेको छ। रामपुर– १० जाउने खरकका अगुवा किसान सूर्यप्रसाद रेग्मीले पाँच ...
  • डेढ करोडको मेसिनले बनाउँछ केरालाई पहेलो आकर्षक ! Apr 20, 2016 ArthatantraBanana Kera
    कञ्चनपुर । निश्चित तापक्रममा विषादीको प्रयोगबिनै फलफूल पकाउने प्रविधि नहुँदा यहाँ उत्पादित केराले सहजै बजार पाउन सकिरहेको थिएन । खासगरी भारतमा पहेंलो र आकर्षक बनाएर पकाइएको केरासँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँको केराले बजार पाउन नसक्ने अवस्था आएको थियो । कञ्चनपुरका केरा कृषकहरूले अबदेखि उक्त समस्याबाट मुक्ति पाउने भएका छन् । महेन्द्रनगर बजारमै ठूलो लगानीमा केरा पकाउने शीत भण्डार (चेम्बर) सञ्चालनमा ...
  • एउटा जिल्ला जसले कृषिबाटै वार्षिक ५ अर्ब कमाउँछ Apr 19, 2016 ArthatantraAgriculture Green movement
    बारा । यो जिल्ला खाद्यान्न, दलहन र तेलहन बालीमा आत्मनिर्भर बनेको छ । जिल्लामा गत आवमा धान, गहुँ, मकै, मुसुरो र तोरी बाली गरी कुल रु सात अर्ब ३७ करोडको चार लाख दुई हजार ३६ मेट्रिकटन उत्पादन भई आत्मनिर्भर भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए। उत्पादित खाद्यान्न, दलहन र तेलहन बालीमा बीउबिजनका लागि ३१ हजार १९९ मेट ...
  • तराई मधेश विशेष कार्यक्रमका लागि सरकारले छुट्यायो २५ अर्ब Apr 19, 2016 Arthatantramap_nepal_geography
    काठमाण्डौं । सरकारले ‘सम्मृद्ध तराई-मधेस विषेश कार्यक्रम’ सञ्चालन गर्न २५ अर्ब रुपैयाँ बजेट प्रस्ताव गरेको छ । सरकारले सिंचाई मन्त्रालय मार्फत् तराईका सबै जिल्लासहित भित्री मधेसका उदयपुर, मकवानपुर, दाङ र चितवन गरी २२ जिल्लामा आधुनिक सिँचाइ सेवा उपलब्ध गराउन विषेश कार्यक्रम सञ्चालनको प्रस्ताब गरेको हो । मन्त्रालयले गरेको प्रस्ताबअनुसार प्रत्येक जिल्लामा प्रत्येक वर्ष कम्तिमा ८ देखि १२ ओटा गरी १३ सय ...
  • २९ करोडमा सिंचाई बन्दै, बाँझो जमिन हरियाली हुने Apr 14, 2016 Arthatantrairrigation naali
    इलाम । जिल्लाको दक्षिणी महमाई गाविसमा करिब २९ करोडको लागतमा सिँचाइ आयोजना निर्माणका लागि सम्झौता सम्पन्न भएको छ। महमाई–१ देखि वडा नं ९ सम्मका करिब एक हजार २५० घरधुरीका लागि सिँचाइ विकास डिभिजन कार्यालय इलामले नहर बनाउने सम्झौता भएपछि यस क्षेत्रका किसानले सिँचाइ सुविधा पाउने भएका हुन् । सिँचाइका लागि उपभोक्ता समिति र सिँचाइ विकास डिभिजन कार्यालयबीच ठ्याउरे खोला फ्याउरे सिँचाइ ...
  • अबदेखि जग्गा बाँझो राख्न नपाइने ! Apr 11, 2016 Arthatantrabari
    काठमाण्डौं । कृषि विकास मन्त्रालयले सातवटै प्रदेशमा कृषि क्षेत्रको विकासका लागि १८५ वटा विशेष क्षेत्र ९सुपर जोन० स्थापना गर्ने लक्ष्यसहित आर्थिक वर्ष २०७३/७४ को कार्यक्रम प्रस्ताव गरेको छ । व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिको आजको बैठकमा कृषि विकासमन्त्री हरिबोल गजुरेलले धान, मकै, तरकारी, माछा, मसला तथा नगदे बालीलाई व्यावसायिक तथा अत्याधुनिक प्रविधिमार्फत अगाडि बढाउने गरी कार्यक्रम प्रस्ताव गरिएको जानकारी गराए । कार्यक्रमअनुसार ...
  • अबदेखि कृषकले पेन्सन पाउने ! Apr 10, 2016 ArthatantraAgriculture Green movement
    काठमाण्डौं । आज कृषि विकास कार्यालय झापाले गरेको फार्म मेसिनरी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्री हिरबोल गजुरेलले कृषकले अबदेखि पेन्सन पाउने बताएका छन् । कार्यक्रममा बोल्दै उनले कृषकलाई राज्यबाट निवृत्त (पेन्सन) दिने व्यवस्था मिलाउन लागेको बताएका हुन् । मन्त्री गजुरेलका अनुसार सबै कृषकले भने पेन्सन पाउने छैनन् । भविष्यलाई सुरक्षित पार्न २० वर्षसम्म लगातार कृषि पेशा अंगाल्ने कृषकलाई राज्यबाट निवृत्त ...
  • बगरमा पैसा फलाउँदै छेदनलाल Apr 9, 2016 Arthatantrabagar-kheti
    मोरङ । मोरङका विभिन्न खोलाको किनारमा बसोबास गर्दै आएका किसानले बगरमा तरकारीखेती गरी राम्रो आम्दानी गर्न थालेका छन् । मोरङको रङ्गेली नगरपालिका–९ का ३५ वर्षीय छेदनलाल मण्डलले यो वर्ष पनि चिसाङ खोलाको बगरको दुई बिघा जमिनमा तरकारी लगाएर राम्रो आम्दानी गर्दै आएका छन् । खोलाको बगरमा तरकारी फलाउने र आम्दानी लिने सोच राखेर तरकारीखेती गर्दै आएका मण्डलले दुई लाखको लगानीमा गत वर्षको ...