Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • सरकारी अनुदानपछि धान फल्ने खेत मासिँदै, के गर्दैछन् किसान ? Feb 21, 2016 ArthatantraRice plant
    चितवन । पोल्ट्री र दूध उत्पादनमा अग्रणी चितवनमा पछिल्लो समय व्यावसायिक माछापालन फस्टाउँदै गएको छ । जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारीअनुसार हाल ८०० हेक्टर क्षेत्रफलमा ५०४ हेक्टर जलाशयमा माछापालन गरिएको छ । जसमा एक हजार १७२ कृषक प्रत्यक्ष रुपमा संलग्न छन् । जिल्ला कृषि विकास कार्यालय चितवनका मत्स्य विकास अधिकृत पर्शुराम यादवका अनुसार पोखरी सङ्ख्या दुई हजार ७३ वटा रहेका छन् ...
  • दश रुपैयाँ लगानीबाट पचाश लाख आम्दानी Feb 19, 2016 ArthatantraBaburam chitwan
    चितवन । अरुले दिएको १० रुपैयाँले किनेको बिउबाट दैनिक एक क्वीन्टल च्याउ बिक्री गर्ने क्षमता होला भन्ने उहाँलाई पहिले लागेको थिएन । अरुको साइकल मर्मत गरेर गुजारा चलाउँदै गर्दा आफ्नै कार चढेर हिँडिएला भन्ने पनि लागेको थिएन । बसाईँ सरेर आएको गाउँमा छरछिमेकीले समेत राम्रोसँग नचिनेको अवस्थामा देशकै नमुना किसान बनिएला भन्ने विश्वास पनि थिएन । आफ्नो विगत सम्झँदा अहिले उहाँलाई ...
  • अधियाँमा एउटा गाई पालेका रेग्मी चितवनकै उदाहरणीय उद्यमी ! Feb 18, 2016 Arthatantranamuna udyami
    चितवन (माडी) । सरिता र रुद्रप्रसाद रेग्मी पिठुवाबाट बसाइँ सरेर माडी अयोध्यापुरीको शिवद्वार आएको १४ वर्ष पुग्न लाग्यो । पिठुवाको एक कठ्ठा तीन धुर जग्गा बेचेर अलि धेरै जग्गा खोज्दै माडी आएका उनीहरु यतिबला उदाहरणीय उद्यमी बन्न सफल भएका छन् । धेरै कमाउन नसके पनि उद्यमका लागि उदाहरणीय बन्न पाएकोमा यी दम्पती औधी खुसी भएका छन् । सस्तो जग्गा खोज्दै उनीहरु ...
  • नायिका मौसमी मल्लले बेच्न थालिन चितवनमा कृषि औजार Feb 18, 2016 Arthatantraफोटो : चितवन पोस्ट
    चितवन । नायिका मौसमी मल्लले चितवनको गैंडाकोटमा एग्री इन्पुट्स प्रालि संचालन गरेर कृषि औजार ब्यापार सुरु गरेकी छिन  । गैंडाकोट भृकुटी चोकमा कुनै चलचित्रको सुटिङ झैं तामझामका साथ भेला भएका ब्यबसायी, चलचित्र कर्मीको उपस्थितिमा श्रेष्ठ एग्री इन्पुटस् प्रालिको उद्घाटन कार्यक्रम गरिन । एग्री इन्पुटस प्रालिको बुधबार कार्यक्रमका प्रमुख अतिथि जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सोमनाथ घिमिरेले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मौसमीसहित ...
  • एउटा लाटोकोशेरोको मूल्य ३ करोड Feb 17, 2016 ArthatantraOWl
    काठमाण्डौं । संरक्षित तथा दुर्लभ पन्छी हुँचिल (ठूलो लाटोकोशेरो)को अवैध तस्कर गर्ने ७ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। काठमाडौं तारकेश्वर ८ बाट उनीहरुलाई पक्राउ गरिएको महाशाखाका एसपी सहकुल थापाले जानकारी दिए। गोरखा फुजेल ७ का विष्णु अमगाइँ, सुमन लामिछाने, गोरखा बोार्लाङका दीपराज रेग्मी, चरउपानीका वीरमान गुरुङ, झापा कोहवारका पृथ्वी चेमजोङ मोरङ पथरीका वीरबहादुर खत्री र ललितपुर महालक्ष्मी नगरपालिका ९ ...
