Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • उखु नभएपछि श्रीराम सुगर मिल्स बन्द Mar 8, 2016 Arthatantrashre ram sugar-mill
    रौतहट । पर्याप्त मात्रामा उखु नभएपछि श्रीराम सुगर मिल्स बन्द भएको छ । किसानले उखु नदिएपछि गत वर्ष २१ लाख क्विन्टल क्रसिङ गरेको चिनी मिल्सको उत्पादन बन्द भएको हो । यस वर्षको फागुनसम्म यो कारखानाले नौ लाख क्विन्टल मात्रै उखु क्रसिङ गर्न सकेको छ । विगतका वर्षहरुमा जेठ महिनासम्म चल्ने चिनी मिल्स अहिले उखुको अभावमा बन्द गर्नुपरेको मिल्सका उखु प्रबन्धक सियाराम साहले ...
  • झुसिलकिराको प्रकोपले गर्दा म्याग्दीमा २० वटाभन्दा बढी भेडाबाख्रा मरे Mar 7, 2016 Arthatantrajhusilkira
    म्याग्दी । म्याग्दीको राहुघाट क्षेत्रमा झुसिलकिराको प्रकोप फैलिएको छ । एक महिनादेखि फैलिएको झुसिलकिराका कारण पशुचौपाया र मानिस प्रभावित भएका छन्। जङ्गलमा चरनका लागि गएका भेडाबाख्राले घाँससँगै झुसिलकिरा खाँदा भेडाबाख्रा मरेको चिमखोलाका दुर्गा पुनले बताए। उनका अनुसार चिमखोलामा मात्रै पछिल्लो एक हप्तायता २० वटाभन्दा बढी भेडाबाख्रा मरिसकेका छन्। घाँससँगै झुसिलकिरा खाँदा पाचन प्रक्रियामा असर पुग्ने र ढाडिएर भेडाबाख्रा मर्ने क्रम बढेको पुनले बताए। ...
  • पहाडी जिल्लामा मरुभूमिको ऊँट Mar 4, 2016 ArthatantraCamel
    स्याङ्जा । स्याङ्जा जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबारदेखि चौथो क्षेत्रीय स्याङ्जा महोत्सव सुरु भएको छ । स्याङ्जा महोत्सवको आधार, पर्यटन तथा कृषि नै आर्थिक प्रगतिको पूर्वधार भन्ने मूलनाराका साथ बिहीबारदेखि ३० गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले सरकारको नीति नियमका कारण निजी क्षेत्रले खुलारुपमा काम गर्न नसकेको बताए । तराईमा जारी ...
  • अब किसानका लागि कल सेन्टर ! Feb 29, 2016 Arthatantra
    काठमाडौं । कृषि विकास मन्त्रालयले कृषकको समस्या प्रत्यक्ष राख्न पाउने गरी किसान कल सेन्टर सञ्चालनमा ल्याएको छ। कृषकको समस्या समाधानका लागि सरकारले १६६००१९५०० नम्बर संचालनमा ल्याएको हो । अहिले तत्कालको लागि कल सेन्टर सातामा तीन दिन हरेक आईतबार, मंगलबार र विहीबार ११ बजेदेखि ४ बजेसम्म संचालन हुनेछ । किसानको घरघरमा कृषि सुचनाको पँहुच पु¥याउन र किसानको पीरमर्का र समस्या सुन्दै समाधान ...
  • फूल फुलेपछि फर्कियो खुशी ! Feb 28, 2016 ArthatantraFlower
    गोलबजार (सिरहा) । आँप खेतीका लागि निकै प्रख्यात सिरहाका कृषकले रुखमा मन्जरी (फूल) अत्यधिक लागेको देखेर खुसीले गद्गद् भएका छन्।  आँपको राजधानी भनेर चिनिने सिरहामा यस वर्ष मनग्यै आँप फल्ने सङ्केत देखिएपछि कृषक खुसीले गद्गद् भएका हुन्। गत वर्ष ८० प्रतिशत आँप उत्पादनमा ह्रास आए पनि यस वर्ष अत्यधिक उत्पादन हुने किसानले विश्वास व्यक्त गरेका छन्।  “आँपको रुखमा पात कतै पनि ...
