Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • विद्यालयमा अंग्रेजी माध्यममा पठन पाठन गराउन कागती खेती ! Sep 18, 2017 Arthatantraleamon
    मोरङ । सुन्दा अचम्म लाग्न सक्छ । तर यो बास्तविक घटना हो । मोरंगको एउटा विद्यालयमा अंग्रेजी माध्यममा पठन पाठन गराउन कागती खेती सुरु गरिएको छ । मोरङकोे बुढीगंगा गाउँपालिका–६ मा रहेको कोयलपुर गछिया खोला किनारमा लटरम्मै कागती फल्न सुरु गरेका छन् । झण्डै दुई वर्ष पहिला सिरुघारी रहेको यो खोला किनारमा यसरी कागती फल्दा भनेर कमैले सोचेका थिए होलान् । ...
  • मुस्ताङबाट आएको भेडाच्याङ्ग्रा २५ हजारदेखि ३२ हजारसम्ममा बिक्री Sep 17, 2017 Arthatantrasheep veda bhed vheda
    म्याग्दी। दशैँ तिहार नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी हुन थालेको छ। बेनी–जोमसोम सडक मार्ग भएर म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन र राजधानी काठमाडौँको बजारमा बिक्रीका लागि भेडाच्याङ्ग्रा निकासी गर्न थालिएको हो। मुस्ताङबाट शुक्रबारदेखि भेडाच्याङ्ग्रा निकासी सुरु भएको जनाइएको छ। भेडाच्याङ्ग्रा खरिदका लागि विभिन्न ठाउँका व्यापारी मुस्ताङको सदरमुकाम जोमसोम पुगेका छन्। कृषकले आफूले पालेका भेडाच्याङ्ग्रा बिक्रीका लागि जोमसोम ल्याएका छन् भने ...
  • दशैंमा खसी किन्दै हुनुहुन्छ ? सिंग हेरेर यसरी चिन्नुस् स्वस्थ खसी Sep 15, 2017 ArthatantraKhasi-Boka-goat
    काठमाडौ। दशैंमा अत्यधिक मात्रामा खसीबोका, भेडाच्याङ्ग्रा, राँगा लगायतका चौपाया खपत हुन्छ । मासु उपभोग गरिने चौपायाको खरिद –विक्रीका कारोबार धेरै हुने भए पनि कस्ता चौपायाका मासु उपभोगजन्य हुन्छन् भन्ने जानकारी अधिकांश उपभोक्तालाई रहेको पाइन्न । रोगी चौपाया, गुणस्तरहिन मासुको उपभोगका कारण धेरै रोगहरू निम्तिन पनि सक्छन् । त्यसैले दशैंमा चौपाया या माछामासु किन्दा विशेष ख्याल गर्नु आवश्यक छ । ठूलो मात्रामा ...
  • ३५ हजारमा किनेको एउटा राँगोको एक महिनाको कमाइ नब्बे हजार Sep 14, 2017 Arthatantramurah bull
    कञ्चनपुर । राँगा पालेर खेत जोत्ने हो, धेरै भए गाडा तान्ने हो । कमाइ भनेको खेतमा फलाएको अन्नबाली र गाडामा ढुवानी गरेर आउने आम्दानी होला भनेर अनुमान गर्र्दै हुनुहुन्छ भने तपाई गलत अनुमान गरिरहनुभएको छ । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका नारायण रानाले पालेको राँगाले मासिकरुपमा ९० हजार रुपैयाँभन्दा बढी कमाइ गर्दै आएको छ । भैंसीमा गर्भाधान गराएर मासिकरुपमा राँगाबाट रानाले आम्दानी गर्दै ...
  • दशैंको मुखमा आएर चामल र दालको मूल्यवृद्धि Sep 13, 2017 ArthatantraRice chamal
    काठमाडौ। दशैंको मुखमा उपभोग्य वस्तुमा राहत दिनुपर्नेमा व्यापारीले उल्टै मूल्य बढाएका छन् । व्यापारीले अत्यावश्यक खाद्यान्न चामल र दालको मूल्य बढाएका हुन् । व्यापारीले केही दिनयता विभिन्न ६ प्रकारका चामल र मुसुराको दालको मूल्य बढाएका हुन् । नेपाल खुद्रा व्यापार संघका अनुसार अहिले चामलको मूल्य प्रतिबोरा एक सय रुपैयाँले वृद्धि गरिएको छ । त्यस्तै, मुसुराको दालको मूल्य प्रतिकिलो १० रुपैयाँले बढाइएको ...
