Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • वर्षा नहुँदा कृषकले मकै छर्न पाएनन् Apr 8, 2016 Arthatantrabari
    पर्वत । लामो समयसम्म वर्षा नहुँदा पर्वतका विभिन्न गाविसका कृषकले मकैखेती गर्न पाएका छैनन् । जिल्लामा धानपछिको दोस्रो बालीका रुपमा रहेको मकै लगाउने मौसम सकिनै लाग्दा पनि वर्षा नभएका कारण कृषकले खेतबारीमा लगाउन नपाएका हुन्। जिल्लाका अधिकांश गाविसका कृषकले चैतको अन्तिम सातासम्म पनि मकैखेती गर्न नपाएको गुनासो गरेका छन् । सिँचाइ सुविधा पुगेका क्षेत्रमा खासै समस्या नभए पनि सिँचाइको सुविधा नभएका ...
  • दूध बेचेरै मासिक १ लाख आम्दानी ! Apr 7, 2016 ArthatantraDairy Business in Nepal
    पाल्पा । बौघापोखराथोकका कृषक रुकबहादुर रेश्मी साहुसँग दुई लाख रुपैयाँ ऋण गरेर बहराइन पुगे । दुई वर्ष त्यहाँ काम गर्दा ऋण तिर्न पनि उनलार्इ धौधौ प¥यो । मनग्य कमाइ गर्न त परै जाओस् साहुसँग विदेश जाँदा लिएको ऋण तिर्न मुस्किल भएपछि रेश्मी घर फर्किएर गाईपालन व्यवसायमा लागे । विदेशमा यथेष्ट कमाइ गर्ने र परिवारलाई सुखसँग पाल्ने उहाँको सपना गाईपालन व्यवसायबाट पूरा ...
  • मोबाइलले फेरिँदै किसानको जिन्दगी ! Apr 6, 2016 ArthatantraSocial media on smartphone
    चितवन । यहाँका किसानहरु मोबाइलमा आएको नयाँ कृषि घर एप्लिकेसनबाट लाभान्वित हुन थालेपछि सबैको यसतर्फ आकर्षण बढ्दो छ । कृषि मन्त्रालय कृषि विभागअन्तर्गत कृषि सूचना तथा सञ्चार केन्द्रले यो एप्स ल्याएको हो । खेतीबाली सम्बन्धी गतिविधि, रोग किरा र त्यसको नियन्त्रणका उपाय, कृषि विज्ञको सम्पर्क नम्बर र जिल्लाका गतिविधिसमेत मोबाइलबाटै हेर्न मिल्ने भएपछि किसानहरु यसबाट लाभान्वित भएका हुन् । पहिलो खेतीबालीमा किरा ...
  • अब उपत्यकाभित्र मासुका लागि जनावर काट्न नपाइने ! Apr 5, 2016 ArthatantraGoats in Nepal
    काठमाण्डौँ । उपत्यकाको फोहर थप व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले खानयोग्य मासु मात्र प्याकिङ गरी ल्याउने तयारी गरेको छ। जनावर ल्याएर मासु तयार गर्दा निस्कने फोहर कम गर्न महानगरले यस्तो व्यवस्था गर्न लागेको हो । जुन ठाउँबाट जनावर ल्याइन्छ त्‍यहीबाट खान योग्य मासु मात्रै आयत गर्ने व्यवस्था गर्न लागिएको हो । महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार उपत्यका खपत हुने अधिकांश ...
  • फूलबाट भयो चार दिनमा ६५ लाखको व्यापार Apr 3, 2016 ArthatantraRed Roses and  Valentines Day
    काठमाण्डौं । ‘स्वच्छ वाताबरण र आर्थिक सम्बृद्धिको लागि पुष्पव्यवसाय’ भन्ने नाराका साथ गत बिहिबारबाट यहाँस्थित भृकुटीमण्डपमा जारी १९ औं फ्लोरा एक्स्पो ६५ लाखको कारोबार गर्दै आज आइतबार सकिएको छ । चार दिनसम्म चलेको मेलामा ६० हजार भन्दा बढीले अबलोकन गरेको र गत वर्षभन्दा अवलोकनकर्ता र व्यवसाय दुबै बढेको फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ । मेलाको पहिलो दिन सात लाख, दोस्रो दिन १५ ...