  • गोलभेँडाले उचित बजार नपाउँदा किसान मर्कामा Feb 25, 2016 Arthatantragolbheda
    वीरगन्ज । व्यावसायिक रुपमा गोलभेडा खेती गरेर खुसी भएका किसान यसको उचित मूल्य नपाउदा निरास भएका छन् । गत वर्षको तुलनामा स्थानीय बजारमा गोलभेडाको मूल्य घटेको छ । घट्दो मूल्यका कारण किसान सस्तोमा गोलभेडा बेच्न बाध्य भएका छन् । यतिखेर स्थानीय बजारमा गोलभेडाको प्रतिकिलो खुद्रा मूल्य २० रुपैयाँदेखि २५ रुपैयाँसम्म रहेको छ । गतवर्ष यसै अवधिमा प्रतिकिलो खुद्रा बजार मूल्य २५ रुपैयाँदेखि ...
  • ४० जिल्ला आफ्नै उत्पादनले वर्षभरी खान नपुग्ने Feb 24, 2016 Arthatantraphoto
    काठमाडौं । विश्व खाद्य कार्यक्रम नेपालले नेपालमा खाद्य सुरक्षाको अवधारणाका विषयमा जानकारी दिन बुधबार ‘खाद्य सुरक्षा जानकारी सत्र’ नामक कार्यक्रम आयोजना गरेको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को सह–आयोजनामा भएको उक्त कार्यक्रममा नेपालमा देखिएको खाद्य सुरक्षासम्बन्धी अवधारणा, नीति र भएका क्रियाकलाप बारे नेपालका आर्थिक पत्रकारहरुलाई जानकारी दिइएको थियो । उक्त कार्यक्रममा तथ्यांक विभाग नेपालका उपमहानिर्देशक (सहसचिव) हेमराज रेग्मी, विश्व खाद्य ...
  • यो वर्ष १० अर्ब बराबरको धान फलेन Feb 23, 2016 ArthatantraRice plant
    काठमाण्डौं । यो वर्ष १० अर्ब रुपैयाँ बरारबको धान उत्पादन घटेको छ। कृषि विकास मन्त्रालयले चालु आर्थिक वर्षमा ९० अर्ब रुपैयाँको धान उत्पादन हुने अनुमान गरेको छ। गत वर्ष एक खर्ब रुपैयाँको धान उत्पादन भएको थियो। मन्त्रालयले चालु आर्थिक वर्षमा १० प्रतिशतले धान उत्पादनमा ह्रास आउने जनाएको हो। मनसुन ढिला हुनुका साथसाथै भारतीय नाकाबन्दीका कारण रासायनिक मलको सहज ढुवानी हुन नसक्दा ...
  • महोत्तरीका किसान अर्गानिक खेतीतर्फ आकर्षित Feb 23, 2016 Arthatantratarakari
    बर्दिवास । महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रका किसान अर्गानिक खेतीतर्फ आकर्षित भएका छन् । सघन तरकारीखेती गरिने जिल्लाको उत्तरवर्ती क्षेत्रका बर्दिवास नगरपालिका क्षेत्र, गौशाला नपाक्षेत्र र पशुपतिनगर, भङ्गाहा, बेलगाछी, खयरमारा र लक्ष्मीनिंयाँलगायतका गाविस बस्तीका किसान विषादी र रसायनिक मलको प्रयोगबिना नै गरिने अर्गानिकखेतीतर्फ आकर्षित देखिएका हुन् । तरकारी, तेलन र उखुलगायतका नगदेबाली लगाउने यी नगर गाउँ बस्तीमा परम्परागत खनजोत र प्राङ्गारिक मलको ...
  • दुग्धजन्य वस्तुको मूल्य बढ्दै Feb 21, 2016 Arthatantraband
    म्याग्दी । सदरमुकाम बेनीका व्यवसायीले दुग्धजन्य वस्तुको मूल्य बढाउने भएका छन् । दुग्ध उत्पादन तथा डेरी व्यवसायी समितिका अध्यक्ष कोषानन्द आचार्यको अध्यक्षतामा शनिबार बेनीमा बसेको बैठकले आगामी चैत १ गतेदेखि लागु हुने गरी मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । देशभर समग्र वस्तुमा भएको मूल्यवृद्धिको असर कृषक र दुग्ध व्यवसायीमा परेकाले मूल्यवृद्धि गरेको समितिका सचिव यज्ञनाथ आचार्यले जानकारी दिए । किसानबाट हाल ६० ...