Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • नाकाबन्दीविरुद्ध धरानमा हस्ताक्षर, मोदीको पुत्ला जलाइयो Oct 1, 2015 Arthatantrai
    एकीकृत माओवादी निकट अखिल क्रान्तिकारी भारतको अघोषित नाकाबन्दी विरुद्धमा हस्ताक्षर कार्यक्रम गरेका छन्। धरानको भानुचौक अघि हस्ताक्षर कार्यक्रम राखिएको थियो। हस्ताक्षरित १८ मिटर लामो कपडालाई पार्टीको केन्द्रीय कार्यालयमार्फत् भारतीय दुताबासलाई बुझाउने तयारी भएको जिल्ला सचिव प्रवेग लिम्बूले बताए। सांकेतिक रुपमा भारतीय हस्तक्षेप विरुद्ध हस्ताक्षर कार्यक्रम गरिएको हो। दोस्रो चरणमा भने क्रियात्मक कार्यक्रम हुने उनले बताए। क्रियात्मक कार्यक्रम अन्तर्गत भारतीयद्धारा सञ्चालनमा आएका स्कुल ...
  • नाका खुलाउन अनेरास्ववियुको टोली तातोपानी प्रस्थान Oct 1, 2015 Arthatantraf
    भूकम्पपछिको पहिरोका कारण अवरुद्ध कोदारी राजमार्गको तातोपानीखण्ड खुलाउने काममा श्रमदान गर्न अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा पूर्व सञ्चारमन्त्री शङ्कर पोखरेलले प्रदर्शनीमार्गबाट अनेरास्ववियुका उपाध्यक्ष दीपक गौतमलाई श्रमदानमा प्रयोग हुने औजार (सामग्री) हस्तान्तरण गरी टोलीलाई बिदाइ गरे। नेता पोखरेलले तराई क्षेत्रमा आन्दोलन र भारतीय सीमामा अघोषित नाकाबन्दी भएका बेला उत्तरतर्फको ...
  • तमलोपा कार्यालयमा तीन दल र महन्त ठाकुरबीच वार्ता Oct 1, 2015 Arthatantra
    आन्दोलनरत मधेसी मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरसँग वार्ता गर्न  तीन दलका नेताहरू तमलोपा कार्यालय बिजुलीबजार पुगेका छन्। बार्तामा तीन दलका वार्ता टोली सदस्यहरू नेपाली कांग्रेसका महेश आचार्य, एमालेका अग्नी खरेल र एमाओवादीका नारायणकाजी श्रेष्ठ तमलोपा कार्यालय पुगेका छन्। सहमति जुटाउने प्रयासमा सक्रिय तीन दलका शीर्ष नेताको बालुवाटारमा बसेको बैठकले मधेसी मोर्चासँग आजै वार्ता गर्ने निर्णय गरेको थियो। बालुवाटार ...
  • खेलकुद मन्त्री पुरूषोत्तम पौडेलद्वारा राजीनामा Oct 1, 2015 Arthatantrachamp
    नेकपा एमालेबाट सरकारमा सहभागी भएका खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले पदबाट राजीनामा दिएका छन्। मन्त्रीले आज राजीनामा दिएका हुन्।  यस्तै उर्जामन्त्री राधा ज्ञवालीलाई पनि प्रधानमन्त्री सुशिल कोइरालाले अख्तियारले कारबाीह गर्ने भएकाले एमाले अध्यक्ष केपी ओलीलाई मन्त्री फिर्ता बोलाउन आग्रह गरेका थिए।
  • रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल नेपाल भित्रीए Oct 1, 2015 Arthatantrapeninsula_fb_updated
    रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल नेपाल भित्रीएको छ। बिहिबार केही समय अघि रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल र ८ ट्रक खाद्यान्न बोकेका ट्रक नेपाल भित्रिएका छन्। यस्तै १५ वटा पेट्रोल, १८ वटा डिजेल र १९ वटा ग्यास बुलेट पनि नेपाल भित्रने तयारीमा रहेका छन्।
  • गरीव तथा दलितका लागि घर बनाइदिन कार्टर नेपाल आउँदै Oct 1, 2015 ArthatantraA Nepali man carries recovered belongings through the street in the ancient city of Bhaktapur in the Kathmandu Valley on April. 28, 2015. Nepal had a severe earthquake on April 25th. Photo by Adam Ferguson for Time
    काठमाडौं । गरीव तथा दलितका लागि घर निर्माण गरिदिन पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर नेपाल आउने भएका छन् । गत अगष्टमा शरीरमा क्यान्सर भएको प्रमाणित भएका ९० वर्षीय कार्टर स्वयंसेवी सहित घर निर्माण गरिदिन नोभेम्बरमा नेपाल आउन लागेका हुन् । आफुलाई मस्तिष्क क्यान्सर भएको पत्ता लागेको भएपनि आफू नेपालको निर्धारित भ्रमणमा जान पाउने कुरामा आशावादी रहेको उनले बताएका छन् । म साँच्ची ...
  • गौर भन्सारमा धर्ना बसेका मोर्चाका कार्यकर्तालाई भारतीयको खाना Oct 1, 2015 Arthatantratimthumb
    १४ असोज, गौर । गौर भन्सार नाकामा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राष्ट्रिय मुस्लीम संघर्ष गठबन्धनको टोलीलाई भारतको एक संस्थाले खानेकुरा सहयोग गरेको छ । विहीबार आठौं दिन तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवको नेतृत्वमा मोर्चाका कार्यकर्ताहरु धर्नामा बसेका छन् । सीमावर्ती भारतीय बजार बजार बैरगनियाको जय श्रीराम सेवा संस्थाले यादव नेतृत्वको अनसनकारीलाई स्याउ, केरालगायतका फलफूल र पानी, ...