  • युरोपियन बजारमा नेपाली जडीबुटीको माग बढ्दो ! Apr 1, 2016 ArthatantraHerbs Nepal
    काठमाण्डौं । वनस्पति विभागका अनुसार नेपालमा सात हजार किसिमका फूल फुल्ने वनस्पतिमध्ये सात सय प्रजातिका वनस्पति जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएको र यसको माग युरोपियन बजारमा बढ्दो क्रममा रहेको बताएको छ । औषधिका रुपमा प्रयोग हुने जडीबुटीमध्ये सबैभन्दा बढी कर्णाली क्षेत्रमा जडीबुटी उत्पादन हुने गरेको र सबैभन्दा कम पश्चिमाञ्चल क्षेत्रमा हुने गरेको छ । तराईमा उत्पादन हुने मुख्य जडीबुटीमा मेन्था, ...
  • कृषि पेशाबाटै चार करोडका मालिक ! Apr 1, 2016 Arthatantraagro paryatan 3
    मोरङ । जिल्लाको मोतीपुर २ का ४५ वर्षीय प्रकाश सरदार थारू कृषिकर्मबाटै करिब चार करोड रुपैयाँ बराबरको सम्पत्तिका मालिक बनेका छन् । सामान्य परिवारका उनले खेतीपातीलाई व्यावसायीकरण गरेपछि राम्रो प्रगति हासिल गरेका हुन् । माछापालनबाट मात्र वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्छन् । बाख्राका पाठापाठी बेचेर बर्सेनि दुई लाखभन्दा बढी कमाइ हुन्छ । दूध बेचेको आम्दानी डेढ लाखभन्दा बढी छ । ...
  • सुन्तला बेचेरै आयो १५ करोड ! Mar 31, 2016 ArthatantraOrange tree 1
    पर्वत । यस वर्ष पर्वतमा उत्पादित सुन्तला बिक्रीबाट १५ करोड आम्दानी भएको छ । पर्वतबाट करिब तीन हजार ३०० मेट्रिक टन सुन्तला निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतले दिएको जानकारीअनुसार पर्वत जिल्लाबाट करिब तीन हजार ३०० मेट्रिक टन सुन्तला निर्यात भएको हो । जिल्लामा कुल ६९० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको कार्यालयले जनाएको छ । गत वर्षको तुलनामा ...
  • फूल बेचेरै १ अर्ब ३४ करोड कमाई Mar 28, 2016 ArthatantraNepal Flora Expo
    काठमाण्डौं । फ्लोरिकल्चर एसोसिएसन नेपाल(फ्यान) यही चैत १८ गतेदेखि १९ औं पुष्प व्यापारमेला (फ्लोरा एक्स्पो) आयोजना गर्ने भएको छ । स्वच्छ वातावरण र आर्थिक सम्मृद्धिका लागि पुष्प व्यवसाय भन्ने मूल नाराका साथ पुष्प मेला आयोजना गर्न लागिएको हो । चारदिने मेलामा कुल ६४ वटा स्टलमध्ये अफिसियल स्टलका लागि ६, प्रतियोगितात्मक प्रदर्शनीका लागि तीन, ल्याण्डस्केपिङका लागि चार वटा र व्यवसायिक स्टलका लागि ...
  • चामल पाएनन् जाजरकोटका स्थानीयवासीले Mar 26, 2016 Arthatantrachamal
    काठमाण्डौं । नेपाल खाद्य संस्थानले शुक्रबार चामल बाँड्ने खबर पाएपछि रोकायगाउँ मुलसामकी ५१ वर्षीय काली रोकाय दिनभर हिँडेर नायकवाडा–७ घाट पुगे । मुलसामबाट बिहान सवेरै हिँडेपनि बच्चा पिठ्यूँमा बोकर आउँदा साँझ झण्डै ५ बजिसकेको थियो । उनी खाद्यान्न वितरण भएको स्थान घाट डिपोमा पुग्दै गर्दा जिल्ला सदरमुकामबाट लिएको खाद्यान्न चार गाविसका स्थानीयलाई प्रतिव्यक्ति पाँच किलोका दरले भागमा परेका देख्दा निरास मात्र ...