  • माछा पालनबाट १० लाखसम्म आम्दानी Feb 16, 2016 ArthatantraFish Farming in Nepal
    प्यूठान । पछिल्लो समय जिल्लामै व्यावसायिक माछापालन गर्ने किसान बढेका छन् । कृषि व्यवसायमा संलग्न कृषक माछाबाट मनग्य आम्दानी हुन थालेपछि व्यवसायमा आकर्षित भएका हुन्। दश वर्षयता माछापालन गर्दैआएका मरन्ठाना–४ का दिनबहादुर जीसी जिल्लाकै उत्कृष्ट माछापालक कृषक बनेका छन्। सुरुमा एक रोपनी जग्गामा माछा पालन सुरु गरेका जीसी अहिले यही व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन्। कमन कार्प जातका ५०० भुराबाट ...
  • अचैली व्यवसायीहरु हलेसीमा भेला भए Feb 16, 2016 Arthatantracn}FrL v]tL
vf]6fªsf] afFem]Rofg8fF8fdf cn}FrL l6Kb} s[ifs . ef/tLo gfsfaGbLn] lhNnfdf pTkflbt cn}FrL laqmL ePsf] 5}g . tl:a/ M s]bf/ du/, vf]6fª, /f;;
    खोटाङ । नेपाल अलैँची व्यवसायी महासङ्घको दोस्रो अधिवेशनका लागि मुलुकभरका व्यवसायी खोटाङको हलेसीमा भेला भएका छन् । नेपाल अलैँची व्यवसायी महासङ्घको तेस्रो साधारणसभा तथा दोस्रो महाधिवेशनको सिलसिलामा मुलुकभरका अलैँची कृषक र व्यवसायी खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा भेला भएका हुन् । ‘कृषि वस्तुको पहिचान, हाम्रो साझा अभियान’ भन्ने नारासहित महासङ्घको अधिवेशनमा सहभागिताका लागि खोटाङलगायत ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, ...
  • अदुवाले बजार पाउन सकेन Feb 15, 2016 Arthatantraaduwa
    काठमाण्डौ । सल्यान जिल्लाको प्रमुख नगदेवालीको रुपमा रहेको अदुवा उत्पादनको २ प्रतिशत मात्रै जिल्ला बाहिर निर्यात भएको छ । अघोषित नाकावन्दीका कारण अदुवाले बजार पाउन नसकेपछि २ हजार मेट्रिक टन भन्दाबढि अदुवा जिल्लाभित्रै थन्किएको हो । जिल्लाका विभिन्न गाविसहरुमा यस वर्ष २४ हजार ३ सय १० मेट्रिक टन अदुवा उत्पादन भएकोमा हाल सम्म ४ सय मेट्रिक टन मात्र निर्यात भएको जिल्ला कृषि ...
  • कृषि विकास मन्त्रालयले गर्ने भो राष्ट्रिय कृषि यन्त्र प्रदर्शनी Feb 14, 2016 ArthatantraRice-planting-machine
    काठमाण्डौं । नेपाल कृषि मेशिनरी व्यवसायी संघसँगको सहकार्यमा कृषि विकास मन्त्रालयले बाँकेको कोहलपुरमा ५ दिने राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी गर्ने भएको छ । ‘कृषिमा यान्त्रिकीकरण पद्धति अपनाऔं, कृषकको उन्नति गरौं’ भन्ने नाराका साथ गर्न लागिएको प्रदर्शनीमा एक सय भन्दा बढी कृषि औजार र उपकरण राखिनेछ । आज आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मन्त्रालय र संघले कृषि उपकरणको प्रयोगलाई प्रबर्द्धन गरी कृषि उपज ...
  • अमेरिकी भिषा त्यागेर गाई स्याहार्दै शशी Feb 13, 2016 Arthatantragai palan
    काठमाडौँ । प्राविमा स्थायी शिक्षक। हातमा अमेरिकाको भिसा। समाजशास्त्रमा स्नातकोत्तर। सुखद भविष्यका थुप्रै अवसर सामुन्ने थिए। तर, उनले ती सबै त्यागिदिए। बसेनन् अमेरिका। बरु स्वदेशमै व्यावसायिक गाईपालन सुरु गरे। यो निर्णयले उति बेला आफन्त र साथीभाइ चकित थिए। तर, सात वर्षकै अवधिमा उनले व्यावसायिक गाईपालनमा मुलुककै अगुवा कृषकको पहिचान बनाइसकेका छन्। उनी अर्थात्, बुटवल–१८ तिलोत्तमाका शशी पौडेल। उनी अहिले मुलुककै ठूलो गाई ...