  • कृषि कर्मबाटै करोडपति ! Sep 12, 2017 Arthatantraleamon
    विर्तामोड । कृषिमा सर्वसाधारण विकर्षित हुँदै गएको अवस्थामा झापाका एक जना किसान कागती, फलफूलका र विभिन्न प्रजातिका बिरुवा बेचेरै करोडपति बनेका छन्। उनी हुन् झापाको मेचीनगर नगरपालिका(९ मागुरमाडीका किसान डिल्ली उप्रती। नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्किएका उप्रेतीले आफ्नो डेढ बिघा जमिनमध्ये एक बिघामा लगाएको कागती, फलफूल तथा विभिन्न प्रजातिका रुखका बिरुवा बेचेरै करोडपति बनेका हुन्। उनले वार्षिक ...
  • असोज पहिलो सातामा मुस्ताङको च्याङ्ग्रा काठमाडौंमा ल्याइसक्ने Sep 11, 2017 Arthatantrabheda_changra
    काठमाडौ। नेपाल खाद्य संस्थानले दशैँलाई लक्षित गरी यसपाला मुस्ताङबाट च्याङ्ग्रा खरिद गर्ने भएको छ । केरुङबाट आयात गर्दा ढुवानी लागत बढ्ने भएकाले मुस्ताङबाट खरिद गर्न लागेको हो । संस्थानले गत तीन वर्षदेखि लगातार च्याङ्ग्रा खरिद गर्दै आएको छ । यसपाला असोज ५ देखि ६ गतेसम्म च्याङ्ग्रा राजधानी भित्रिसक्ने संस्थानका प्रवक्ता शङ्कर सापकोटाले बताए । च्याङ्ग्रा खरिदका लागि सो संस्थानले मुस्ताङको सदरमुकाम ...
  • हिमालपारीको जिल्ला मनाङबाट आलु काठमाडौ आउन थाल्यो Sep 7, 2017 Arthatantrapotatoes-manang
    नेस्याङ (मनाङ)। बजारको अभावमा कुहिएर फाल्नु पर्ने मनाङको आलु अहिले काठमाडौ भित्रिन थालेको छ। मोटरबाटो नहुँदा यहाँ उत्पादन भएको स्वादिलो आलु जिल्ला बाहिर जान सकेको थिएन। जब मोटर बाटो आयो, सानै भएपनि सवारीसाधन चल्न थाले र यहाँका उत्पादन देशका कुनाकुनामा पुग्न थालेका छन्। हिमालपारिको जिल्ला मनाङ आलुखेतीको लागि प्रख्यात छ। नेपालमा अर्गानिक खेती हुने जिल्लामध्ये मनाङ अग्रपंक्तिमा पर्छ। यहाँको प्रमुख बालीमध्ये ...
  • केरा खेतीमा नयाँ प्रविधि,युवाको आकर्षण बढ्दो Sep 6, 2017 ArthatantraBanana
    काठमाडौ। कृषि क्षेत्रमा विभिन्न नाममा राज्यले ठूलो लगानी गरेको छ । सोचेजस्तो प्रतिफल त प्राप्त भएन नै, एउटा केराको बीउ ल्याउँदासम्म भन्सारमा मोटो रकम घुस खुवाउनुपर्ने अवस्थाका कारण कृषकहरु पीडित बनेका छन् । कृषि क्षेत्रमा अनुदान, प्राविधिक सहयोगलगायतमा राज्यले पछिल्ला दिनमा राम्रै लगानी गरेको छ । त्यसमध्ये खर्च गरिएको एउटा क्षेत्र केरा पनि हो । तरपनि अहिले नेपालमा उत्पादन हुने केराले ...
  • सिंहदरबारलाई सम्झाउँदै काठमाडौमा किसानको डोको ¥याली Sep 5, 2017 Arthatantradoko rally
    काठमाडौ । कृषिको संरचना गाउँ गाउँमा, सिंहदरवारको अधिकार ठाउँ ठाउँमा भन्ने नाराका साथ किसानले सोमबार राजधानीमा उल्टो डोको ¥याली निकालेका छन् । कृषि क्षेत्रमा पनि सिंहदबारभन्दा गाउँलाई बढी अधिकार दिनुपर्ने माग गरिएको छ । राष्ट्रिय कृषक समूह महासंघद्वारा आयोजित ¥यालीमा काठमाडौं उपत्यकाका तीनवटै जिल्ला गरी करिब ४ सय जना किसान सहभागी भएको आयोजकले जानकारी दिएको छ । फोटोःआर्थिक पत्रकार लेखनाथ पोखरेलको फेसबुकबाट प्रकाशित ...